prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सदस्यता शुद्धिकरणका लागि निर्मम निर्णय लिने बेला आएको छः अध्यक्ष पोख्रेल
सदस्यता शुद्धिकरणका लागि निर्मम निर्णय लिने बेला आएको छः अध्यक्ष पोख्रेल
banijya office RSG-2
साधारणसभामा दुई दर्जनलाई पुरस्कार र सम्मान
बागेश्वरी पोस्ट
शनिबार, पुस २३, २०७९ बागेश्वरी पोस्ट
सदस्यता शुद्धिकरणका लागि निर्मम निर्णय लिने बेला आएको छः अध्यक्ष पोख्रेल

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले निर्मम भएर सदस्यता शुद्धिकरणको निर्णय लिनुपर्ने समय आएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको १३औं बार्षिक साधारणसभाको आज नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले सदस्यता शुद्धिकरणमा निर्मम निर्णय लिएर अघि बढ्न शाखालाई निर्देशन समेत दिए । उनले शाखालाई विधान हेरेर दृढ इच्छाशक्तिका साथ निर्णय लिन निर्देशन दिए ।

"सदस्यता प्राप्ति र नविकरणको अधिकार विधानले शाखाहरुलाई नै दिएको छ, आवश्यक परे दृढ निर्णय लिएर शुद्धिकरणका लागि अघि बढ्नुस्," अध्यक्ष पोख्रेलले भने-"पत्रकारहरुले विश्वसनियता अभिबृद्धि गर्ने गरी काम गर्न जरुरी छ ।" उनले आलोचनात्मक चेतसहितको जिम्मेवार र जवाफदेहीपूर्ण पत्रकारिताले मात्र समाजलाई सही दिशा निर्देश गर्न सक्ने बताए । बेला बेलामा राज्य पत्रकारिता जगतप्रति अनुदार भएको प्रसंग उल्लेख गर्दै अध्यक्ष पोख्रेलले एक निमेष पनि आँखा नचिम्लेर चनाखो हुन जरुरी रहेको बताए ।

शाखा अध्यक्ष दामोदर भण्डारीको अध्यक्षमा सम्पन्न उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्षहरु प्रेम केसी, लियाकत अली, रुद्र सुवेदी, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष विकासराज न्यौपाने, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले जिम्मेवारपूर्ण पत्रकारिता अहिलेको आवश्यकता भएको बताएका छन् ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नरेन्द्रजंग पिटर, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी, बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनार, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रगतिशील पत्रकार संघका अध्यक्ष तिलक गाउँले, पुरस्कार छनौट समितिका संयोजक एवम् पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष हेमन्त कर्माचार्य लगायतले बोलेका थिए ।

शाखा उपाध्यक्ष संगिन शर्माले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सविच कमल डाँगीले गरेका थिए । साधारण सभाले सचिव कमल डाँगीको सांगठनिक र कोषाध्यक्ष विनोद पौडेलको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

दुई दर्जनलाई सम्मान र पुरस्कार

साधारणसभामा दुई दर्जन पत्रकार र विभिन्न व्यक्तित्वहरुलाई विभिन्न सम्मान एवम् पुरस्कार प्रदान गरिएको छ ।

कोभिड महामारीमा पत्रकारहरुलाई स्वास्थ्य सेवा एवम् परामर्श प्रदान गरेका छाती तथा फोक्सो रोग विशेषज्ञ डा.सुभाष योगीलाई सम्मान गरिएको छ । उनी नेपाल पत्रकार महासंघ बाँके शाखाका स्वास्थ्य परामर्शदाता समेत हुन् । यस्तै बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली पत्रकारिता सम्मानबाट शाखाका पूर्व अध्यक्ष एवम् बरिष्ठ पत्रकार प्रेम केसी सम्मानित भएका छन् ।

विवेक रेग्मी र सुविता थारुलाई क्रियाशील पत्रकारिता पुरस्कार, यदुराज मिश्र र आलम खानलाई राम आधार-रामप्यारी पत्रकारिता पुरस्कार, आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार मिसन टुडे दैनिक, जी नेपाल टेलिभिजन र विनोेद गौतमलाई प्रदान गरिएको छ । यस्तै रेजिना मल्ललाई रामकली-चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार, बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार नन्दलाल शाहु र प्रेम विश्वकर्मालाई, सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार कृष्ण खनाललाई, यादव आचार्य र कमल खत्रीलाई माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सबै पुरस्कारको राशी जनही ५ हजार रहेको छ ।

यस्तै अग्रजहरुलाई पनि शाखाले सम्मान गरेको छ । अग्रज पत्रकारहरु बासुदेव श्रेष्ठ, गणेश जिसी, नरेन्द्रजंग पिटर, पूर्णलाल चुकेलाई सम्मान गरिएको छ । यस्तै विभिन्न पुरस्कार र अक्षयकोष स्थापना गरेका व्यक्तित्व र प्रतिनिधिहरुलाई समेत सम्मान गरिएको छ ।

त्यस अवसरमा आमाद्वय रामकली र चन्द्रकला कुर्मीको नाममा रामकली-चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार स्थापना गरेका डा.कौशलकुमार बर्मा, आफ्नी आमा बेलमति शर्माको नाममा बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेका जीवन शर्मा, आफ्ना पति सूर्यनाथ गौतमको नाममा सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार स्थापना गरेकी सुशिला गौतम, आफ्नी श्रीमती माधवी शर्माको नाममा माधवी शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेका गोपाल बैरागी तथा आफ्ना बुवा राम आधार र आमा रामप्यारी बर्माको नाममा राम आधार-रामकली पत्रकारिता पुरस्कार स्थापना गरेका माधवराम बर्मालाई सम्मान गरिएको छ । यस्तै आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गर्ने नेपाल नेत्रज्योति संघ बाँके फत्तेबाल आँखा अस्पताललाई समेत सम्मान गरिएको छ । 

फोटोफिचर

May be an image of 10 people and people standingNo description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.May be an image of 5 people, people standing, indoor and text that says 'ने का ३'No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

No description available.


प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १८:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP