prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीको हिउँदे गाउँसभा: गाउँ प्रहरी ऐन पारित
जानकीको हिउँदे गाउँसभा: गाउँ प्रहरी ऐन पारित
RSG-2
६ महिनाको प्रगति ३६.५५ प्रतिशत
बागेश्वरी पोस्ट
सोमबार, पुस २५, २०७९ बागेश्वरी पोस्ट
जानकीको हिउँदे गाउँसभा: गाउँ प्रहरी ऐन पारित

जानकी (बाँके) । जानकी गाउँपालिकाको १३औं हिउँदे गाउँसभा केही ऐन पारित गर्नुका साथै विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । आजै वडा नम्बर ३ मानपुरस्थित गाउँ कार्यपालिकाको कार्यालयमा शुरु भएको १३औं हिउँदे गाउँसभा बहुमत कार्यपालिका सदस्यहरुको उपस्थितिमा केही ऐन पारित गर्नुका साथै विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको हो । 

paribartan 1

प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले आन्तरिक राजश्व बृद्धि गर्ने उद्देश्यले जानकी गाउँपालिकाको गाउँ प्रहरी ऐन २०७९ पारित गरिएको बताए । अब गाउँपालिकामा एक जना असई, एक जना हवल्दार र ६ जना गाउँ प्रहरी जवान भर्ना गर्ने बाटो खुलेको छ । यस्तै आर्थिक ऐन २०७९ संशोधनसहित पारित गरिएको छ । 

पालिकामा अपुग कर्मचारी व्यवस्थापन गर्न कानुन बनाएर ऐन पारित गर्नुपर्नेमा हालसम्म नभएकाले त्यसलाई पनि पारित गरिएको छ । पालिकामा अब सैद्धान्तिक बेरुजु आउने अवस्थाको अन्त्य भएको डाँगीले बताए । १३औं गाउँसभाले यसअघि कार्यपालिका बैठकले गरेका सम्पूर्ण निर्णयहरु अनुमोदन समेत गरेको छ । गाउँसभाले प्रेस सल्लाहकार पनि परिवर्तन गरेको छ । प्राइम टेलिभिजनमा कार्यरत पत्रकार रविन्द्र घिमिरे सल्लाहकार नियुक्त भएका छन् । 

गाउँसभामा चालू आर्थिक बर्षको वितेको ६ महिनाको बजेट खर्च प्रगतिको समिक्षा र खर्च हुन नसकेको वडागत, शाखागत तथा गाउँकार्यपालिका कार्यालयबाट रहेको बजेटमा पनि संशोधन गरिएको छ । गाउँपालिकाको अनुदानका शिक्षक एवम् कार्यालय सहयोगीहरुका लागि आगामी ६ महिनाको अपुग ३६ लाख रकम थप गर्ने निर्णय गाउँसभाले गरेको छ । यस्तै वडा नम्बर १ को वडा कार्यालय बनाउन जग्गा खरिदका लागि १० लाख रुपैयाँ थप गर्ने निर्णय पनि गाउँसभाले गरेको सिंहले जानकारी दिए । गएको ६ महिनामा ३१ करोड ६१ लाख ७० हजार रुपैयाँ खर्च भएको छ । यो हिसाबले ६ महिनाको प्रगति ३६.५५ प्रतिशत देखिएको छ । 

१९ जना कार्यपालिका बोर्ड सदस्यहरुको उपस्थितिमा गाउँसभा सम्पन्न भएको अध्यक्ष छब्बन खाँले बताए । "आइतबार हामी सबै कार्यपालिकाका सदस्यहरु कार्यपालिका बैठकमा उपस्थित भएर सर्वसहमतिमा सोमबार (आज) गाउँसभा गर्ने निर्णय गरेका थियौं, तर, केही वडा अध्यक्ष र सदस्यहरु आज पटक पटक फोन सम्पर्क गर्दा पनि आउनुभएन," अध्यक्ष खाँले भने-"पालिकालाई अनिर्णयको बन्दी बनाएर राख्ने कुरो भएन, त्यसैले हामी बहुमत सदस्यहरु उपस्थित भएर गाउँसभा सम्पन्न गरेका छौं ।"  

गाउँसभाको लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले उद्घाटन गरेका थिए । गाउँपालिका अध्यक्ष खाँको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघ, प्रदेश र जिल्ला समन्वय समितिमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । पालिका अध्यक्ष खाँले लुम्बिनी प्रदेशसभामा निर्वाचित सांसद बादशाह कुर्मी, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की लगायत जिल्ला समन्वय समदस्यहरुलाई सम्मान गरिएको हो । प्रतिनिधिसभातर्फ निर्वाचित सांसदद्वय किशोरसिंह राठौर र आशा विक भने समारोहमा उपस्थित थिएनन् ।

No description available.

गाउँसभाको उद्घाटन सत्रमा बोल्दै सांसद कुर्मीले जानकीको विकासका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए । उनले जानकीमा पक्षपातरहित विकास गर्न जरुरी रहेको बताउँदै पछाडि परेका क्षेत्रको विकासका लागि विशेष राणनीति अपनाउनुपर्ने उल्लेख गरे । जिल्ला समन्वय समिति प्रमुख चौधरीले विकास र समृद्धि हासिल गर्न हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले भौतिक विकासमा मात्र ध्यान नदिई समाज रुपान्तरणका लागि सामाजिक विकासलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष खाँले वितेको ६ महिनामा पालिकाले केही महत्वपूर्ण कार्यहरु गरेको जानकारी गराउँदै वडा वडामा बैंक, छोरी जन्मने वित्तिकै ५ हजार रुपैयाँको विमा लगायतका कामको सुरुवात आफूले गरेको बताए । गाउँपालिकाका प्रबक्ता टिकानाथ यादवले गाउँपालिकालाई अब्बल सावित गर्दै जनपक्षीय कामहरु अगाडि बढाउन आफूहरु प्रतिबद्ध रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले संघियताको सफल र असल अभ्यासमा खरो उत्रिँदै जनतालाई त्यसको अनुभूति दिलाउने गरी काम गर्न आवश्यक रहेको बताए । 

No description available.No description available.No description available.


प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP