नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • स्वास्थ्य मन्त्रीद्वारा भेरी अस्पतालको निरीक्षण र डायलाइसिस कक्षको उद्घाटन
स्वास्थ्य मन्त्रीद्वारा भेरी अस्पतालको निरीक्षण र डायलाइसिस कक्षको उद्घाटन
RSG-2
'सरकार आम नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चितताका लागि प्रतिबद्ध'
बागेश्वरी पोस्ट
आइतबार, माघ ८, २०७९ बागेश्वरी पोस्ट
स्वास्थ्य मन्त्रीद्वारा भेरी अस्पतालको निरीक्षण र डायलाइसिस कक्षको उद्घाटन

नेपालगन्ज ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सरकार आम नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताएका छन् । 

भेरी अस्पतालको निरीक्षणसंगै डायलाइसिस कक्षको आज उद्घाटन गर्दै मन्त्री गिरीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सरकारको दायित्व भएको बताए । 'नेपाल सरकारको प्रमुख उद्देश्य भनेकै सबैलाई सहज स्वास्थ्य सेवाको पहुँच स्थापित गर्नु हो,' उनले भने-'कुनै पनि नागरिकले उपचार अभावमा ज्यान गुमाउन नपरोस् भन्नेमा सरकार लागिपरेको छ ।'

भेरी अस्पताल नेपालगन्जको डायलाइसिस सेवा थप बिस्तार समेत गरिएको छ । डायलाइसिस कक्षमा यसअघि ६ बेड रहेकोमा अहिले बढाएर १० बेड पुर्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईंले जानकारी दिए। 

स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोख्रेलले सरकारले संघीय अस्पतालको सेवा गुणस्तरीय बनाउन जनशक्ति व्यवस्थापनसँगै भौतिक संरचना सुधारको काम गर्दै आएको बताए । उनले संघीय अस्पतालहरुलाई प्रबिधिमैत्री बनाउन सरकार प्रयासरत रहेको पनि बताए ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईंले अस्पतालको हालको अवस्था, अस्पतालले प्रवाह गरिरहेको सेवा, समस्या र भावी योजनाबारे जानकारी गराएका थिए । कार्यक्रममा संघीय सांसदहरु सूर्य ढकाल, डा. धवलशम्शेर राणा र दीपा शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट लगायत उपस्थित थिए ।

उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल र नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बाँकेमा फैलिएको दादुरा महामारीको अबस्था र रोकथामबारे भइरहेको प्रयासबारे जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण भेरी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले गरेका थिए ।


प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP