नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सरस्वती मावि भवनियापुरलाई राप्तीसोनारी अध्यक्ष कपको उपाधि
सरस्वती मावि भवनियापुरलाई राप्तीसोनारी अध्यक्ष कपको उपाधि
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ९, २०७९ बागेश्वरी पोस्ट
सरस्वती मावि भवनियापुरलाई राप्तीसोनारी अध्यक्ष कपको उपाधि

राप्तीसोनारी (बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज सम्पन्न भएको ‘पन्ध्रौं राष्ट्रिपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा ५ औं  राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि सरस्वती मावि भवनियापुरले जितेको छ । 

सरस्वती माविले खेदकुद प्रतियोगितामा ९ स्वर्ण ३ रजत र १ कास्य प्राप्त गरी प्रथम भएको हो । यस्तै लक्ष्मी मावि मदुईले ७ स्वर्ण, ३ रजत र ३ कास्य प्राप्त गरी दोस्रो स्थान ल्याउन सफल भएको छ भने सिद्देश्वर मावि सिधनवाले ५ स्वर्ण, ५ रजत र १ कास्य प्राप्त गरी तृतीय स्थान ल्याउन सफल भएको छ । 

यस्तै एथ्लेटिक्स प्रतियोगितामा छात्रतर्फ लक्ष्मी मावि मदुईमा अध्ययनरत सतिश थारु र छात्रातर्फ सम्झना थारु उत्कृष्ट भएका छन् । 

यस्तै भलिबल प्रतियोगितामा छात्रतर्फ लक्ष्मी मावि मदुईमा अध्ययनरत सुरक्षा थारु र छात्रातर्फ सरस्वती मावि भवनियापुरमा अध्ययनरत निकिता कुमाई थारु उत्कृष्ट भएका छन् । 

विजयी विद्यालय र खेलाडीहरुलाई राप्तीसोनारी गाउँपालिका प्रमुख तप्त पौडेल, उपाध्यक्ष मनिषासिंह थारु, नेरामाविका विव्यस अध्यक्ष अर्जुन कुमार केसी, प्रअ ओम प्रकाश थापा र वडा अध्यक्षहरु लगायतले शिल्ड तथा पुस्कार वितरण गरेका थिए । 

समापन कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष पौडेलले खेलकुदका माध्यमबाट राप्तीसोनारीलाई चिनाउन र पहिचान बढाउनका लागि वडा अध्यक्ष कप सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । 

यस्तै स्व.सञ्जु चौधरीको सम्झनामा खेलाडीलाई प्रोत्साहान गर्नका लागि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडेलले २ लाखको अक्षय कोषको स्थापना गरेका छन् । 

अक्षय कोषबाट आएको व्याज रकमबाट बार्षिक रुपमा पछि एक कार्यविधि निमार्ण गरी पालिका भित्रका ऐथ्लेटिक्स तर्फका उत्कृष्ट छात्रा खेलाडिलाई पु्रस्कृत गर्नेछन् । यस अक्षय कोषमा व्यक्ति तथा संघ–संस्थाहरुले समेत रकम थप गर्ने मिल्ने गरी कोष खडा गरिएको अध्यक्ष पौडेलले बताए । 

समापन समाहरोमा बोल्दै उपाध्यक्ष थारुले युवाहरु खेलकुदप्रति रुचि बढेको बताइन् । सबै विद्यालयहरुलाई खेलकुदलाई प्राथमिकता दिन विद्यालयहरुलाई आग्रह गरिन् ।

यस्तै प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका संयोजक तथा नेरामाविका विव्यस अध्यक्ष अर्जुन कुमार केसीले खेदकुदलाई भव्य, सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालनमा सहयोग पु¥याउनुहुने सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयका प्रअ, विव्यस अध्यक्ष र खेलकुद समितिका संयोजक र सदस्य लगायत सम्पूर्ण खेल गुरुहरुलाई समेत धन्यवाद व्यक्त गरेका थिए ।

 


प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  २२:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP