prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाल श्रम न्यूनीकरणमा नेपालगन्ज उपमहानगरपालिकाको तदारुकता
बाल श्रम न्यूनीकरणमा नेपालगन्ज उपमहानगरपालिकाको तदारुकता
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १२, २०७९ बागेश्वरी पोस्ट
बाल श्रम न्यूनीकरणमा नेपालगन्ज उपमहानगरपालिकाको तदारुकता

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका बाल श्रम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउने गरी अगाडि बढेको छ । नगरलाई छिट्टै बाल श्रममुक्त बनाउने गरी तदारुकता देखाएको नेपालगञ्ज उपमहानगरपालिकाले सरोकारवालाहरुसंग अन्तरक्रिया थालेको छ । आज सरोकारवालाहरुसंग अन्तरक्रिया गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले पहिलेको तुलनामा बाल श्रम घटे पनि चुनौती कायमै रहेकाले सहकार्य, समन्वय र हातेमालो गर्न जरुरी रहेको बताएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बाल श्रम, बाल विवाह र खोप कार्यक्रम नगरका मुख्य समस्या भएपनि अन्य सूचकमा उल्लेख्य सुधार देखिँदा बाल श्रम न्यूनीकरण भने चुनौतीपूर्ण देखिएको औंल्याइएको छ । रिजालले नेपालगञ्ज उमहानगरपालिका बाल श्रम मुक्त हुनुपर्दछ भन्ने अर्जुनदृष्टिका साथ अघि बढेको बताए । व्यवसायिक प्रतिष्ठानहरुले बाल श्रम नराख्ने दृढता लिँदा न्यूनीकरण सहज हुने उहाँको भनाई छ । 

अन्तरक्रिया कार्यक्रममा बाल श्रमिकको तथ्यांक अद्यावधिक, सचेतनामूलक कार्यक्रम सञ्चालन, सञ्चार माध्यमबाट सचेतनामूलक सामग्रीको प्रकाशन/प्रशारण, होडिंग बोर्ड राख्ने, नियमित अनुगमन, छलफल र अन्तरक्रियालाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने निष्कर्ष निकालिएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएर बाल श्रममा लागेका बालबालिकाहरुको पठनपाठन र अन्य क्रियाकलापमा स्थानीय सरकारले दायित्व बहन गर्नुपर्ने सुझाब सरोकारावालाहरुले दिएका छन् । 

नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख शोभा शाहले कमजोर स्थितिका बालबालिकाहरुको अवस्था हेरेर उपमहानगरपालिकाले सहयोग गर्ने बताइन् । उनले बालश्रम न्यूनीकरणको विषय अत्यन्तै संवेदनशील भएको भन्दै सबैको हातेमालो र जागरुकताले मात्र सम्भब हुने बताए । शाहले बाल श्रमको परिभाषा, कानुनी व्यवस्था र विद्यमान नीति नियमबारे प्रस्तुतिकरण गरेकी थिइन् । शाहले अनुगमनलाई प्रभावकारी बनाइने बताइन् । उनले सबै कुरो थाहा पाएर पनि अटेरी गर्ने संस्कारले अप्ठ्यारो पारेको उल्लेख गरिन् । 

छलफलका क्रममा कुनै व्यवसायिक प्रतिष्ठानले बालबालिकालाई बाल श्रममा राखेको पाइएमा बाल श्रम न्यूनीकरणको लागि आफैं ४/५ वटा होडिंग बोर्ड टाँस्नुपर्ने नीति लागू गर्ने विषयमा पनि छलफल भएको महिला विकास अधिकृत पवित्रा पुरीले बताइन् । उनले नगरमा बालबालिकाहरुको अवस्थाका विषयमा प्रस्तुतिकरण समेत गरेकी थिइन् । अन्तरक्रिया कार्यक्रममा होटेल व्यवसायी, यातायात व्यवसायी, प्रहरी, बालबालिकाका क्षेत्रमा काम गरिरहेका संघसंस्थाका प्रतिनिधि, बाल अधिकारकर्मी लगायत उपस्थित थिए ।

नेपालगञ्ज क्षेत्रमा ग्यारेज, होटल, फर्निचर, मोबाइल पसल, इलेक्ट्रोनिक पसल, अटो रिक्सा, सुन पसल लगायतका क्षेत्रमा बढी बाल श्रम रहेको बताइएको छ । नेपालको कानुनले १४ वर्ष मुनीका बालबालिकालाई कुनै पनि किसिमको श्रममा लगाउन बन्देज गरेको छ ।


प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP