नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • संसद भवन अगाडि आत्मदाह गरेका आचार्यको आर्यघाटमा अन्त्येष्टि
संसद भवन अगाडि आत्मदाह गरेका आचार्यको आर्यघाटमा अन्त्येष्टि
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ १४, २०७९ बागेश्वरी पोस्ट
संसद भवन अगाडि आत्मदाह गरेका आचार्यको आर्यघाटमा अन्त्येष्टि

नेपालगन्ज । सङ्घीय संसद भवन नयाँ बानेश्वर  अगाडि मंगलबार दिउँसो आत्मदाह गरेका स्व. प्रेमप्रसाद आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

अन्त्येष्टिका क्रममा स्व.आचार्यका  शुभेच्छुक, जिल्लावासीहरूको बाक्लो उपस्थिति रहेको थियो। सरकारले माग पुरा गर्ने आश्वासन दिएसँगै परिवारले स्व. आचार्यको शव बुझेका थिए । शव बुझेपछि उनको अन्त्येष्टिका लागि आर्यघाट लगिएको थियो ।

उनको परिवारलाई सहयोगका निम्ति देश विदेशमा अर्थ सङ्कलन भइरहेको छ । उक्त सङ्कलित रकम स्व. आचार्यको श्रीमतीको खातामा पठाउन  आव्हान गरिएको छ । 

फेसबुकमा आफ्नो व्यवसायका दुख र झन्झटहरूबारे खुलस्त पारेर उनले आत्मदाहको बाटो रोजेका थिए । उनले विभिन्न कामहरू गर्न खोजेको तर सफलता भने कतैबाट हात नलागेको बताउँदै गर्दा सफलताका अगाडि देखिएका व्यवधानका बारेमा खुलस्त लेखेका छन् । बैङ्कदेखि ठुला भनिने साहुले गरेको व्यवहारदेखि राजनीतिज्ञहरूको पनि नाम लिएका छन् । 

सङ्घीय संसद् चलिरहेको समयमा संसद् भवन अघि आत्मदाह गर्ने प्रेम आचार्यले लेखेको फेसबुक स्ट्याटसले सिङ्गो देश हल्लिएको थियो र अझै सम्हालिन सकेको छैन । उनले लेखेका आफ्ना भोगाइहरू धेरै साना तथा मझौला व्यवसायीहरूको साझा समस्या हुन् । उनले आफ्नो जीवनको यात्रामा भोगेको अफठ्याराहरूका बाबजुद उनले आन्दोलन र हिंसा नगर्न आव्हान गरेका छन् । 

उनको र उनको परिवारले भोगेका पिडाहरूलाई सम्बोधन र राहत दिन सरकारसँग १० बुँदे माग उनको परिवारले राखेको छ । यस्ता छन्  ती मागहरू:

१.स्व.प्रेमप्रसाद आचार्यले उठाउनु भएको २५ बुँदे सुझावहरू मागहरू सम्बोधन हुनपर्ने ।

२. स्व.प्रेमप्रसाद आचार्यलाई बाध्य बनाएर आत्मदाह गर्न उत्प्रेरित गर्नेलाई कानुनी कारवाही गर्नुपर्ने । 

३. किसान र कृषि उपजलाई विना अवरोध र नगदमा नै कारोबार गर्ने व्यवस्था मिलाउनुपर्ने ।

४.बैंक तथा वित्तीय संस्थाले गरिरहेको चर्को ब्याजदर कम गर्ने तथा सरल कर्जा सहज रूपमा उपलब्ध गराउनुपर्ने ।

५. स्व. प्रेमप्रसाद आचार्यले लिएको कर्जा राज्यले स्वामित्व लिई चुक्ता गरिदिनुपर्ने ।

६. नाबालक सन्तानलाई उनीहरूले चाहेको विद्यालय शिक्षादेखि निशूल्क उच्च शिक्षासम्मको ग्यारेन्टी राज्यले गर्नुपर्ने ।

७. स्व.प्रेमप्रसाद आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम सहिद घोषणा गर्नुपर्ने ।

८.राज्यले प्रदान गरेका कृषि अनुदानको निष्पक्षताको विषयमा अनुसन्धान गर्नुपर्ने ।

९. कुनैपनि युवाले राज्यको नीतिको कारणले मृत्युवरण गर्नुपर्ने अवस्था सृजना नहोस् ।

१०. आर्थिक लेनदेन तथा उधारो बजार सम्बन्धी कानुन तत्काल ल्याउनुपर्ने । 


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP