prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेमा दादुरा महामारी: कहाँ चुक्यो सरकार ?
बाँकेमा दादुरा महामारी: कहाँ चुक्यो सरकार ?
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ १४, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा दादुरा महामारी: कहाँ चुक्यो सरकार ?
शुक्रऋषि चौलागाईं

शुक्रऋषि चौलागाईं ।  सलाईको काँटी जस्तै हुँदो रहेछ–रोग । बेलैमा नियन्त्रण गर्न सकिएन भने आगो झैं फैलिन बेर लाग्ने रहेनछ । बाँकेमा अहिले दादुरा त्यस्तै देखिएको छ । बाँके पूर्ण खोप घोषित जिल्ला हो ।  राष्ट्रिय खोप अभियान अन्तर्गत बाँकेलाई २०७७ चैत ६ गते  पूर्ण खोपयुक्त घोषणा गरिएको हो । तर, दुई वर्ष नपुग्दै दादुराको संक्रमण मात्र देखिएन, महामारीको झैं रुप लियो । नियमित खोप अन्तर्गत पर्ने दादुरा खोप नलगाएकै कारण बाँकेमा पुष १२ गतेदेखि दादुरा फैलिइरहेको छ ।

paribartan 1

नेपालगन्जमा देखिएको दादुरा अहिले कोहलपुर, खजुरा, डुडुवा र नैरनापुर गाउँपालिकासम्म फैलिइसकेको छ । सरकारले सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ । तर, यसपाली नेपालगञ्जमा दादुराको प्रकोप देखिएकाले यो लक्ष्य प्राप्तिमा थप चुनौती छ ।

कस्तो छ– अवस्था 

बाँके जिल्ला पूर्ण खोप घोषणा भइसकेपनि दादुराको प्रकोप फैलिएको छ । नेपालगन्ज, खजुरा, कोहलपुर, नरैनापुर र डुडुवा गरी ५ पालिकाका २७ वडा दादुरा संक्रमणको प्रभावमा छन् । दादुराको अवस्था डरलाग्दो र भयावह नभइहाले पनि अहिलेसम्म पूर्ण रुपमा रोकिएको अवस्था पनि छैन । दादुराबाट यसअघि नेपालगन्जमा एक जनाको मृत्यु भइसकेको छ ।

बाँकेमा अहिलेसम्म दुई सय ६५ जना बालबालिका दादुराबाट संक्रमित भएका छन् । सबैभन्दा धेरै नेपालगन्जमा २०३ जना बालबालिका दादुराबाट प्रभावित भएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठ अनुसार– दादुरा संक्रमित मध्ये दुई सय ८ जना निको भइसकेका छन् ।  दादुरा संक्रमित ५६ जना अहिले पनि उपचाररत छन् । अधिकांश घरमै आइसोलेसनमा रहेका छन् । खोप सुपरभाइजर श्रेष्ठका अनुसार, अधिकांश बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार भइसकेको छ ।

दादुरा फैलियो कसरी ? कहाँ चुक्यो ?

दुई वर्ष अघि नै बाँकेलाई पूर्ण खोप जिल्ला भनियो । तथापी त्यसपछि नियमित खोप लगाउने कार्यलाई प्रथामिकता दिइएन । जबकि शिशु जन्मिएको नौ महिनादेखि १५ महिनासम्ममा दादुराविरुद्धको खोप दुई मात्रा लगाउनुपर्ने हुन्छ । खास के कारणले गर्दा नेपालगञ्जमा दादुरा फैलियो भनेर पूर्ण रिपोर्ट आउन बाँकी नै छ तर दादुरा खोपको मात्रा नलगाएकै कारण पुनः बल्झिएको हो भन्ने स्वास्थ्य कार्यालयको प्रारम्भिक अनुमान छ ।

गत पुषमा दादुराकै कारण नेपालगन्ज– ५ स्थित ३१ महिने बालकको मृत्युपछि दादुराको डरलाग्दो चित्र सतहमा आएको हो । सोही वडामा एउटै परिवारका चार बालबालिकामा दादुरा फेला परेको थियो । पाँच जनाको नमूना परीक्षणका लागि काठमाडौं पठाइएकोमा चार जनामा दादुरा पुष्टि भएको थियो ।

बाँकेमा दादुरा देखिएका ९० प्रतिशतले पूर्ण मात्रा खोप नलगाएको पाइएको स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनीता पौडेलले जानकारी दिइन् । ‘खोपप्रतिको नकारात्मक धारणा र बालबालिकामा कुपोषणले गर्दा करिब ९० प्रतिशतले पूर्ण मात्रा खोप नै नलगाएको पाइयो’– प्रमुख पौडेलले थप स्पष्ट पारुन् ।  बालबालिकाहरुले १३ प्रकारका खोपमध्ये सबै खोप लगाएको तर दादुरा–रुबेलाविरुद्धको दोस्रो मात्रा भने नलगाएको पाइएको हो । धेरैजसो संक्रमण मुस्लिम र मधेशी समुदायमा देखिएको छ ।

खोप लगाउँदा बालबालिकामा ज्वरो आउने, दुखेर उनीहरु रुने जस्ता सामान्य असरका कारण अभिभावकले खोप नै नलगाउने गरेको स्वास्थ्यकर्मीले बताउदै आएका छन् तथापी अभिभावकलाई स्वास्थ्य चेतना दिन नसक्नु र  खोपको महत्व  बुझाउन नसक्नु गम्भीर लाफरवाही भएको अधिकारकर्मीको भनाइ छ । यस्तै खोप वितरणको जिम्मा स्थानीय तहलाई दिइएको छ ।

तर, यहाँ संक्रमण देखिएका अधिकांश बालबालिकाले नियमित वितरण गरिने खोप नलगाएको पाइनु स्थानीय सरकारका लागि पनि लाजमर्दो हो ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले बाँकेलाई पूर्ण खोप जिल्ला घोषित गर्नु नै सरकारको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार गरेका छन् ।

‘पूर्ण खोप जिल्ला घोषणा भइसकेपछि खोप लगाउन को आउँछ र ? त्यति घोषणा गरेर सरकारलाई  कतैबाट पैसा आयो भन्दैमा खोप नलगाउनेरु खोप लगाउन कति छुटे,  अवस्था के छ, केही नबुझी हचुवाको भरमा घोषणा गरेको परिणाम अहिले देखिएको हो’ उनले सार्वजनिक रुपमै व्यक्त गरिसकेका छन्  ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेलका अनुसार, सरकारले नियमित निःशुल्क खोप दिइरहेको छ । तर, नेपालगन्ज उपमहानगरपालिकाकै वडामा खोप छुटेर दादुरा फैलिनु चिन्ताको विषय बनेको छ । खोप कार्यक्रमलाई प्रभावकारी नबनाए महामारीकै रुप पनि लिन सक्ने स्वास्थ्य विज्ञले बताएका छन् ।

दादुराको प्रकोप फैलिएपछि हामी माझ नयाँ र थप चुनौतीहरु बढेका छन् भने हाम्रो कार्यशैलीप्रति पनि प्रश्न उठेका छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएसएस) २०२२ को अध्ययनले नेपालमा चार प्रतिशत बालबालिका खोप लगाउन छुटेको देखाएको छ ।

सरकारले वर्सेनि एक वर्ष मुनिका करिब ५ लाख ३८ हजार बालबालिकालाई नियमित खोप लगाउने गरेको छ । जसमध्ये करिब २१ हजार ५२० बालबालिका छुटेको एनडीएचएसको रिपोर्टले देखाएको छ । नेपालमा दादुराविरुद्धको पछिल्लो खोप अभियान सन २००४ देखि सुरु भएको हो ।

भइरहेको पहल

बाँकेमा दादुरा नियन्त्रणमै छ भनिएपनि यसको फैलिने क्रम नरोकिनु चिन्ताको विषय हो । नियन्त्रणका लागि के गरिदैँछ  त ?  स्वास्थ्य कार्यालय बाँकेको सहयोगमा बाँकेका पाँच वटै पालिकामा खोप अभियान सञ्चालन गरिएको छ । खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा खोज्ने अभियान समेत सञ्चालन गरेको स्वास्थ्य कार्यालय बाँके प्रमुख पौडेलले जानकारी दिइन् ।

नेपालगन्ज उपमहानगरपालिकाले दादुरा फैलिएको वडामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेर नियन्त्रणको प्रयास गरेको थियो । दादुरा फैलिनुको कारण पत्ता लगाउन स्वयंमसेविकालाई घरघरमा पठाएर खोप कार्ड नै हेर्न लगाइएको र अहिले सबैलाई खोप लगाइसकिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

नेपालगन्ज, खजुरा, डुडुवा र नरैनापुरमा गरी ८९ हजार चार सय ५८ जनालाई खोप लगाउनु पर्ने लक्ष्य रहेकोमा हालसम्म ७८ हजार सात सय ६८ जनाले दादुरा विरुद्धको खोप लगाइसकेको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर श्रेष्ठले जानकारी दिए ।

यस्तै कोहलपुरमा पनि दादुराको महामारी फैलिन थालेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिलसिंह ठकुरीले जानकारी दिए । दादुरा नियन्त्रणको प्रयास समेत सुरु भइसकेको शाखा प्रमुख ठकुरीले बताए ।

११ गते बुधबारबाट १५ वटै वडाका तोकिएका खोप केन्द्रहरुबाट दादुरा–रुबेला विरुद्धको खोप लगाउन  सुरु गरिएको छ । ६ महिना भन्दामाथि र १५ वर्षमुनिका २६ हजार १४२ जना बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप सेवा प्रदान गर्ने लक्ष्य रहेको पनि उनले जनाए ।

दादुरा फैलिएका प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र स्थानीय सरकारले धेरै सहयोग गरेपनि केन्द्र र प्रदेशसरकारले खासै चासो नदेखाएको स्वास्थ्य सम्वद्ध अधिकारीको भनाइ छ । तथापी केही दिन अघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले दादुरा प्रभावितहरुको अवस्थाबारे जानकारी लिँदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीब्र पारिने बताए ।

सरकारले २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गरिसक्ने लक्ष्य लिएको छ । तर, नेपालगन्जमा फैलिएको दादुराका कारण यो लक्ष्य पूरा गर्न थप चुनौती थपिएको देखिन्छ ।

के हो दादुरा–रुबेला ? कस्तो छ लक्षण ?

दादुरा छिटो फैलिने सरुवा रोग हो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार एक जना दादुरा संक्रमितले झन्डै १८ जनालाई सार्न सक्ने भएकाले यसलाई निकै तीव्र गतिमा फैलिने सरुवा रोग मानिन्छ । पुनका अनुसार सामान्यतया दादुरा ५ वर्षमुनिका बालबालिकामा धेरै लाग्छ र छिट्टै महामारीको रुप लिन पनि सक्छ । यदि बालबालिकाको समयमा उपचार भएन भने गम्भीर प्रकारको जटिलता हुनुका साथै मृत्यु समेत हुन सक्छ ।

शरीरमा दादुराको भाइरस प्रवेश गरेको ७ देखि १४ दिनसम्ममा लक्षणहरु देखिने स्वास्थ्यकर्मीले बताएका छन् । ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, आँखा रसाएको जस्तो रातो हुने र मुख हुँदै शरीरभरि रातो बिबिरा देखिन्छन्  ।

यो रोग खोक्दा वा हाच्छ्यू गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका स–साना कणले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने काम गर्छन् । चिकित्सकका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ ।

यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्गै राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण उपचार गर्नुपर्छ । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्न सक्दछ ।                                          लेखक नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुन् ।

 


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP