prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • भारतीय मुद्रामा लक्ष्मीको तस्बिर छाप्न सल्लाह, नोटमा महात्मा गान्धी कहिलेबाट छापिँदै छन् ?
भारतीय मुद्रामा लक्ष्मीको तस्बिर छाप्न सल्लाह, नोटमा महात्मा गान्धी कहिलेबाट छापिँदै छन् ?
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ३, २०७६ बागेश्वरी पोस्ट
भारतीय मुद्रामा लक्ष्मीको तस्बिर छाप्न सल्लाह, नोटमा महात्मा गान्धी कहिलेबाट छापिँदै छन् ?
महात्मा गान्धी

नयाँ दिल्ली । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता तथा राज्यसभा सांसद सुब्रमण्यम स्वामीले भारतीय रुपैयाँको स्वास्थ्य सुधारका लागि दिएको एउटा सल्लाह अहिले चर्चामा छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार मध्य प्रदेशको खण्डवामा बुधवार स्वामी विवेकानन्द व्याख्यानमालापछि पत्रकारहरुसँगको कुराकानीमा स्वामीले आफू नोटमा धनकी देवी लक्ष्मीको तस्बिर छाप्ने पक्षमा रहेको बताए । 

पत्रकारहरुले उनीसँग डलरको तुलतामा गिर्दै गएको रुपैयाँको अवस्थाका बारेमा प्रश्न गरेका थिए ।

स्वामीले इण्डोनेशियाको मुद्रामा गणेश भगवानको तस्बिर रहेको जिकिर गरेका थिए । “यो प्रश्नको उत्तर त प्रधानमन्त्री नरेन्द्र मोदी दिन सक्नुहुन्छ । तर, म यसको पक्षमा छु, भगवान गणेश विघ्न दूर गर्दछन् । म त भन्छु, देशको मुद्रा सुधार्नका लागि लक्ष्मीको तस्बिर लगाउन सकिन्छ । यसमा कसैलाई आपत्ति पनि रहन्न ।”

उनको सल्लाह पछि भारतीय मुद्रामा कसको तस्बिर रहन्छ, यसका बारेमा तय गर्ने अधिकार कोसँग छ भन्ने प्रश्न अहिले उठेको छ । 

के मुद्रामा महात्मा गान्धीको तस्बिर हटाउन सकिन्छ ?

के स्वतन्त्र भारतपछि भारतीय मुद्रामा महात्मा गान्धीको तस्बिर छापिँदै आएको हो ? 

महात्मा गान्धीको तस्बिरभन्दा अगाडि भारतीय मुद्रामा कसको तस्बिर हुन्थ्यो ? 

र, मुद्रामा महात्मा गान्धीको तस्बिर पहिलो पटक कहिले प्रकाशित भएको थियो ? 

संसारका केन्द्रीय बैंक जस्तै भारतमा पनि मुद्रा जारी गर्ने अधिकार केवल भारतीय रिजर्भ बैंकलाई छ । (एक रुपैयाँको नोट भारत सरकार जारी गर्दछ ।) 

रुपैयाँको यात्रा 

भारतलाई १५ अगस्ट १९४७ मा स्वतन्त्रता प्राप्त भएको थियो । तर, देशलाई गणतन्त्र २६ जनवरी १९५० मा घोषणा गरिएको थियो । यस दौरान भारतीय रिजर्भ बैंक अहिलेसम्म प्रचलित मुद्रा नै जारी गर्दै आएको छ । 

भारतीय रिजर्भ बैंकको वेबसाइटका अनुसार भारत सरकारले पहिलो पटक १९४९ मा एक रुपैयाँको नोटको नयाँ डिजाइन तयार गरेको थियो । त्यसपछि स्वतन्त्र भारतका लागि चिन्हहरु छनौट गर्नुपर्ने थियो । 

सुरुवातमा बेलायती महाराजाको स्थानमा नोटमा महात्मा गान्धीको तस्बिर राखिने अनुमान गरिएको थियो । त्यसका लागि डिजाइन पनि तयार गरिएको थियो । तर अन्तिममा महात्मा गान्धीको तस्बिरको सट्टामा नोटमा अशोक स्तम्भ छाप्ने सहमति जुटेको थियो । यसबाहेक नोटको डिजाइनमा त्यति धेरै परिवर्तन गरिएको थिएन ।

सन् १९५० मा भारतीय गणराज्यमा पहिलो पटक दुई, पाँच, १० र एक सय  रुपैयाँको नोट जारी गरिएको थियो । सन् १९६९ मा महात्मा गान्धीको सयौं जन्मोत्सवको अवसर पारेर पहिलो पटक भारतीय मुद्रामा उनको तस्बिर छापिएको थियो । बीबीसीबाट


प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP