Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जमा रहेका कर्णाली प्रदेशका प्रहरी संरचना सार्न पहल गरिने
नेपालगन्जमा रहेका कर्णाली प्रदेशका प्रहरी संरचना सार्न पहल गरिने
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १७, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्जमा रहेका कर्णाली प्रदेशका प्रहरी संरचना सार्न पहल गरिने

नेपालगन्ज । कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगन्जबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा लैजान पहल गरिने बताए । नेपालगञ्जमा रहेका ती निकायको अनुगमन तथा निरीक्षणका क्रममा  उनले कर्णालीका नागरिकलाई शान्ति तथा सुरक्षा दिन पहलकदमी थाल्ने जनाए ।

उनले सोमबार लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र तथा कुकुर शाखा, सङ्घीय प्रहरी एकाइ, ड्रग शाखा, दङ्गा नियन्त्रण कार्यालय र विशेष सुरक्षा गणको अनुगमन गरेका थिए । सुरक्षा अधिकारीका अनुसार कुकुर शाखा नेपालगञ्जमा हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिमप्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता रहेको छ ।

अनुगमनका क्रममा मन्त्री जिसीले प्रहरी अधिकारीहरूलाई संविधानको दायरामा रहेर कर्णालीका नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिए । सरकारले जनताको सुरक्षार्थ कर्णाली प्रदेशभरि विशेष सुरक्षा योजना बनाउन थालेको उनको भनाइ थियो ।

मन्त्री जिसीका अनुसार नेपालगञ्जमा रहेका प्रहरी कार्यालयलाई सकेसम्म यही आर्थिक वर्षमा त्यहाँस्थित सबै प्रहरी संरचना कर्णालीमा सार्न लक्ष्य राखिएको छ । उनीसँगै अनुगमनमा रहेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सुरक्षित प्रदेश विशेष सुरक्षा योजना बनाउने र त्यही योजनामा रहेर प्रदेश बाहिर रहेका प्रहरीका निकाय कर्णालीमा ल्याइने जनाए । रासस


प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP