prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेका प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले भने-`कोहलपुरको विकासमा एक छौँ´
बाँकेका प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले भने-`कोहलपुरको विकासमा एक छौँ´
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १७, २०७९ बागेश्वरी पोस्ट
बाँकेका प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले भने-`कोहलपुरको विकासमा एक छौँ´

भोला खड्का /नेपालगन्ज । बाँकेबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुले कोहलपुरको समग्र विकासका लागि आफुहरु प्रतिबद्व रहेको बताएका छ्न् । कोहलपुर नगरपालिकाले बाँके जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गर्न आज कोहलपुरमा आयोजित कार्यक्रममा  प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले कोहलपुरको समग्र विकासका लागि आफुहरु प्रतिवद्व रहेको बताएका हुन्  । 

paribartan 1

उनीहरुले कोहलपुरसँगै बाँकेको समग्र विकासका लागि सांझा संकल्प तयार पारेर अघि बढ्ने बिश्वास दिलाए । बाँके क्षेत्र नं १ का  प्रतिनिधि सभा सदस्य सूर्य ढकालले कोहलपुरसहित बाँकेको विकासका लागि राजनीति भन्दा माथि उठेर काम गर्ने बिश्वास दिलाए ।  उनले बाँकेको विकासका लागि जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबीच एक भएर अघि बढ्ने सहमति भएको पनि बताए  ।

त्यसैअनुसार कोहलपुर क्रिकेट मैदान निर्माण, चपरगौरी निबुवा खड्कवार हुँदै घुइँयाबारी सडक निर्माण र कोहलपुरलाई शैक्षिक हब बनाउने योजनालाई अघि सारिएको प्रतिनिधि सभा सदस्य ढकलले बताए। यस्तै प्रतिनिधि सभा सदस्य आशा विकले समग्र बाँकेको विकासका लागि बाँकेबाट निर्वाचित सांसद एक हुनु पर्ने बताउँदै आफुहरु त्यहीँअनुसार अघि बढेको बताए । 

चुनाव अघि दलका प्रतिनिधि भएपनि जितेर आइसकेपछि भने आफुहरु दलगत विचार भन्दा माथि उठेर जनताको सेवामा खटिनु पर्ने धारणा ढकालले व्यक्त  गरेका छन्  । उनले कोहलपुर नगरपालिकाको नेतृत्व यूवा भएकाले सहकार्य र समन्वय गरेर कोहलपुरको समग्र विकासमा गर्न तयार रहेको बताए । 

यस्तै बाँके क्षेत्र १ (२) बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य  दुर्गा प्रसाद चौधरीले कोहलपुरको विकासका लागि सबै जनप्रतिनिधि एक हुन आवश्यक रहेको बताए । उनले कोहलपुरलाई शैक्षिक हवको रुपमा विकास गर्न स्थानीय सरकारले बहस चलाउन जरुरी देखिएको बताएका छन् । यस्तै कोहलपुरमा विशाल पार्क निर्माण गर्दै यसलाई पर्यटकिय नगरीका रुपमा पनि स्थापना गर्न सकिने बताए । उनले त्यसका लागि स्थानीय सरकारसँग समन्वय गर्न प्रदेश सरकार तयार रहेको पनि बताए ।

बाँके क्षेत्र ३ (१) बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य  बादशाह कुर्मीले कोहलपुर नगरपालिका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मुटुको रुपमा रहेकाले यसको विकासका लागि सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए ।  उनले कोहलपुरमा यातायात कार्यालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्  ।

यस्तै बाँके क्षेत्र ३ (२) बाट प्रदेश सभामा निर्वाचित  प्रदेश सभा सदस्य रत्न खत्रीले कोहलपुर उदयमान सहर रहेकोले यहाँको विकासका लागि सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताए । उनले कोहलपुरलाई समृद्व सहर बनाउन गुरु योजना बनाउन आग्रह समेत गरे । त्यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्यहरु बसन्ती अधिकारी, संजुकुमारी थारु, माया पुन, सुशिला बादी र मीना कुमारी बोहरा सिद्दिकीले कोहलपुरसहित बाँकेको समग्र विकासका लागि आफ्नो तर्फबाट गर्नु पर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता जनाए  ।

नगर प्रमुख आचार्यले कोहलपुरको विकासका लागि प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सदस्यहरुको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले तीन तहका सरकार रहेपनि अहिले आम नागरिकको भरोसा भने   प्रतिनिधि र प्रदेश सभा भन्दा स्थानीय सरकारसँग बढिरहेको बताए । उनले जनतालाई तीनवटै सरकारको आभास दिलाउन आवश्यक रहेको बताए । उनले कोहलपुरको विकासका लागि संस्थागत सुधारको काम सुरुवात गरिएको बताए ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  नगर उपप्रमुख  संगीता सुवेदीले स्वागत मन्तव्य र   कार्यक्रमको संचालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले गरेका थिए। बधाई ज्ञापन कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रवक्ता वडा नं १४ का वडा अध्यक्ष नम बहादुर आले, वडा नं ८ का वडा अध्यक्ष लालबहादुर राना, वडा नं १३ वडा अध्यक्ष डम्बर बहादुर खड्का, सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विक लगायतले कोहलपुरको विकास निर्माणका सवालमा प्रतिनिधि र प्रदेश सभा सदस्यलाई ध्यानाकर्षण गराएका थिए ।


प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP