नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
जानकीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १९, २०७९ बागेश्वरी पोस्ट
जानकीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिका स्तरीय ५औं अध्यक्ष कप प्रतियोगिता आजदेखि सुरु भएको छ ।

जानकी गाउँपालिका वडा नम्वर–३ मानपुरस्थित श्री नेपाल राष्ट्रिय प्रावि खेल मैदानमा १५औं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा ५औं अध्यक्ष कप प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको  प्रमुख अतिथी संघीय सांसद किशोरसिंह राठौर, विशिष्ट अतिथी लुम्विनी प्रदेशसभा सदस्य बादशाह कुर्मी तथा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी राठौरले विद्यालयस्तरको विद्यार्थी जीवन अत्यन्तै महत्वपूर्ण जीवन भएकाले यसलाई सार्थक बनाउन खेलकुद क्षेत्रमा पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले जानकी गाउँपालिकामा अहिलेसम्म कक्षा १२ सम्मको विद्यालय नहुनु दुःखको विषय भएको भन्दै सबै मिलेर कक्षा १२ सम्मको पढाई सुरु गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । यसका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । उनले वालवालिकालाई पढाईमा अनुशासित बन्दै खेलतिर पनि ध्यान केन्द्रित गर्न जरुरी रहेको समेत बताए ।

लुम्बिनी प्रदेश सांसद कुर्मीले कक्षा १२ सम्मको पढाई सञ्चालन गर्न लुम्विनी प्रदेशबाट आफूले सक्ने सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् । गाउँपालिका अध्यक्ष खाँले छोरीहरुको शिक्षालाई विशेष प्राथमिकता दिँदै प्रतियोगिता भएकै ठाउँमा कन्या विद्यालय बनाउन पालिका लागिसकेको बताएका छन् । आउने वर्ष कन्या विद्यालय सञ्चालनमा आउने उनको भनाई छ । उनले शिक्षा तथा खेलकुद दुवैको माध्यमबाट आगामी दिनमा थप सन्देशहरु दिन सक्ने गरी यस कार्यक्रमबाट सबैले शिक्षा लिनुपर्ने धारणा समेत राखेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले खेलकुद प्रतियोगितालाई अझै थप व्यवस्थित र भव्य वनाउन, खेलकुदको माध्यमबाट पालिकाको विकासलाई अगाडि बढाउन तथा पालिकाको नाम उच्च राख्नको लागि पालिका अध्यक्ष लगायत सम्पूर्ण टिम प्रयासरत रहने बताए । 

आज पहिलो दिन छात्रातर्फ व्राइटस्टार र शिवपुरी, बञ्जाडेगाउँ र जोगागाउँ तथा भाटनपुर र बालविकासबीच कवड्डी  खेल भएको थियो । त्यसै गरेर भलिवल छात्रतर्फ भाटनपुर र बालविकास , शिवपुरी र बञ्जाडेगाउँ तथा जोगागाउँ र जानकीबीच भलिवल खेल भएको थियो ।  

जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र जानकी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको प्रतियोगितामा गाउँपालिका अन्तर्गतका रहेका ४५ वटा विद्यालय मध्ये ३८ विद्यालय सहभागी छन् । प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुने शिक्षा शाखा प्रमुख कृष्णाकुमारी भण्डारीले बताइन् ।

कार्यक्रममा १ देखि ६ नम्वर वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु लगायत पालिकाका कर्मचारीहरुको र शिक्षक शिक्षिकाहरुको समेत उपस्थिति रहेको थियो ।
 


प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP