नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'अदालतको आदेश विपरीत होटल सञ्चालकले जग्गा हडपे पनि मैले न्याय पाएन'
'अदालतको आदेश विपरीत होटल सञ्चालकले जग्गा हडपे पनि मैले न्याय पाएन'
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ २३, २०७९ बागेश्वरी पोस्ट
'अदालतको आदेश विपरीत होटल सञ्चालकले जग्गा हडपे पनि मैले न्याय पाएन'

नेपालगञ्ज । नेपालगञ्जका सुरेन्द्रकुमार श्रेष्ठले होटेल डायमण्ड प्यालेसले आफ्नो जग्गा जबर्जस्ती हडपेको बताएका छन् । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर नेपालगञ्ज-२ सुर्खेतरोडका श्रेष्ठले अहिले होटेल डायमण्ड प्यालेस नामाकरण गरिएको तत्कालीन सिग्नेट इन कृष्णाले आफ्नो ५ धुर जग्गा जबर्जस्ती हडपेको बताए ।

अदालतले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै होटलका सञ्चालकले जबर्जस्ती गरेको उनको आरोप छ । अदालतले मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि साविकको कित्ता नम्बर १७१ बाट हाल कायम कित्ता नम्बर १३ को जग्गामा बनेका पर्खाल तथा अन्य संरचनाहरु भत्काउने कार्य नगर्नु नगराउनु भनी माघ २० गते आदेश दिएपनि सोही दिन होटल डायमण्डका सञ्चालक सुरेन्द्रबहादुर सिंहले नम्बर प्लेट नै नभएको डोजर ल्याएर उक्त कित्तामा रहेका आफ्ना संरचनाहरु जबरजस्ती भत्काइदिएको श्रेष्ठले बताए ।

श्रेष्ठले पत्रकार सम्मेलनमार्फत गुहार समेत मागेका छन् । उनले आफूलाई उक्त संरचनाहरु पहिले नै जबरजस्ती हटाउन धम्की दिँदै आएको अवस्थामा सुरक्षाको माग गर्दै माघ १९ गते जिल्ला प्रशासन र जिल्ला प्रहरीमा जिउधनको सुरक्षा गरी पाउँ भनी निवेदन दिएपनि कुनै सहयोग नमिलेको बताए । उनले भने, ‘अदालतले दिएको आदेशको पनि अवहेलना गरेर जबरजस्ती कसैको व्यक्तिगत सम्पत्ति भत्काइँदा पनि मैले कतैबाट साथ पाइन । त्यही भएर पत्रकार साथीहरुसमक्ष आएको हुँ, मैले आफूलाई असुरक्षित महसुस गरेको छु ।’

साथै उनले होटल सञ्चालकले उक्त होटल रहेको क्षेत्रमा रहेको करिब चार कठ्ठा ऐलानी जग्गा पनि आफ्नो नाममा बनाएको दाबी गरेका छन् । ‘कालीमाई मन्दिर, बालदा तलाउ लगायतको जग्गा पनि होटल सञ्चालकले आफ्नो नाममा बनाएका छन् । आफ्नो वास्तविक भन्दा चार कठ्ठा बढी जग्गा कब्जा गरेर बाहिरबाट अग्लो वाल लगाइसकेका छन्,’ उनले भने । होटेलको बास्तविक जग्गा १४ कठ्ठा भएपनि अहिले ऐलानी र अरुको जग्गा प्यापेर उसले १८ कठ्ठा पुर्याएको उनको दावी छ । जग्गा हडपेर अवैध संरचना बनाएको उनको आरोप छ ।

श्रेष्ठले आफ्नो ५ धुरसंगै योगेन्द्र स्वाँरको ८ धुर तथा कालीमाई मन्दिर तथा तलाउ क्षेत्रको ३ कठ्ठा जमिन समेत हडपेको बताए । यस विषयमा नापीको समेत ध्यानाकर्षण गराउँदा कुनै वास्ता नगरिएको उनको गुनासो छ । उनले यो प्रकरणमा भूमाफियाको संलग्नता रहेको आरोप लगाए । नापीको भूमिकाप्रति पनि उनले शंका व्यक्त गरेका छन् । अदालतको आदेश विपरीत जबर्जस्ती गरिँदा पनि न्याय नपाएको भन्दै उनले आक्रोश पोखेका छन् । श्रेष्ठका अनुसार तत्कालीन होटल इन कृष्णाका मालिक दिपेन्द्र अग्रवालदेखि अहिलेको होटल डायमण्डका मालिक सिंहले जग्गा हडप्न अनेक तिकडम गरेको आरोप लगाए । उनले अग्रवालले सिंहलाई उक्त होटल बेचेको बताए । 


प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  २१:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP