नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा ऐलानी जग्गा नापजाँच तीब्र: वडा नम्बर २ मा सकियो, १२ मा सुरु
कोहलपुरमा ऐलानी जग्गा नापजाँच तीब्र: वडा नम्बर २ मा सकियो, १२ मा सुरु
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २४, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरमा ऐलानी जग्गा नापजाँच तीब्र: वडा नम्बर २ मा सकियो, १२ मा सुरु

कोहलपुर । कोहलपुर नगरपालिकाले ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पारेको छ । भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउन जग्गा नापजाँचलाई तीब्रता दिइएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । 

आजदेखि कोहलपुर नगरपालिका वडा नम्बर-१२ मा पनि ऐलानी जग्गा नापजाँच सुरु भएको छ । अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने वडा अध्यक्ष वीरेन्द्रबहादुर  शाहले जानकारी दिए । वडा नम्बर १२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित १ हजार ६८० कित्ता रहेको शाहले बताए । यसअघि लुटबहादुर रावत नगर प्रमुख हुँदा वडा नम्बर-१ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो । 

वडा नम्बर-१ मा एक हजार ५६६ कित्ता नापजाँच भएको थियो । यस्तै वडा नम्बर-२ मा  मुक्तिनगर, शक्तिनगर र बिकास नगरको १ हजार ७३० कित्ता नापजाँच भएको थियो । नगर प्रमुखमा आचार्य नेतृत्वको जनप्रतिनिधि आएपछि भने कोहलपुरमा ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पारेको  हो । 

वडा नम्बर-२ मा मात्रै अहिले एक हजार ८४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ  । वडा नम्बर-२ मा ऐलानी जग्गा नापजाँचको काम आज पूरा भएको वडा अध्यक्ष हरिसिंह कठायतले जानकारी दिए । `हामी निर्वाचित भएर आएपछि नै भूमिहीन, दलित र सुकुमबासीलाई जग्गाको स्वामित्व दिने गरी ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पार्ने योजनामा थियौं, नगर प्रमुख आचार्यले भने-`बर्खायाम, त्यसपछि निर्वाचन आचारसंहिता लगतै दसैं तिहार जस्ता चाडबाडका कारण रोकिएको थियो । अब यो काम द्रुत गतिमा अघि बढ्छ ।´  अबको २/३ महिनामा नापजाँचको काम सक्ने गरी आफूहरु लागेको नगर प्रमुख आचार्यको भनाई छ । 

यस्तै नगर उपप्रमुख संगिता सुवेदीले अब कोहलपुर नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र जमिन भएर पनि स्वामित्व नभएका अव्यवस्थित बसोवासी नागरिक जमिनका मालिक बन्ने बताए ।  ‘चुनावका वेला जनतासँग लालपुर्जा वितरण गर्ने वाचा थियो,’ उनले भने, ‘त्यही वाचा अनुरूप हामी निरन्तर जनताको काममा जुटेका छौँ ।’ 

कोहलपुर नगरपालिका भुमि सहजीकरण समितिका संयोजक समेत रहेका वडा नम्बर-१२ का वडा अध्यक्ष शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोली खटिएको जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिकाबाट ९ जना, भुमि आयोगबाट ६ जना र जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित ६ जना गरी २१ जना अमिनको टोलि खटिएको हो । उनले तत्काल वडा नम्बर १० मा पनि ऐलानी जमिन नापजाँच सुरु हुने बताए ।

‘जमिन भएका, तर वर्षौँदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउँछौँ । भूमिहीन दलित र सुकुमबासीलाई समेत जमिन धनी बनाउँछौँ,’ उनले भने । कोहलपुर नगरपालिकामा यसअघि भूमिहीन दलित,भूमिहीन सुकुमबासी  र अव्यवस्थित बसोवासी करिब १७ हजार छ्न् ।


प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP