prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनः चार विधेयक पारित
नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनः चार विधेयक पारित
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनः चार विधेयक पारित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको सभाध्यक्षतामा बसेको नगरसभाले स्वास्थ्य सेवा विधेयक २०७९, सार्वजनिक निजी साझेदारी विधेयक २०७९, खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि विधेयक २०७९ र विनियोजन विधेयक २०७९ को प्रथम संशोधन विधेयक २०७९ पारित गरेको हो । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना स्वीकृत प्रस्ताव र बजेट तथा योजना रकमान्तर सम्बन्धि प्रस्ताव पनि पारित भएको छ ।

paribartan 1

नगरसभा सदस्य मुजम्मिल हुसैन हल्वाईले स्वास्थ्य सेवा विधेयक, नगरसभा सदस्य कौशलकुमार धोवीले सार्वजनिक निजी साझेदारी विधेयक, नगरसभा सदस्य गोपाल पुनले खानेपानी तथा स्वच्छता सम्बन्धि विधेयक र  नगरसभा सदस्य विना थापाले विनियोजन विधेयकको प्रथम संशोधन नगरसभामा प्रस्तुत गरेका थिए । यसैगरी नगरसभा सदस्य पुष्षा सिंहले प्रस्तुत गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना स्वीकृत प्रस्ताव  र नगरसभा सदस्य गोविन्द रेग्मीले प्रस्तुत गरेको बजेट तथा योजना रकमान्तर सम्बन्धि प्रस्ताव सर्वसम्मतले पारित भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए । नगरसभाले दिवंगत जनप्रतिनिधि र कर्मचारीहरुको शोक प्रस्ताब पनि पारित गरेको छ ।

नगरसभामा नगर प्रमुख विष्टले हालसम्मको संक्षिप्त प्रगति विवरण र उपप्रमुख कमरुद्दिन राईले वित्तीय तथा राजश्व प्रगति प्रस्तुत गरेको प्रबक्ता प्रमोद रिजालले बताए । नगर प्रमुख विष्टले आफ्नो प्रगति विवरण उल्लेखित बक्तब्यमा बागेश्वरी मन्दिरमा महाआरती शुभारम्भ, मोतिविन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन, दादुरा प्रकोप देखिएपछि सञ्चालित खोप अभियानमा सतप्रतिशत बढी कभरेज, दीर्घरोगीहरुलाई विपद व्यवस्थापन कोषबाट रकम भुक्तानी, केही वडाहरुमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण, सबै वडामा इन्टरनेटको पहँुच, नगरका मुख्य स्थानमा फ्रि वाइफाई जोन, अनलाइन सिफारिस प्रणाली, मुलुकमै दोस्रो स्वास्थ्यजन्य फोहर प्रशोधन केन्द्र स्थापना गरी कार्यान्वयन गरेको विषयलाई समेटेका छन् ।

यस्तै उनले प्रगति विवरणमा नगरमा पुराना डिप बोरिंगहरुको मर्मत कार्य सञ्चालन, जग्गा नापजाँचको कार्यका लागि आवश्यक नियन्त्रण विन्दु स्थापना, मदरसा बोर्ड गठन, उपमहानगरको कृषि र गैरकृषि क्षेत्र निर्धारण, मंगलप्रसाद कन्या कलेजमा हाल स्नातक तर्फका केही विषयहरुमा अध्यापन सुरुवात, सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र सञ्चालनका लागि आवश्यक जनशक्ति पदपूर्ति, अपांगता परिचयपत्र वितरणसहित सचेतनामूलक कार्यक्रम सञ्चालन, न्यायिक समितिमा चालू आर्थिक बर्षमा परेका १७ उजुरी मध्ये २ वटा निर्णय भई बाँकी प्रक्रियामा रहेको विषयहरु उल्लेख गरेका छन् । नगर प्रमुख विष्टले चाडपर्वको लामो विदा, संघ र प्रदेशको चुनाव लगायतका कारणले सुरुवाती दिनमा लय पकड्न गाह्रो भएपनि अब उपमहानगर आफ्नो शैली र गतिमा अघि बढ्ने बताए ।

No description available.

नगर उपप्रमुख राईले वित्तीय प्रगति विवरण प्रस्तुत गर्दै चालू आर्थिक बर्षको पौष मसान्तसम्म २५.१० प्रतिशत रकम खर्च भएको जानकारी दिनुभयो । राईले चालूतर्फ ३४.६८, पूँजीगततर्फ ९.४४ र वित्तीय व्यवस्थातर्फ ३९.३४ प्रतिशत रकम खर्च भएको बताए । उनले आर्थिक बर्ष २०७९८० को ११औं नगरसभाबाट स्वीकृत कुल बजेट मध्ये विभिन्न बजेट शिर्षकमा पौष मसान्तसम्म रु.१ करोड २ लाख ११ हजार बढी प्राप्त भएको तथा अनुमान भन्दा बढी निकासा प्राप्त भएको भन्दै जम्मा १ अर्ब ९८ करोड ४२ लाख ५४ हजार रुपैयाँ स्वीकृतिका लागि नगरसभामा पेश गरेका थिए ।

No description available.

प्रस्तावित अनुमानित आय मध्ये पौष मसान्तसम्म रु.१ अर्ब ९ करोड ६७ लाख ८५ हजार गरी करिब ५५ प्रतिशत आम्दानी प्राप्त भएको बताइएको छ । यस्तै आन्तरिक आयमा करिब ५८ प्रतिशत प्रगति भएको छ । उपप्रमुख राईले करदाताहरुको सहज पहुँचका लागि सम्पत्तिकर वडा कार्यालयबाटै अनलाइनमार्फत तिर्न सकिने व्यवस्था गरिएको बताउँदै व्यवसाय र घरबहाल कर समेत वडामै बुझाउन सकिने गरी व्यवस्था गर्न प्रयासरत रहेको जानकारी गराए । नगरसभामा जनसरोकार र समसामयिक विषयमा छलफल गरिएको थियो । छलफलमा नगरसभा सदस्यहरुले सक्रिय सहभागिता जनाएका थिए । 

फोटोफिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP