नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरको ज्योति सामुदायिक वनलाई पर्यटकीय क्षेत्र बनाइँदै
कोहलपुरको ज्योति सामुदायिक वनलाई पर्यटकीय क्षेत्र बनाइँदै
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरको ज्योति सामुदायिक वनलाई पर्यटकीय क्षेत्र बनाइँदै

कोहलपुर । कोहलपुर नगरपालिका–८ स्थित तीन वटा सामुदायिक वनमा एक हजार ३ सय बढी विभिन्न प्रजातिका बोटविरुवा रोपिएका छन् ।

ज्योति सामुदायिक वन, सितल छायाँ सामुदायिक वन र सृष्टि सामुदायिक वनमा एक हजार ३ सय ७५वटा बोटविरुवा रोपिएको ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेश घर्ति मगरले जानकारी दिए । ज्योतिमा ४८४ र सितल छायाँ ४४५ र सृष्टिमा ४४६ वटा बोटविरुवा रोपिएको उनले बताए । लिची, अनार, कागती, केरा, आँप, ड्राइगन प्रजातिका बोटविरुवा रोपिएको हो । रोपिएको बोटविरुवाको संरक्षण र समन्वयको दायित्व ज्योति सामुदायिक वनले लिएको छ ।

भूसंरक्षण तथा जलाधार कार्यालय दाङ र डिभिजन वन कार्यालय बाँकेको आर्थिक सहयोगमा तालतलैयाको संरक्षण, सम्वद्र्धन तथा प्रबद्र्धन गर्ने उद्देश्यले बृक्षारोपणसँगै पोखरी निर्माण र तटबन्धन निर्माण गर्न लागिएको वडा अध्यक्ष लालबहादुर रानाले जानकारी दिए । उनका अनुसार तालतलैया तथा सामुदायिक वनको संरक्षण गर्ने उद्देश्यले करिव २२ लाखको लागतमा यो योजना सुरु भएको हो । सितलछायाँ सामुदायिक वनमा पर्ने डुडुवा खोलामा १२ लाखको लागतमा ५२ मिटर तटबन्धन निर्माण हुनेछ । यस्तै ज्योति सामुदायिक वनमा झण्डै हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरिँदैछ । पोखरी निर्माणपछि माछा पालनका रुपमा त्यसलाई उपयोग गर्ने तयारी वडाको छ । स्थानीयबासीको आयआर्जनमा पनि टेवा पुग्ने र पर्यटकीय गन्तव्यका रुपमा पनि विकास गर्ने उद्देश्य रहेको वडा अध्यक्ष रानाले बताए ।

जलाधार कार्यालयले पोखरी निर्माणका लागि ५ लाख सहयोग गरेको छ । जलाधार कार्यक्रमका प्रमुख शेषदत्त चौधरीले पोखरी, बोटविरुवा तथा तटबन्धनका लागि कार्यालयले चालू आर्थिक वर्षमा १९ लाख आर्थिक सहयोग गरेको जानकारी दिए । यसैगरी डिभिजन वन कार्यालयले पनि बोटविरुवा संरक्षणका लागि भनेर ३ लाख रुपैयाँ सहयोग गरेको कार्यालय प्रमुख अजित कर्णले बताए । कोहलपुर नगरपालिकालाई हरित नगर बनाउने र भएका तालतलैयाको संरक्षण गर्ने अभिप्रायका साथ विभिन्न तहबाट भइहेको सहयोग महत्वपूर्ण हुने नगर प्रमुख पूर्ण प्रसाद आचार्यको भनाई छ । ‘सकेसम्म यो क्षेत्रलाई हामीले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनामा छौं,' नगर प्रमुख आचार्यले भने–‘यहाँका तालतलैया तथा सामुदायिक वनलाई व्यवस्थित बनाउन सकियो भने कोहलपुर क्षेत्रबासीका लागि यो गतिलो सम्भावना हो ।’


प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP