नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारी र नरैनापुरमा मोबाइल नेटवर्कको समस्याले स्थानीयलाई समस्या
राप्तीसोनारी र नरैनापुरमा मोबाइल नेटवर्कको समस्याले स्थानीयलाई समस्या
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ३, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारी र नरैनापुरमा मोबाइल नेटवर्कको समस्याले स्थानीयलाई समस्या

नेपालगन्ज । नेपालकै सुगम भनेर चिनिने बाँके जिल्लाको केही गाउँपालिकामा अझै नेपाल टेलिकमको सेवा विस्तार हुन नसक्दा सेवाग्राहीलाई सास्ती हुँदै आएको छ ।

जिल्लाका राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पर्याप्त टावर नहुँदा मोबाइल र सो सम्बन्धि अन्य सेवा राम्ररी नचल्दा स्थानीयले सास्ती भोग्नु परेको स्थानीयहरु बताउँछन् ।

राप्तीसोनारी र नरैनापुरमा टेलिकमका थप १० वटा टावर राख्न टेलिकमसँग माग गरिएको छ  । टेलिकमको केन्द्रीय कार्यालयले यसअघि टेन्डर आह्वान गरेको १५० वटा टावरमध्ये १० वटा टावर राप्तीसोनारी र नरैनापुरमा जडान गर्न माग गरिएको छ ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसीले राप्तीसोनारीका ८ र नरैनापुरका ३ वटा वडामा नेपाल टेलिकमको टावर रहेको र त्यसबाट पर्याप्त नेटवर्क प्राप्त नभएकाले थप १० वटा टावर तत्काल जडानका लागि पहल गरिएको बताइन् ।

थप टावर जडानका लागि नेपाल टेलिकमको प्रदेश कार्यालय र केन्द्रीय कार्यालय दुवै स्थानमा माग गरिएको मन्त्री केसीले बताइन् । उता राप्तीसोनारी र नरैनापुरका धेरैजसो गाउँबस्तीमा टेलिकमको नेटवर्क नटिप्ने समस्या भएपछि टावर जडानका लागि पहल गरिदिन मन्त्रीलाई आग्रह गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले बताए ।

विशेषगरी कोहलपुर नगरपालिकाको चप्परगौडीदेखि दाङको सिमाना शिव खोलासम्मको करिब ७०  किलोमिटर दूरीमा टेलिफोन टावरको बढी समस्या छ । उक्त क्षेत्रलाई समेट्ने गरी टावरको माग गरिएको राप्तीसोनारीका अध्यक्ष तप्त पौडेलले बताए ।

राप्तीसोनारी र नरैनापुरमा रहेको टेलिकम टावरको रेन्ज कम भएकाले ती टावरको स्तरोन्नति गरी रेन्ज बढाउन पनि माग गरिएको अध्यक्ष पौडेलको भनाई छ । नरैनापुरको सीमावर्ती क्षेत्रहरूमा टेलिकमको नेटवर्कले काम नगर्दा स्थानीयहरुले नेपाली सिमको प्रयोग गरेपनि सहजताका लागि भारतीय मोबाइलको समेत प्रयोग गर्दै आइरहेको नरैनापुरका लेखा अधिकृत भरत बस्नेतले बताए । 


प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP