prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • दोस्रो हिमालयन साइन्स फेस्टिवलमा त्रिभुवन मावि पहिलो
दोस्रो हिमालयन साइन्स फेस्टिवलमा त्रिभुवन मावि पहिलो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ३, २०७९ बागेश्वरी पोस्ट
दोस्रो हिमालयन साइन्स फेस्टिवलमा त्रिभुवन मावि पहिलो

नेपालगञ्ज । विज्ञान र प्रविधिको विकासको निम्ति विद्यालयस्तरबाटै वातावरणको निर्माण गर्न सन्देश दिँदै दोस्रो हिमालयन साइन्स फेस्टिवल नेपालगञ्जमा सम्पन्न भएको छ ।

paribartan 1

विद्यार्थीहरुले आविष्कार गरेका नयाँ खोजहरुलाई प्रोत्साहन गर्दै सकिएको फेस्टिवलले नेपालमा विज्ञान र प्रविधिको विकासका बारेमा नयाँ वहसको सुरुवात गरेको छ । आयोजक हिमालयन साइन्स फाउण्डेशनका अध्यक्ष एवम् फेस्टिवल संयोजक आतंक बस्नेतले उत्साहजनक रुपमा फेस्टिवलको दोस्रो संस्करण सकिएको बताए । उनले भने, "हामी निकै खुसी छौं । विज्ञान र प्रविधिको क्षेत्रमा नेपालगञ्जबाट नयाँ वहसको सुरुवात भएको छ । विद्यालयहरुको सहभागिता निकै उत्साहजनक रुपमा भयो । गत संस्करणको तुलनामा प्रोजेक्टहरु पनि उत्कृष्ट आए । यसले विद्यार्थीहरुमा नयाँ खोज, अनुसन्धान गर्ने बानीको विकास भएको छ । र, अनुसन्धानमा लागेका विद्यार्थीलाई आफ्नो प्रोजेक्ट देखाउने फेस्टिवल उत्कृष्ट माध्यम बनेको छ ।" फेस्टिवल आयोजनामा सहयोग गर्ने निर्णायक, प्रायोजक, मिडिया, सहभागी विद्यालय, प्याब्सन बाँके र नेपालगञ्ज नगर कार्यसमितिलाई विशेष आभार प्रकट गरेको फेस्टिवल संयोजक बस्नेतले बताए । 

नेपालगञ्ज रंगशालामा फेस्टिवल समापनको अवसरमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गर्दै फेस्टिवल समापन भएको थियो । फेस्टिवलमा कोहलपुरको त्रिभुवन नमुना माध्यमिक विद्यालय पहिलो, नेपालगञ्जको धम्बोझी माध्यमिक विद्यालय दोस्रो र कोहलपुरको बिभिएम सेकेन्डरी स्कुलका विद्यार्थीले बनाएको प्रोजेक्ट तेस्रो भयो । फेस्टिवलमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः ३० हजार, २५ हजार र २० हजार रुपैयाँ प्राप्त गरे । फेस्टिवलमा गोरखा युनाइटेड कोहलपुर, खजुराको ज्ञानोदय नमुना माध्यमिक विद्यालय, नेपालगञ्ज टेक्निकल कलेज र नेपालगञ्जको युनाइटेड एजुकेशनल एकेडेमीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । सान्त्वना स्वरुप पुरस्कार पाएका विद्यालयलाई जनही ६ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो । 

समापन समारोहका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले हिमालयन साइन्स फेस्टिवल विद्यार्थीको खोज र अनुसन्धानलाई प्रोत्साहन गर्ने एउटा उत्कृष्ट कार्यक्रम भएको बताए । उनले भने, ‘विद्यार्थीलाई लक्षित गरेर यो फेस्टिवल आयोजना गरिएको रहेछ । एकदमै खुसी लाग्यो । यसले विद्यार्थीलाई विज्ञान र प्रविधिसँग नजिक गराउँछ । उनीहरुको प्रतिभा, जिज्ञासा र अनुसन्धानमूलक कामलाई प्रोत्साहन गर्छ । विद्यार्थीको व्यवहारिक ज्ञानलाई प्रयोगात्मकतर्फ जोड्ने काम फेस्टिवलले गरेको छ । यो एकदमै फलदायी कुरा हो ।’ 

फेस्टिवलमा विश्वको प्रख्यात ब्रान्ड अमेरिकन कम्पनी एप्पलका पूर्व सफ्टवेयर आर्किटेक्ट विजय गौतम र नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीको (नास्ट) सिनियर साइनटिस्ट डा.टिस्टा प्रसाई जोशीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । फेस्टिवलका विजेता र सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरुलाई कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले पुरस्कृत गरे । फेस्टिवलको समापन अवसरमा मेयर आचार्यसँगै प्याब्सन बाँके अध्यक्ष यम रावत, नेपालगञ्ज उपमहानगर अध्यक्ष विकास बज्राचार्य, सचिव मान बहादुर थापा, एम्बिसन गुरुका जनरल म्यानेजर दिनेश कार्की, विज्ञान शिक्षक समाज लुम्बिनी प्रदेश संयोजक यमनाथ पौडेलले विजेता विद्यार्थीलाई पुरस्कृत गरेका थिए ।

फेस्टिवलको तेस्रो संस्करण अब पोखरामा गर्ने तयारी गरेको संयोजक बस्नेतले बताए । हिजोदेखि सुरु भएको फेस्टिवलको उद्घाटन नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् । फेस्टिवलमा विद्यालय स्तरका विद्यार्थीले आविष्कार गरेका विभिन्न ३५ प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो । कक्षा ८ देखि १२ सम्मका सरकारी र निजी विद्यालयका विद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका ‘फोटोटाईप’ प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो । फेस्टिवलमा विभिन्न ९ विधामा विद्यार्थीले प्रोजेक्टहरु प्रर्दशनीमा राखिएको थियो । फेस्टिवललाई वालाबिज एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ भने प्याब्सन बाँके, प्याब्सन नेपालगन्ज र विज्ञान शिक्षक समाज नेपालले सहयोग गरेको छ । 


प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP