Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेका ग्यास उद्योगमा ठुलो मात्रामा म्याद सकिएका ग्यास सिलिण्डर फेला परे
बाँकेका ग्यास उद्योगमा ठुलो मात्रामा म्याद सकिएका ग्यास सिलिण्डर फेला परे
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन ६, २०७९ बागेश्वरी पोस्ट
बाँकेका ग्यास उद्योगमा ठुलो मात्रामा म्याद सकिएका ग्यास सिलिण्डर फेला परे

नेपालगन्ज । संयुक्त बजार अनुगमन समितिले बाँकेका दुई ठुला ग्यास उद्योगमा गरेको अनुगमनबाट ठुलो मात्रामा म्याद सकिएका ग्यास सिलिण्डर फेला पारेको छ । 

अनुगमन समितिले शुक्रबार जिल्लाको मनकामना ग्यास उद्योग र भेरी ग्यास उद्योगमा अनुगमन गरेर प्रयोगमा ल्याउन नसकिने अवस्थाका धेरै संख्यामा ग्यास सिलिण्डर फेला पारेको हो । 

अनुगमनले बाँकेमा पनि दुर्घटना निम्त्यिाउन सक्ने अवस्थाका धेरै संख्याका ग्यास सिलिण्डर बजारमा छ्याप छ्याप्ती रहेको हुन सक्ने आशंका उत्पन्न गरेको छ । 

समितिले मनकामना ग्यास उद्योगबाट म्याद समाप्त भएका, लिकेज, बिग्रेका, कुच्चिएका, जोखिमयुक्त रहेका र तत्काल म्याद सकिन लागेका ग्यास सिलिण्डर फेला परेको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकृत देवीलाल चौलागाईले जानकारी दिए । 

उहाँका अनुसार मनकामना ग्यास उद्योगमा म्याद समाप्त भएका १ सय ६० ग्यास सिलिन्डर, लिकेज, बिग्रेका, कुच्चिएका, जोखिमयुक्त ५० र तत्काल म्याद सकिन लागेका करिब ५० वटा ग्यास सिलिन्डर गरि जम्मा २ सय १० ग्यास सिलिन्डरलाई बिक्री वितरण नगर्न निर्देशन दिएको छ ।  

साथै मनकामनामा लिकेज जाँच गर्ने मेसिनको प्रयोग नै नगरी ग्यास सिलिण्डर बजारमा पठाउने गरेकोले ग्यास लिकेज टेष्टिङ्ग मेशिनलाई यथाशीघ्र प्रयोगमा ल्याउन समेत निर्देशन दिएको छ ।

यस्तै भेरी ग्यास उद्योगमा रहेका म्याद सकिएका करिब ३ हजार ग्यास सिलिन्डर, लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब २ हजार ५ सय वटा ग्यास सिलिन्डर र म्याद सकिन लागेका २ सय वटा ग्यास सिलिन्डरलाई बिक्री वितरण नगर्न निर्देशन दिएको अनुगमनमा सहभागी उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकृत चौलागाईले जानकारी दिए । कार्यालयले व्यवसायी जिम्मेवार बन्नुनका साथै उपभोक्ता सचेत बन्न आग्रह समेत गरेको छ ।


प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP