prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अतिक्रमण गरी राप्ती सोनारीको झगडिया गाउँ नजिक बनाइएका ५५ घर भत्काइए
अतिक्रमण गरी राप्ती सोनारीको झगडिया गाउँ नजिक बनाइएका ५५ घर भत्काइए
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १३, २०७९ बागेश्वरी पोस्ट
अतिक्रमण गरी राप्ती सोनारीको झगडिया गाउँ नजिक बनाइएका ५५ घर भत्काइए

नेपालगन्ज । सरकारी वन अतिक्रमण गरी बनाइएका  बाँकेका ५५ वटा  घरहरु  भत्काइएका छन्  । जिल्ला वन कार्यालय बाँकेले  राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ स्थित झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घरटहरा भत्काएको सहायक वन अधिकृत गणेश खड्काले जानकारी दिएका छन् ।

सर्वदलीय बैठकको निर्णय अनुसार १० दिने सूचना जारी गरेर ती घर टहरा भत्काएको उल्लेख गर्दै उनले राप्ती नदी पूर्व पर्ने हुलाकी सडक छेउको धेरैजसो सरकारी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको  उनले बताए ।

जिल्लाको कोहलपुर सबडिभिजन वन कार्यालय अन्तर्गतको कोहलपुर ८ स्थित शीतलछाँया सामुदायिक वन, कोहलपुर ७ स्थित आस्था सामुदायिक वन, कोहलपुरको विन्ध्यवासिनी सामुदायिक वन, बागेश्वरी सामुदायिक वन, ज्योति सामुदायिक वन र वैजनाथ गाउँपालिकाको खैरेनी सामुदायिक वन, प्रगतिशील सामुदायिक वनमा अतिक्रमण गरी २० घर टहरा निर्माण भएको थियो ।

सो अतिक्रमण विसं २०५८ देखिको भएको बताइएको छ । सिक्टा सबडिभिजन वन कार्यालयअन्तर्गत राप्ती सोनारी गाउँपालिकाको वडा नं १, ३, ४ स्थित रामजानकी, बागेश्वरी, लामीडाँडा, गाइलेख, सुनधारा सामुदायिक वनको जग्गा अतिक्रमण भएको छ । सो अतिक्रमण हटाइएको र पुनः बसेकाले हटाइएको छ । त्यहाँ अतिक्रमण भएको वन करिब ४२ हेक्टर छ ।

नरैनापुर सबडिभिजन वन कार्यालय अन्तर्गत वडा नं १, २, ३, ४, ५, ६ का किसान, झरनिका, गाजी, शान्ति, समिर, सदाबहार लगायत नामका सामुदायिक वनको करिब १७५ हेक्टर क्षेत्रफलको वन अतिक्रमण भएको जिल्ला वन कार्यालय बाँकेले बताएको छ ।

नेपालगञ्ज सबडिभिजन वन कार्यालय अन्तर्गत डुडुवास्थित हजरत, झोरा, वभनपूर्वा सामुदायिक वनको करीब ३२ हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको बताइएको छ । राप्ती सव डिभिजन वन कार्यालयअन्तर्गत समयभवानी, सुनखोली, सिद्धेश्वरी, कर्णेराज, राप्तीपीडित, भगवती, कुशुमिया, सिद्धबाबालगायत सामुदायिक वनको करिब १९० हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ ।

शम्शेरगञ्ज सबडिभिजन वन कार्यालय अन्तर्गत हरियाली, जनकल्याण, हरलाफाटा, सिद्धसाई कुमारी, दुर्गा भवानी, जनमुखी, कोटहीदेवी, मधु सामुदायिक वनको करीब ३० हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको बताइएको छ । वर्षौंदेखि अतिक्रमण भए पनि स्थानीयस्तरमा राजनीतिक सहमति कायम नहुँदा अतिक्रमण हटाउन नसकिएको जिल्ला वन कार्यालयले बताएको छ । 

 


प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ०९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP