prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जको विपत 'व्यवसायिक निरन्तरता योजना' तयार, कार्यान्वयनमा लगिँदै
नेपालगञ्जको विपत 'व्यवसायिक निरन्तरता योजना' तयार, कार्यान्वयनमा लगिँदै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन १४, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जको विपत 'व्यवसायिक निरन्तरता योजना' तयार, कार्यान्वयनमा लगिँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसायिक निरन्तरता योजना तयार भएको छ । विपतको समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि नेपालगञ्ज उपमहानगरपालिकाको योजना बनाइएको हो ।

paribartan 1

योजना बनाउन निरन्तर कार्यशाला आयोजना गरेर घनीभूत छलफल गरिएको थियो । योजना तयार भएसंगै अब कार्यान्वयनको दिशामा अघि बढेको छ । तयार पारिएको योजनाको आज परिक्षण अभ्यास गरिएको छ । यो योजनालाई अब यही साताभित्र नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरेर कार्यान्वयनको चरणमा लैजाने तयारी छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी, सिडिएमको सहभागितामा र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत बनाइएको योजनाको आज परिक्षण अभ्यास गरिएको हो । सुपर परियोजना नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र ७ मा सञ्चालित छ ।

विपतको समय र अन्य अवरोधहरुमा प्रशासनलाई उत्थानशील बनाई निरन्तरताका लागि रणनैतिक गतिविधि कार्यान्वयन सहितको योजना तयार गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । परिक्षण अभ्यास कार्यक्रममा सुपर प्रोजेक्टका परामर्शदाता दिनेशचन्द्र जोशीले विपत व्यवस्थापन सम्बन्धमा तयार पारिएको व्यवसायिक निरन्तरता योजनाको विषयमा जानकारी गराएका थिए । सहभागीहरुलाई विभिन्न समूहमा विभाजन गरेर गरिएको परिक्षण अभ्यासबाट प्राप्त सुझाबलाई समेटेर योजना कार्यान्वयन गरिनेछ । त्यसक्रममा विपतका बेला आवश्यकीय सेवा निरन्तरताका लािग विभिन्न संयन्त्र बनाई कसरी काम गर्न सकिन्छ भन्ने विषयमा समूहगत अभ्यास पनि गरिएको थियो ।

No description available.

यो योजना बनाउनुको उद्देश्य जोखिम न्यूनीकरणका क्रियाकलाप अबलम्बन गरी पालिकाका कर्मचारीहरुको सुरक्षा र विपतबाट हुने कार्यालय सञ्चालनका लागि आवश्यक स्रोत साधनको हानी नोक्सानी न्यूनीकरण गर्नु रहेको जोशीले बताए । यस्तै यसबाट सुव्यवस्थित ढंगले महत्पूर्ण प्रक्रियाहरु र सेवाहरुको निरन्तरता सुनिश्चित राख्नका लागि उपयुक्त कार्यहरु छनौट गरी मार्गदर्शन गर्नु, समयमै प्रतिकार्य, पुनर्लाभ तथा पुनर्निमाणका कार्यहरु गर्ने र सेवा प्रवाहलाई निरन्तरता दिने लगायतका कार्यमा सहजता पुग्ने बताइएको छ ।

त्यसक्रममा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले व्यवसायिक निरन्तरता योजनाले विपतको समयमा पनि सेवा सुचारु गर्न सहजता हुने विश्वास व्यक्त गरे । विष्टले नेपालगञ्ज विपतको जोखिममा रहेकाले यसखाले योजनाले पूर्व अभ्याससंगै प्रतिकार्य गर्न सहयोग पुग्ने उल्लेख गरे । योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिका प्रतिबद्ध रहेको उनको भनाई छ । नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख डाँगीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

वातावरण तथा विपत समिति संयोजक समिरप्रताप सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्जका नगर प्रमुख विष्ट, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धनसिंह सम्झना, विभिन्न विषयगत समिति संयोजक, शाखाका प्रमुख र अन्य सरोकारवालाको उपस्थिति रहेको सुपर प्रोजेक्टका शिव सुवेदीले बताए ।

फोटोफिचर

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

 


प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP