prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेताको आडमा हेटौंडामा ड्युटीका प्रहरी कुट्नेलाई एसपी बामदेव गौतमले कारबाही नगरी छोडे
नेताको आडमा हेटौंडामा ड्युटीका प्रहरी कुट्नेलाई एसपी बामदेव गौतमले कारबाही नगरी छोडे
banijya office
बागेश्वरी पोस्ट
सोमबार, फागुन १५, २०७९ बागेश्वरी पोस्ट
नेताको आडमा हेटौंडामा ड्युटीका प्रहरी कुट्नेलाई एसपी बामदेव गौतमले कारबाही नगरी छोडे

नेपालगन्ज । राजनीतिक शक्तिको आडमा ड्युटीमा खटिएका प्रहरीलाई कुटे पनि केही हुँदैन भन्ने उदाहरण हेटौंडामा देखिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सामान्य विवाद र प्रहरीसँग आँखा जुधाएर कुरा गरेको भरमा नियन्त्रणमा राखेर कारबाही गरेको र मुद्दासम्म चलाएको थुप्रै उदाहरण छन् ।

nepalgunj 081-082

सामान्य नागरिकलाई चाहिने भन्दा बढी दुःख दिने र कारबाहीको दायरामा ल्याउन खोज्ने मामिलामा मकवानपुर प्रहरी अलि अगाडि छ भन्दा फरक पर्दैन । तर, राजनीतिक पहुँच र शक्तिको आडमा ड्युटीमै खटिएका प्रहरीलाई रगत निस्किने गरी कुट्दा समेत केही गर्न नसक्ने अवस्थामा प्रहरी पुग्दो रहेछ भन्ने गतिलो उदाहरण हेटौंडामा देखिएको छ ।

घटना शनिबार रातिको हो । शनिबार राति हेटौंडा १८ जलारी भन्ने स्थानमा मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दियो । साइकल चालक घाइते भए । दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी चौकी ठूलोदमारका प्रहरी हवल्दार देवीप्रसाद देवकोटा सहितको प्रहरी टोली दुर्घटनास्थलमा पुग्यो ।

ठक्कर दिने चालक र मोटरसाइकल स्थानीयले लुकाएपछि प्रहरीले खोजतलास गर्न थाल्यो । घटनाबारे थप बुझ्न खोज्दा मादक पदार्थ सेवन गरेका स्थानीय जितबहादुर आधिकारी ड्युटीमा खटिएका प्रहरीमाथि जाइलागे । अधिकारी र उनको समूहले हवल्दार देवकोटामाथि आक्रमण गरे । आक्रमणबाट हवल्दार देवकोटा घाइते भए । उनको मुखमा चोट लागेको छ ।

प्रहरीलाई आक्रमण गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा भएका उनले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको भान्जा हुँ, एक घन्टामा छुट्छु भन्दै चुनौती दिए । प्रहरी कुट्ने जितबहादुरलाई जिल्ला प्रहरी कार्यालयमा पुर्याइयो, त्यतिबेला रातको ११ बजिसकेको थियो । मुख्यमन्त्रीको भान्जा बताउने अधिकारीको हेटौंडा अस्पतालमा चेकजाँच हुँदा उनले मापसे गरेको पुष्टि भयो ।

उनलाई छुटाउन हेटौंडा १८ का वडाध्यक्ष अनिल बानियाँ राति नै जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उनले प्रहरी कुट्ने अधिकारीलाई तत्कालै छुटाउन निकै जोडबल गरेका थिए । तर, रात अबेर भैसकेकाले अधिकारीलाई प्रहरीले हिरासतमै राख्यो ।

आइतबार सबेरैदेखि उनलाई छुटाउन वडाध्यक्ष बानियाँ जिल्ला प्रहरी परिसरमै धर्ना दिएर बसे र चौतर्फी दवाब थेग्न नसकेपछि आफ्नै प्रहरी हवल्दार कुटेका जितबहादुर अधिकारीलाई एसपी बामदेव गौतमले छाडिदिए ।

मकवानपुर प्रहरी प्रमुख एसपी बामदेवले भने आफूलाई कतैबाट दवाब नआएको बताउँछन् । 'प्रहरीसँगको यस्ता घटना दैनिक सामान्य जस्तै हो, खासै ठूलो घटना हैन, कतैबाट दबाब आएर छाडिएको हैन', उनले बताए ।

तर, प्रहरी प्रमुख गौतमले यस्तो प्रतिक्रिया दिए पनि प्रहरीका लागि भने यो सामान्य घटना थिएन । सामान्य विवादमा आम नागरिकलाई नियन्त्रणमा लिएर हिरासतमा राख्ने प्रहरीले ड्युटीमा खटिएका आफ्नो हवल्दारलाई रक्ताम्य हुने गरी आक्रमण गर्नेलाई सामान्य कारबाहीसमेत नगरी छोडेको छ ।

जितबहादुरले घटनास्थलमा प्रहरीलाई दिएको चुनौती २४ घण्टा पुग्न नपाउँदै पूरा भएको छ । उनले मुख्यमन्त्री जमकट्टेलको भान्जा हुँ भनेका थिए । नभन्दै प्रहरीले उनलाई २४ घण्टा नहुँदै केही नगरी छाडेको छ ।

स्रोतका अनुसार प्रहरीमाथि आक्रमण गर्ने युवा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको मितेरी साइनो रहेको बुझिएको छ । उनलाई नियन्त्रममा लिएदेखि छोड्नको लागि प्रहरीलाई चौतर्फी दवाब आएको थियो । यसरी यो घटनाले राजनीतिक आड र शक्ति चल्नेको जे पनि चल्छ भन्ने गतिलो उदाहरण छर्लङ्ग बनाएको छ ।

ड्युटीमा खटिएका प्रहरीमाथि नै आक्रमण हुँदासमेत प्रहरी प्रशासन निरीह बनेको छ । यस घटनाले राजनीतिक शक्ति पुगे जे पनि हुने रहेछ भन्ने आम नागरिकमा नराम्रो छाप पारेको छ । प्रहरी प्रशासनको तल्लो दर्जाका कर्मचारीको मनोबल भने गिराएको छ । हाम्राकुराबाट

 


प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ०८:५०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP