नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कर्णाली डिष्टिलरीबाट निस्किने फोहरका कारण स्थानीयलाई सास्ती
कर्णाली डिष्टिलरीबाट निस्किने फोहरका कारण स्थानीयलाई सास्ती
बागेश्वरी पोस्ट
सोमबार, फागुन १५, २०७९ बागेश्वरी पोस्ट
कर्णाली डिष्टिलरीबाट निस्किने फोहरका कारण स्थानीयलाई सास्ती

रबिन्द्र घिमिरे/जानकी (बाँके) । बाँकेको जानकी गाउँपालिका वडा नं ४ मा सञ्चालित कर्णाली डिष्टिलरी प्रालिबाट निस्कने फोहरको प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानव जीवनमा प्रतिकूल असर पारेको छ । 

स्थानीय किसानले लगाएको कृषि बालीलाई क्षति गरेको छ भने त्यस आसपासका नागरिकलाई त्यसबाट निस्कने फोहरको दुर्गन्धले स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुर्याएको छ । मदिरा उद्योगबाट निस्कने फोहरलाई सिधै किरण नालामा खसाउँदा वातावरण नै प्रदुषित बनेको छ ।

No description available.

कर्णाली डिष्टिलरीबाट निस्किने तरल पदार्थ व्यवस्थापन गर्नका लागि जानकी गाउँपालिकामा रहेको किरण नालामा सिधै खसाउने गरेको पाइएको छ । डिष्टिलरीको क्यानल सिधा आएर किरण नालामा लिकं छ । स्थानीयहरु डिष्टिलरीबाट निस्किने दुर्गन्ध र प्रदुषित पानीले निकै समस्या पारेको बताउँछन् । किरण नालामा बगाएको फोहोर पानी पशुहहरुले खाँदा पशुहरुमा रोग लाग्ने, विरामी पर्ने गरेको साथै खेतबारीमा लगाएको कुनै पनि अन्नवाली नहुने गरेको खजुरा गाउँपालिका ४ का तिलकबिर सुनार बताउँछन् ।

रक्सी फयाक्र्टीबाट निस्केको गन्धले टाउको दुख्ने स्थानीयहरु बताउँछन् । जानकी गाउँपालिका वडा नम्बर ४ खजुराखुर्दकी सुनिता मिश्र गाउँपालिकाले समेत यसमा केही पहल नगरेको आरोप लगाउँछिन् । खजुरा गाउँपालिका क्षेत्रभित्र पर्ने सैनिक, के गाउँ, ए गाउँ, सितापुर, राधापुर गाउँमा समेत क्षति पुर्याएको स्थानीयहरु बताउँछन् । 

स्थानीय जनताहरुको गुनासो आएपछि कर्णाली डिष्टिलरीमा अनुगमन र निरिक्षणमा गएको समयमा जनताले भनेजस्तै समस्या देखिएको जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव बताउँछिन् । उपाध्यक्ष यादवले कर्णाली डिष्टिलरीका प्रबन्धकले आउने दिनमा डिष्टलरीबाट निस्कने फोहरलाई राम्रोसँग व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइन् । व्यवस्थित नगरेको पाइएमा स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए वमोजिम कानुनी प्रक्रिया अगाडि बढाइने समेत उपाध्यक्ष यादव बताउँछिन् ।

No description available.

पालिकाबाट उपाध्यक्ष रामप्यारी यादवको नेतृत्वमा गएको अनुगमन टोलीसँग गएका पत्रकारहरुले जनगुनासोको बारेमा केही धारणा राखिदिन आग्रह गर्दा पनि कर्णाली डिष्टिलरीका प्रबन्धक लेखेन्द्र पाण्डे भने बोल्नै चाहेनन् । स्थानीय सरकार नै अनुगमनमा उपस्थित भएका बेला  कर्णाली डिष्टिलरीका प्रबन्धक लेखेन्द्र पाण्डेले पत्रकारलाई समेत भिडियो खिच्न आधिकारिक पत्र चाहियो भन्दै अवरोध समेत गरेका थिए ।


प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP