Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकाद्वारा 'जनतासँग मेयर' कार्यक्रम सुरु
कोहलपुर नगरपालिकाद्वारा 'जनतासँग मेयर' कार्यक्रम सुरु
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १६, २०७९ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाद्वारा 'जनतासँग मेयर' कार्यक्रम सुरु

कोहलपुर । कोहलपुर नगरपालिकाले 'जनतासँग मेयर' कार्यक्रम सुरु गरेको छ । कोहलपुर नगरपालिकाका १५ वटा वडा मध्ये सबैभन्दा पिछडिएको वडा नम्बर ७ बाट 'जनतासँग मेयर' कार्यक्रम सुरु गरिएको हो ।

कोहलपुर नगरबासीको समस्या, गुनासो तथा सुझाव सुन्ने र त्यसलाई सम्बोधन गर्ने सवालमा भइरहेका पहल र प्रयासबारे जानकारी गराउने उद्देश्यले 'जनतासँग मेयर' कार्यक्रम सुरु गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए । उनले आफूहरुको ध्यान कोहलपुर नगरपालिकाको सन्तुलित विकासमा केन्द्रित रहेको पनि स्पष्ट पारे । त्यसका लागि जनताका समस्या, गुनासा र सुझाव सुन्न जनताकै माझ जान जरुरी रहेकाले जनतासँग मेयर कार्यक्रम सुरु गरिएको नगर प्रमुख आचार्यको भनाई छ ।

"कोहलपुर नगरपालिकालाई समृद्ध नगर बनाउने अभियानमा छौं," उनले भने-"त्यसका लागि कुनै एउटा वडा विकसित भएर हुँदैन । त्यसैले सबै वडालाई विकसित बनाउने गरी योजना बनाइएको छ ।" एउटा वडा समृद्ध हुँदा अर्को वडा कर्णाली जस्तै दुर्गम हुन नहुनेमा आफू सचेत रहेको पनि उनले स्पष्ट पारेका छन् । 'जनतासँग मेयर' कार्यक्रम क्रमशः सबै वडामा हुने पनि उनले जानकारी दिए ।

No description available.

कोहलपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठग्गा थारुको सभापतित्वमा भएको 'जनतासँग मेयर' कार्यक्रममा वडाका जनप्रतिनिधि, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, स्थानीयबासी, बिद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता लगायतमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

त्यसक्रममा स्थानीयबासीहरुले नगरपालिकाले प्रबाह गरेका सेवाहरु, आफ्नो टोल तथा वडाको विकासमा भइरहेका पहलकदमी, स्थानीयबासीले झेल्नुपरेका बाटोघाटो, नाला, ढल तथा शिक्षा, स्वास्थ्य लगायतका विभिन्न समस्याबारे जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएको कोहलपुर नगरपालिकाका प्रवक्ता नमबहादुर आलेले जानकारी दिए ।  


प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  २१:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP