prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'आर्थिक विकास रणनीति' कार्यान्वयनमा ल्याउँदै नेपालगञ्ज उपमहानगरपालिका
'आर्थिक विकास रणनीति' कार्यान्वयनमा ल्याउँदै नेपालगञ्ज उपमहानगरपालिका
RSG-2
मस्यौदामाथि गरियो अन्तिम छलफल
बागेश्वरी पोस्ट
बुधबार, फागुन १७, २०७९ बागेश्वरी पोस्ट
'आर्थिक विकास रणनीति' कार्यान्वयनमा ल्याउँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले 'नेपालगञ्ज आर्थिक विकास रणनीति' मस्यौदा तयार गरेको छ । एक बर्ष लगाएर तयार पारिएको 'नेपालगञ्ज आर्थिक विकास रणनीति' मस्यौदामाथि आज छलफल गरिएको छ ।

paribartan 1

नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय सरोकारवालाले जिआइजेड/एलपेडको सहजीकरणमा तयार गरेको मस्यौदामाथि आज अन्तिम छलफल गरिएको हो । विभिन्न ६ वटा उपक्षेत्रहरुसहित तयार गरिएको मस्यौदामाथि ६ वटा कार्य समूह गठन गरेर छलफल गरिएको छ । स्थानीय सरोकारवालाहरु सबै एकै ठाउँमा संगै बसेर साझा खाका बनाई योजनाबद्धरुपमा काम गर्ने उद्देश्यले आर्थिक विकास रणनीतिलाई अन्तिम रुप दिन लागिएको हो ।

No description available.

व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यवसायिक शिक्षा, पर्यटन, कृषि लगायतका ६ वटा आर्थिक उपक्षेत्रीय पहिचान गरेर मस्यौदा तयार गरिएको जिआइजेड/एलपेडका परामर्शदाता डा.तेजहरि घिमिरेले बताए । त्यस्तै विकासका प्राथमिकतामा स्थानीय आर्थिक सुशासन र प्रणालीगत क्षमतालाई अभिबृद्धि गर्ने, स्थानीय बस्तु तथा सेवाहरुको उपभोग र प्रबद्र्धनलाई बढावा दिने, व्यापार विस्तार र डिजिटलाइजेशन लगायतका विषयलाई समेटिएको घिमिरेले बताए ।

यसको कार्यान्वयनको लागि नगर प्रमुखको संयोजकत्वमा एउटा संयन्त्र बनाउने प्रस्ताब गरिएको छ । नगर प्रमुखको संयोजकत्वमा बाणिज्य संघ, सहकारी संघ, स्थानीय गैरसरकारी संस्था महासंघ, साना तथा घरेलु उद्योग महासंघ लगायत सदस्य रहने र सचिवालयको रुपमा उपमहानगरपालिकाको आर्थिक मशाशाखाले काम गर्ने प्रस्ताव गरिएको घिमिरेले जानकारी दिए । यस्तै नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत रहने गरी अनुगमन संयन्त्र बनाइनेछ ।

यो रणनीति वि.स.२०८० देखि २१०० सम्म २० बर्षका लागि लागि कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ । वि.सं. २१०० सम्ममा प्रतिव्यक्ति घरपरिवार आय अमेरिकी डलर २२ हजारसम्म पुर्याउने आकांक्षासहित स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको आर्थिक विकास रणनीति मस्यौदा तयार गरिएको छ । यस्तै हरित र सफा नगरका रुपमा विकास गर्ने लक्ष्य पनि छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले आर्थिक विकास रणनीतिले लगानी, उत्पादन र बजारीकरणका लागि उपयुक्त वातावरण बनाउन भूमिका खेल्ने बताए । यसबाट स्थानीय अर्थतन्त्रलाई बढावा दिने गरी उपयुक्त वातावरण बनाउन सहयोग पुग्ने भन्दै उनले स्थानीय साझेदारहरुलाई संगसंगै हिँडाउन पनि सहज हुने विश्वास व्यक्त गरे । रिजालले रणनीतिलाई कार्यान्वयनयोग्य र बोधगम्य बनाउने गरी मस्यौदामाथि छलफल गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एवम निवर्तमान नगर प्रमुख डा.धवलशमशेर राणाले उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य नेपालगञ्जको चार वटा पिलर भएको बताउँदै यी पिलरहरुको प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले नेपालगञ्ज उपमहानगरपालिका आफैं विकास गर्ने इन्जिन नभएर सहजीकरण गर्ने क्याटालिष्टको भूमिकामा रहने बताए । स्थानीय साझेदारहरुको सहयोग र सहकार्यमा मात्र रणनीतिक योजनाले मूर्तरुप लिने भन्दै उनले सबैको साझेदारीमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गरेका नगर प्रमुख प्रशान्त विष्टले २० बर्षको लागि तयार पारिएको आर्थिक विकास रणनीति नेपालगञ्जको आर्थिक विकासका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । सबैको साझा सरोकार र दायित्वले मात्रै रणनीतिक योजनाहरु कार्यान्वयन गर्न सहज हुने भन्दै उनले स्थानीय अर्थतन्त्रलाई प्रबद्र्धन गर्दै आयात प्रतिस्थापनको महात्वाकांक्षी लक्ष्यसहित आर्थिक विकास रणनीति तयार पारिएको बताए ।

कार्यक्रममा परियोजनाका बारेमा जिआइजेड/एलपेडका रामचन्द्र लामिछाने, एजेण्डा र उद्देश्यहरुबारे क्रिश्चियन सून, भविष्यको कार्यदिशाबारे टिम लिडर दिप्ती खकुरेलले प्रस्तुतिकरण गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण महिला विकास अधिकृत मञ्जु पाण्डेले गरेकी थिइन् ।

No description available.No description available.


प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP