Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • अफ्रिकाबाट साथी बोलाएर काठमाडौंमा यौन व्यवसायमा लगाउने युगान्डेली महिला पक्राउ
अफ्रिकाबाट साथी बोलाएर काठमाडौंमा यौन व्यवसायमा लगाउने युगान्डेली महिला पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १८, २०७९ बागेश्वरी पोस्ट
अफ्रिकाबाट साथी बोलाएर काठमाडौंमा यौन व्यवसायमा लगाउने युगान्डेली महिला पक्राउ

नेपालगन्ज । अफ्रिकी मुलुक युगान्डाकी महिलालाई काठमाडौं ल्याएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

मानव बेचबिखन अनुसन्धान ब्युरोले यौन व्यवसायमा लगाएको आरोपमा युगान्डाकै अर्की महिलालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए । 

नताशा भनिने एमाकुलेट नाबासुम्बालाई ब्युरोले पक्राउ गरेको हो । एसपी पंगेनीका अनुसार उनले एक जना युगान्डाकी महिलालाई पर्यटक भिसामा नेपाल बोलाएकी थिइन् । उनीहरू पुराना साथी हुन् । 

नेपालमा क्लिनर, वेट्रेस लगायतको काम गर्दा ५०० अमेरिकी डलर कमाइ हुने, हवाई टिकट, भिसा लगायतको खर्चसमेत कमाएर तिर्न सक्ने भनेर उनले ती महिलालाई काठमाडौं बोलाइन् । 

‘उनीहरू युगान्डाका पुरानै साथी हुन् । नजिककै साथीलाई नेपाल बोलाउन सजिलो हुने भएर उनलाई बोलाइएको थियो,’ एसपी पंगेनीले भने ।

नताशाले फकाएपछि पीडित महिला गत जनवरी २८ मा नेपाल आइपुगेकी थिइन् । नताशा भने २०२२ डिसेम्बर ८ मै आएर ठमेलस्थित होटल जर्नी होम प्रालिमा बस्न थालेकी थिइन् ।

नेपालमा झिकाएर उनले पीडितलाई आफू बस्दै गरेको होटलमा ल्याएर नेपाली तथा भारतीय मुलका व्यक्तिसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेको एसपी पंगेनीले बताए । 

उक्त काम नगरे परिवारलाई नै मार्ने धम्कीसमेत दिएको प्रहरीले जनाएको छ । यसरी दिनकै ५-७ जनासँग शारिरिक सम्पर्क गर्न लगाउने गरेको आरोप उनीमाथि छ ।

यसरी यौन व्यवसायमा लगाएपछि एक हप्तापछि पीडित बिरामी परेकी थिइन् । बिरामी परेपछि उनी होटलबाट निस्केर युगान्डा फर्किन भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पुगिन् । तर नताशाले उनको हवाई टिकट रद्द गरिदिइन् ।

टिकट रद्द गरेपछि पीडित मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेकी थिइन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम हदैसम्म कारबाही गरी पाउँ भन्दै जाहेरी दिएकी थिइन् । 

जाहेरी परेकै दिन प्रहरीले नताशालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।  उनीमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आरोपी व्यक्ति आफैं पनि यौन व्यवसायमा संलग्न रहेको र ग्राहकको व्यवस्था पनि आफैंले गर्दै आएको देखिएको छ । ग्राहक सम्पर्कमा नआएका बेला ठमेलका विभिन्न नाइट क्लबबाट ग्राहक खोजी गर्ने गरेको पाइएको एसपी पंगेनीले बताए । 

एक जना पीडित मात्रै प्रहरीको सम्पर्कमा आएको हुँदा अन्य महिलालाई पनि नेपाल झिकाएर यस व्यवसायमा लगाएको हुनसक्ने प्रहरीको अनुमान छ । 

पीडितलाई यौन व्यवसायमा लगाएर पाउने गरेको रकम पनि उनी आफैंले लिने गरेको पनि अनुसन्धानबाट देखिएको छ । उनले प्रतिव्यक्ति ४ देखि ५ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ ।

यसमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने प्रहरीको आशंका छ । होटलकै सञ्चालकको समेत संलग्नता छरछैन भन्नेबारे अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ । सेतोपाटीबाट


प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP