नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अन्तर्राष्ट्रिय महिला दिवसमा नरैनापुरमा कार्यक्रम
अन्तर्राष्ट्रिय महिला दिवसमा नरैनापुरमा कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन २४, २०७९ बागेश्वरी पोस्ट
अन्तर्राष्ट्रिय महिला दिवसमा नरैनापुरमा कार्यक्रम

नरैनापुर (बाँके) । ११३औं अन्तर्राष्ट्रिय महिला दिवस बाँकेको नरैनापुर गाँउपालिकामा विविध कार्यक्रम गरी मनाइएको छ । यसपटको नारी दिवस नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ मनाइएको छ ।

नरैनापुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले महिलाहरुका लागि ८ मार्च चाड–पर्वको रुपमा रहेको बताए । महिला दिवसकै दिन महिलाहरुले मुक्तिका लागि आन्दोलन सुरु गरेको स्मरण गराउँदै अध्यक्ष शाहले महिला नेतृत्वको पनि व्यापकरुपमा वृद्धि हुँदै गएको उल्लेख गरे । सांस्कृतिक तथा परम्परावादी सोच अनुरुप समाज पितृसत्तात्मक तथा पुरुषप्रधान भएकै कारण महिलाहरुमाथि शोषण भइरहेको उनको भनाई छ ।

अध्यक्ष शाहले विस्तारै–विस्तारै पितृसत्तात्मक तथा पुरुषप्रधान सोचमा सुधार हुँदै गएको अवस्थामा हरेक महिलाहरुले आफू कसरी समृद्ध हुने भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । हरेक महिलाले आफूसँग भएको ज्ञान, सीप र क्षमतालाई उजागर गर्दै श्रीमान तथा परिवारमाथि निर्भरता कम गराउँदै गएमा महिलाको स्थिति सुधार हुने उनको भनाई छ । नरैनापुर गाउँपालिका महिलाहरुको हक, अधिकारप्रति संविधानले दिएको अधिकारको रक्षामा प्रतिबद्ध रहेको शाहले बताए ।

परिवर्तन महिला सहकारी संस्थाका अध्यक्ष सुनिता खाँडले सांस्कृतिक, राजनैतिक, सामाजिक आर्थिक अधिकार महिलाहरुले प्राप्त गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिए पनि कानुनतः पैतृक सम्पत्तिमा समान अधिकार तथा सामाजिक आर्थिक र व्यवहारिक रुपमा समानता प्राप्त हुँदा मात्र लैंगिक समानता कायम हुने बताइन् । नरैनापुरको महिला बालबालिका शाखा प्रमुख कृष्णा चन्दले अन्तर्राष्ट्रिय महिला दिवस सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेका उपलब्धिहरु पहिचान गर्ने तथा गर्व गर्ने अवसर भएको बताइन् ।

नरैनापुर गाउँपालिका वडा नं ६ का महिला वडा सदस्य रिहाना मुकेरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, अतिथिहरुमा परिवर्तन सहकारी संस्थाका अध्यक्ष सुनिता खाँड, वडा नं २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं ३ का अध्यक्ष अजय मिश्रा, वडा नं ४ का अध्यक्ष मनोज शर्मा, महिला बालबालिका शाखा प्रमुख चन्द, सशस्त्र प्रहरी निरीक्षक नन्दकिशोर महतो, बरिष्ठ प्रहरी नायब निरीक्षक पुष्पराज जोशी लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन पम्फा परियारले गरेकी थिइन् ।


प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP