prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउन महायज्ञ
खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउन महायज्ञ
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन २४, २०७९ बागेश्वरी पोस्ट
खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउन महायज्ञ

खजुरा । बाँकेको खजुरालाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा श्रीमदभागवत ज्ञान महायज्ञ तथा संगीतमय कथा प्रवचन सुरु भएको छ । वडा नम्बर ३ मा रहेको लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा फागुन ३० गतेसम्म सञ्चालन हुने महायज्ञको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले उद्घाटन गरे । 

nepalgunj 081-082

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विकले आध्यात्मलाई सामाजिक रुपान्तरण गर्ने गरी गरिएको महायज्ञले विशेष अर्थ राख्ने बताए । उनले खजुरालाई धार्मिक पर्यटकीय स्थलका रुपमा स्थापित गर्न महायज्ञ सार्थक बन्ने विश्वास व्यक्त गरे । महायज्ञबाट निर्माण गर्ने भनिएको विशाल मुर्तीमा पालिकाको सहकार्य रहने प्रतिबद्धता पनि व्यक्त गरे । उनले लक्ष्मीनागरायण मन्दिरको प्रागंणबाट खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालदेखि खजुरा खानेपानी तथा सरसफाई आयोजना एवम् ज्ञानोदय मावि विद्यालयको परिकल्पना गरिएको बताउँदै लक्ष्मीनारायाण मन्दिरसँग खजुराबासीको विश्वास जोडिएको उल्लेख गरे ।

खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले खजुरा क्षेत्रमा खजुरावासीको योगदान उच्च रहेको बताउँदै खजुरावासीलाई धन्यवाद व्यक्त गरिन् । उनले महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्न पालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताइन् । महायज्ञ आयोजक मूल समिति संयोजक एवम् लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिव श्रेष्ठका अनुसार नयाँ पुस्तामा धर्मको प्रचार गर्न महायज्ञले सहयोग गर्ने बताए । महायज्ञबाट उठेको रकमबाट लक्ष्मीनारायण मन्दिर परिसरमा ६० फिट अग्लो संरचना निर्माण गरी उक्त संरचनामाथि विद्युतीय चक्रसहितको लक्ष्मी र नारायणको मुर्ती स्थापना गरिने श्रेष्ठले बताए । निर्माण पश्चात खजुरा आसपासका क्षेत्रबाट विद्युतीय चक्र र लक्ष्मीनारायणको मुर्ती देख्न सकिने उनले बताए । श्रेष्ठका अनुसार संरचना स्थापना गर्न करिब ४ करोड रकम लाग्ने छ भने निर्माण ३ वर्षदेखि ५ वर्षसम्म सम्पन्न हुनेछ । साथै लक्ष्मीनारायणको दर्शन गर्नका लागि माथि चढ्न संरचनाभित्र सिडी र लिफ्ट निर्माण गरिने उनले बताए । 

कार्यक्रममा महायज्ञका प्रमुख सल्लाहकार शरण कर्माचार्यले खजुरा र लक्ष्मीनारायण मन्दिरको इतिहास बताउँदै यस स्थानमा बस्ती बस्नु भन्दा पहिला पनि मानिसको बसाइँ रहेको प्रमाणहरु भेटिएको बताए । उनले लक्ष्मीनारायण मन्दिरको प्रागंणमा बसेर संकल्प गरेर हरेक कामहरु सफल भएको बताउँदै खजुरामा मानिसहरुको बस्ती भन्दा पहिलाका धेरै धार्मिक क्षेत्रहरु भएकाले खजुरालाई धार्मिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए । क्यान्सर अस्पतालका संकल्पकर्ता सन्त श्री दीनदयाल महाराजले खजुराबासीले आयोजना गर्ने हरेक कार्यक्रम सकारात्मक हुने बताए । उनले क्यान्सर अस्पतालले इतिहास रचेको उल्लेख गर्दै अहिले पनि खजुराबासीको संकल्प पूरा हुने बताए । 

आजै महायज्ञ उद्घाटन पूर्व पंचेबाजासहित भजनकिर्तन गर्दै १ सय ८ कलशसहित लक्ष्मीनारायण मन्दिरबाट कलश यात्रा सुरु गरिएको थियो । कलश यात्रा खजुरा बजार हुँदै एक नम्बर बजार, धनौली चौकी पुगेर पुनः मन्दिरमा फर्किएको थियो । यात्रामा ५ सय बढी खजुरावासीको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP