नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा ‘जनतासँग मेयर’ श्रृङ्खला-२, वडा नम्बर १५ मा सम्पन्न
कोहलपुरमा ‘जनतासँग मेयर’ श्रृङ्खला-२, वडा नम्बर १५ मा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २७, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरमा  ‘जनतासँग मेयर’ श्रृङ्खला-२, वडा नम्बर १५ मा सम्पन्न

कोहलपुर । कोहलपुर नगरपालिकाको जनता र जनप्रतिनिधिलाई जोड्ने कार्यक्रम ‘जनतासँग मेयर’को दोस्रो श्रृङ्खला पूरा भएको छ । कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेटेर जनताका समस्या, गुणासा र सुझाव सुन्न जनतासँग मेयर कार्यक्रम सुरु भएको हो । नगरपालिकाका पन्ध्र वटै वडामा चल्ने जनतासँग मेयर कार्यक्रमको दोस्रो श्रृङ्खला आज वडा नम्बर १५ मा गरिएको छ । 

स्थानीय राजनीतिक दल, समाजसेवी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, बुद्धिजिवी, टोल विकास संस्था, शिक्षक लगायतको उपस्थितिमा कार्यक्रम गरिएको कोहलपुर नगरपालिकाका प्रवक्ता नम बहादुर आलेले जानकारी दिए । त्यसक्रममा स्थानीयबासीहरुले विकास निर्माणका सवालमा स्थानीय सरकारले गरिरहेका कामहरुको बारेमा चासो राखेका थिए । उनीहरुले आफ्नो वडामा सडक निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सुधार ल्याउने गरी कार्यक्रम गर्न नगरपालिकालाई सुझाएका थिए । 

आफ्नो वडाका अधिकांश मानिसहरु कृषि कर्ममा रहेकाले उनीहरुलाई समेट्ने गरी नीतिगत व्यवस्था गर्न उनीहरुले माग गरेका थिए । स्थानीय दयाराम विकले कृषिमा अनुदान पहुँचवालाहरुले मात्रै पाउने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए । उनले बास्तविक किसानहरुलाई सहयोग पुग्ने खालका कार्यक्रम गर्न आग्रह गरे । यस्तै अर्का स्थानीय धर्मबहादुर बुढा क्षेत्रीले किसानले समयमै सहज मल तथा विउविजन पाउने व्यवस्था मिलाउन आग्रह गरे । उनले वडाबाटै मल तथा विउविजन वितरणको व्यवस्था मिलाएर किसानलाई सहज बनाउन आग्रह गरे । त्यस्तै अन्य स्थानीयबासीहरुले चौधरिया चोकदेखि ताराको घरसम्म जाने बाटो अलपत्र पारिएको विषयमा नगर प्रमुख पूर्णप्रसाद आचार्यको ध्यानाकर्षण गराएका थिए । 

स्थानीयबासीको उठाएका समस्याप्रति नगरपालिका गम्भीर रहेको नगर प्रमुख आचार्यले बताए । उनले कोहलपुर नगरपालिकालाई समृद्ध बनाउने गरी आफूहरु लागि परेको स्पष्ट पारे । कोहलपुर नगरमा सन्तुलित विकास गर्ने आफ्नो योजना भएकाले वडा नम्बर १५ लाई पनि समृद्ध बनाउनतर्फ आफू लागेको उनको भनाई थियो । ‘अन्य वडा भन्दा यो वडा विकासमा पछि पारिएको छ, उनले भने–‘वडा कार्यालयदेखि नगरपालिकासम्म पुग्ने बाटो कालोपत्रे हुनैपर्छ । अन्य बाटोहरुको पनि स्तर बृद्धि हुन्छ । कुनै वडा समृद्ध हुँदा कुनै वडामा समस्या नै समस्या भन्ने हुँदैन । सबै वडाको सन्तुलित विकास हुन्छ ।’ उनले ठेक्का लिएर समयमा निर्माणको काम पूरा नगर्ने ठेकेदारमाथि कारवाही हुने समेत चेतावनी दिए । उनले अबको पाँच वर्षभित्र कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालय छानामुक्त बनाउने नगरपालिकाको योजना रहेको पनि सुनाए । उनले आफ्नो गाउँटोलको विकासमा चासो राख्न स्थानीयबासीलाई समेत सुझाव दिए । 

वडा अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले प्रकाश पारेका थिए । कार्यक्रममा नगरपालिकाका आर्थिक विकास समिति संयोजक अनिता बुढा, नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वनाथ थारु लगायतले आ–आफ्नो धारणा राखेका थिए ।


प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP