prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रहलाद विश्वकर्माको नेतृत्वमा अवधि पत्रकार संघ बाँकेको नयाँ कार्यसमिति चयन
प्रहलाद विश्वकर्माको नेतृत्वमा अवधि पत्रकार संघ बाँकेको नयाँ कार्यसमिति चयन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २७, २०७९ बागेश्वरी पोस्ट
प्रहलाद विश्वकर्माको नेतृत्वमा अवधि  पत्रकार संघ बाँकेको नयाँ कार्यसमिति चयन

नेपालगञ्ज । अवधि पत्रकार संघ नेपाल बाँकेको १४औं वार्षिक साधारणसभा तथा जिल्ला अधिबेशन आज सकिएको छ । पर्यटकीय क्षेत्र बाँके डुडुवा ५ स्थित पार्कमा आयोजित सभाको उद्घाटन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अवध क्षेत्रको रुपमा रहेको लुम्विनी सरकारले अवधि भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा विशेष पहल गर्ने बताए । उनले अवध क्षेत्रको विकास त्यसमा पनि अवधि भाषी पत्रकारहरुको विकास, क्षमता अभिबृद्धि, महिला पत्रकारको सहभागिता र संघको संस्थागत विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गर्दै स्थानीयस्तरमा रहेका पर्यटकीय स्थलहरुको पहिचान र सम्बद्र्धनमा प्रदेश सरकारले पहल गर्ने बताए । 

nepalgunj 081-082

प्रदेश सांसद आदेश अग्रवालले अवधि भाषासंग प्रेम राख्ने व्यक्तिबाट मात्र अवधि कला संस्कृतिको विकास हुने भन्दै अवधिको विकासका लागि हामी सबै आफंैबाट जुटेर लाग्नुपर्नेमा जोड दिए । उनले आफूहरुले अवधि भाषामा सांसद पदको सपथ लिएको स्मरण गर्दै अवध क्षेत्रको विकासका लागि सबैको सहयोग र सहकार्यसंगै सरकारीस्तरबाट पहल गर्ने बताए ।  संघका सल्लाहकार वरिष्ठ पत्रकार विजय बर्माले अवध क्षेत्रको प्राचिन कालदेखिको सम्वन्ध रहेकोले यसको संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा सबै सरोकारवाला जुटनुपर्ने आग्रह गर्दै पछिल्लो समय अवधिलाई विभाजन गर्न खाजिएकाले अवधिको विकासका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । 

No description available.

अवधि पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले देशैभर अवधि भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको संघमा आबद्ध पत्रकारहरुको क्षमता विकाससंग महिला पत्रकारहरुको ठूलो चुनौती रहेकाले उनीहरुको विकासका लागि सरकार उदासिन भएको भन्दै अवधि पत्रकारहरु सक्रियसंगै एकजुट हुन आवश्यक रहेको बताए । उनले संघमार्फत अवधि भाषा, कला र संस्कृतिको विकासका लागि संचार क्षेत्रबाट उल्लेख्य भूमिका निर्वाह गरेकाले यो समुदायले पनि त्यत्तिकै सहयोग गर्नुपर्नेमा जोड दिए ।  नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश सदस्य आरिफ अन्सारीले अवधि भाषी पत्रकारहरुको विकास तथा सहभागिताका लागि महासंघले विशेष आरक्षण लगायतको व्यवस्था गरेको भन्दै अवधि पत्रकारहरुको सक्रियता र सहभागिता बृद्धि गर्नुपर्नेमा जोड दिए । 

अवधि पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सूर्यलाल यादवले अवधि भाषाको विकास र संरक्षणका लागि दुई दशक अघिको सपना साकार बनाउन संस्था स्थापना गरिएको भन्दै पछिल्लो समय अवधिको विकासमा सरकारले खासै ध्यान नदिएकोप्रति दुःख व्यक्त गरे ।  सभामा लुम्विनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादव र सांसद आदेश अग्रवाललाई सम्मान गरिएको थियो । त्यस अवसरमा अवधि पत्रकार संघ बाँकेका पूर्व जिल्ला अध्यक्षद्वय चन्दे्रश्वरराज त्रिपाठी र नन्दलाल साहुलाई सम्मान गरिएको थियो । सभामा संघका जग्गादाता माधवराम बर्मालाई पनि सम्मान गरिएको थियो । 

प्रहलाद विश्वकर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन

अवधि पत्रकार संघ बाँकेको आज सम्पन्न जिल्ला अधिबेशनले पत्रकार प्रहलाद विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विश्वकर्मा नेपालगन्जस्थित जि नेपाल फोरके टेलिभिजन र रेडक्रस पत्रिकामा आबद्ध छन् । 

संघको उपाध्यक्षमा सुनिता बर्मा, सचिवमा रमेशकुमार यादव, सहसचिवमा रुवी साई, कोषाध्यक्षमा असफाक संघर्ष चयन छन् । यसैगरी सदस्यहरुमा सलामत अली शेष, समिर सल्मानी, निलम शर्मा, प्रिति पटेल, सुजल त्रिपाठी, मो. सद्दाव राईनी चयन भएको निर्वाचन समितिका संयोजक अधिबक्ता विश्वजित तिवारीले बताए । 
 


प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP