prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बदनाम गराउन आफू विरुद्ध मुद्दा दायर गरिएको कमरुद्दिन राईको स्पष्टोक्ति
बदनाम गराउन आफू विरुद्ध मुद्दा दायर गरिएको कमरुद्दिन राईको स्पष्टोक्ति
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २, २०७९ बागेश्वरी पोस्ट
बदनाम गराउन आफू विरुद्ध मुद्दा दायर गरिएको कमरुद्दिन राईको स्पष्टोक्ति

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले आफ्नो बदनाम गराउन पूर्व मन्त्री सर्वदेवप्रसाद ओझाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको बताएका छन् । उनले बुधवार पत्रकारमाझ यस्तो बताएका हुन् । मनिषा एग्री कन्सर्नका संचालक ओझाले ०६२ सालमा देवानसिंह चौधरी, अर्जुन उप्रती, आसिफ रियाज खान र कमरुद्धिन राई विरुद्ध बाँके जिल्ला अदालतमा ठगी तथा कागजात किर्ते मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा प्रतिवादी सवैलाई बाँके जिल्ला अदालतले सफाई दिएको थियो । त्यसपछि उनी पुनरावेदनका लागि नेपालगन्जस्थित तत्कालेवन पुनरावेदन अदालत गए । उक्त मुद्दामा पनि प्रतिवादीहरुले सफाई पाएको उपप्रमुख राईले स्पष्ट पारे ।

जिल्ला र पुनरावेदन अदालतले सफाई दिएपछि अन्तिम सुनुवाईका लागि ओझा सर्वोच्च अदालत पुगे । अहिले उक्त मुद्दा विचाराधीन छ । ‘सर्वोच्च अदालतमा मुद्दा चलिरहेकै बेला ओझाजीले अर्को मुद्दा दर्ता गराएको भन्ने सामाजिक संजालबाट थाहा पाएँ,’ उनले भने, ‘अहिलेसम्म मलाई आधिकारिक पत्र वा जानकारी आएको छैन । आधिकारिक पत्र आए प्रहरी र अदालतमा हाजिर हुन तयार छु । म लुकेर बस्दैन । सम्मानित अदालतको फैसलालाई शिरोधार्य गरी अगाडि बढ्ने छु ।

’उनले २०६२ सालमा भएको घटनालाई लिएर अहिले उजुरी दिनु अशोभनीय भएको बताए । कानून बन्नु अघिको घटनालाई १० वर्षपछि बनेको कानूनमा टेकेर मुद्दा दायर गर्न नमिल्ने बताउँदै उनले यसको खुलेर प्रतिवाद गर्ने स्पष्ट पारे । ‘उहाँ (ओझाजी) ले चुनावमा पनि मलाई हराउन ठूलो प्रयास गर्नुभयो, तर सक्नु भएन । अब मुद्दा हालेर मेरो बदनाम गर्न खोज्दै हुनुहुन्छ,’ उपप्रमुख राईले भने, ‘बदनियतपूर्ण ढंगले हालिएको मुद्दामा उहाँ सफल हुनुहुन्न भन्नेमा म ढुक्क छु । दुई ओटा सम्मानित अदालतले सफाई दिइसकेछ । सर्वोच्चले पनि सफाई दिनेमा दुई मत छैन ।’

उनले आफूले अहिलेसम्म कुनै सरकारी कार्यालयमा झुठा कागजात तथा बयान नदिएको जिकिर गरे । उनले ठगी र कागजात किर्ते मुद्धामा चार जना विरुद्ध मुद्दा दायर भए पनि सार्वजनिक न्याय विरुद्धको कसुरमा आफू विरुद्ध मात्र मुद्दा दायर भएको बताए । ‘सार्वजनिक न्याय विरुद्धको कसुरमा पनि चार जना विरुद्ध मुद्दा दायर हुनु पथ्र्यो, तर ओझाजीले म विरुद्ध मात्र उजुरी दिएको सुनेको छु । यो सत्य हो भने उहाँको नियतमाथि खोट छ भन्ने स्पष्ट हुनेछ,’ राईले भने । मनिषा एग्री कन्सर्न नेपालगन्जको तर्फबाट ओझाले ठगी कसुरमा मुद्दा हालेका थिए । मनिषा एग्री कन्सर्न र भारतमा रहेको मनिषा एग्री बायो टेक कम्पनी प्रालि हैदराबाद बीच भएको सम्झौता अनुसार आयात हुने सामग्रीको भन्सार क्लीरिङ्गको जिम्मेवारी पाएका कमरुद्दिन विरुद्ध ठगीको मुद्दा परेको हो ।

२०६२ सालदेखि २०६९ सालसम्म कमरुद्दिनले भन्सार एजेन्टको रूपमा काम गर्ने क्रममा भन्सार, क्वारिन्टिन र अदालत समेतलाई भ्रममा पारेको आरोप ओझाले लगाएका छन् । उनले अनुसन्धानको क्रममा कमरुद्दिन राईको नागरिकता र अन्य कागजातमा बाबुको नाम फरक भएको पुष्टि भएको दाबी गरेका छन् । नागरिकतामा बाबुको नाम गोवरे कवडिया छ भने भारतबाट पैठारी गर्ने मनिषा एग्री बायो टेक कम्पनी प्रालिको कागजातमा अकबर अलि उल्लेख भएको दावी ओझाले गरेका छन् । तर, उपप्रमुख कमरुद्दिन राईले आफूले बाबुको नाम र ठेगाना फरक नराखेको दावी गर्दै आएका छन् ।


प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP