Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मापसे नियन्त्रण पहिलो प्राथमिकता: ट्राफिक प्रमुख सुनार
मापसे नियन्त्रण पहिलो प्राथमिकता: ट्राफिक प्रमुख सुनार
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत ६, २०७९ बागेश्वरी पोस्ट
मापसे नियन्त्रण पहिलो प्राथमिकता: ट्राफिक प्रमुख सुनार

प्रियास्मृति ढकाल/कोहलपुर । बाँकेका ट्राफिक प्रहरी प्रमुख तिलक सुनारले आफ्नो पहिलो प्राथमिकता मापसे नियन्त्रण गर्नु रहेको बताएका छन् । ट्राफिक प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेको करिव डेढ सातापछि संचारकर्मीसँगको अन्तरक्रियामा उनले मापसेका कारण दुर्घटना भएका घटना धेरै भएकाले त्यसको नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

`यहाँ मापसे गरेर सवारी साधन चलाउने प्रवृत्ति बढी देखियो,' उनले भने-'जसका कारण हुने मानवीय क्षती रोक्न मापसे चेकजाँचलाई कडाइ गरिनेछ ।´ उनले नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापन अहिलेको चुनौति रहेको बताए । बाँकेको सबैभन्दा ठूला सहर नेपालगन्ज र कोहलपुर हुन् । बढ्दो जनघनत्व, सवारीसाधनको चाप र सीमित जनशक्तिका कारण नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापन सुधार गर्न चुनौतिपूर्ण रहेको उनको भनाई छ ।

नेपालगन्जको पुष्पलाल चोक, धम्वोजी, ट्राफिक पोष्ट अगाडि ट्राफिक प्रहरीको उपस्थिति भएपनि मुख्य बजार क्षेत्र त्रिभुवन चोक, त्रिवेणी मोड, भेरी अस्पताल, मालपोत कार्यालय क्षेत्र वरवर भने ट्राफिक प्रहरीको उपस्थिति छैन । जसका कारण त्यस क्षेत्रमा ट्राफिकजामदेखि दुर्घटनाको उच्च जोखिम हुने गरेको छ । कतिपय अवस्थामा दुर्घटना गराएर सवारी साधन भाग्ने समेत गरेका छन् ।

बाँके ट्राफिकमा ६८ जना छन् । बाँकेमा पक्की र कच्ची गरी ६ सय १० किलोमिटर सडक छ । एउटा ट्राफिकलाई ९ किलोमिटर सम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारी साधनको चाप दैनिक बढिरहेको छ । एउटा ट्राफिकलाई दैनिक दुई हजार सवारी साधन चेकजाँच गर्नुपर्ने अवस्था छ । ट्राफिक प्रहरी प्रमुख सुनारले चुनौतिकाबीच पनि ट्राफिक व्यवस्थापनमा विभिन्न कामहरु भइरहेको बताए । स्थानीय सरकार, नेपाल प्रहरीसँग मिलेर ट्राफिक व्यवस्थापनका लागि योजना बनाएर अघि बढिने उनको भनाइउ छ । कतिपय सवालमा ट्राफिक अज्ञानताका कारण पनि दुर्घटना हुने गरेको भन्दै उनले पैदलयात्रु, विद्यार्थी र मजदुरहरुलाई ट्राफिक नियमबारे जनचेतना जगाउन जरुरी रहेको बताए । उनले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी एक्लैले मात्र सम्भव नहुने भएकाले सबैको सहयोग र साथबाटै दुर्घटना न्यूनीकरण हुने बताए ।

जिल्लाका १९ वटा ठाउँ दुर्घटनाका हिसावले असाध्यै जोखिमपूर्ण छन् । ती क्षेत्रमा विशेष निगरानी हुँदै आएको पनि उनले बताए । जिल्लामा भएका दुर्घटनाको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी टिप्पर, म्याजिक, स्कुटर र मोटरसाइकल छन् । तीब्र गतिमा सवारी साधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मापसे गरेर सवारी सचालउने गरेका कारण दुर्घटना भएका छन् । जसले गर्दा आफ्नो ज्यानमात्र गुमाएका छैनन् । उनीहरुका कारण निर्दोष पनि दुर्घटनाको शिकार बनेका छन् । ट्राफिक प्रहरी प्रमुख सुनारले संगठनभित्र आर्थिक अनुशासनलाई मजवुत पारिने विश्वास समेत दिलाए । उनले ट्राफिक प्रहरी आर्थिक लेनदेनमा कतै मुछिएको गुनासो आए सिधै आफूलाई जानकारी दिन पनि आग्रह गरेका छन् ।


प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १३:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP