prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विपत जोखिम न्यूनीकरणमा बैंकहरुको भूमिका खोजिँदै
विपत जोखिम न्यूनीकरणमा बैंकहरुको भूमिका खोजिँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १०, २०७९ बागेश्वरी पोस्ट
विपत जोखिम न्यूनीकरणमा बैंकहरुको भूमिका खोजिँदै

नेपालगञ्ज । विपद जोखिम न्यूनीकरणमा बैंकहरुको सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपालगन्जमा छलफल गरिएको छ । शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) संगको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाले छलफल आयोजना गरेको हो । 

विपद जोखिम न्यूनीकरण र सामाजिक उत्तरदायित्व कोष परिचालनमा निजी क्षेत्रको भूमिका विषयमा बैंकहरुसंगको समन्वय वैठकमा नेपालगन्जका बाणिज्य तथा विकास बैंकहरुका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति रहेको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । त्यसक्रममा बैंकहरुका प्रमुख र प्रतिनिधिले विपत व्यवस्थापनका लागि सहकार्य र हातेमालो गर्न तयार रहेको बताएका छन् । वैठकमा विपत जोखिम न्यूनीकरणका लागि कोष सुनिश्चितताको पहल गर्ने सहमति बनेको छ । नेपालगन्ज उपमहानगरपालिकाले विपत सम्बन्धि क्रियाकलापहरुको सूचीकरण गरेर बैंकहरुलाई उपलब्ध गराउने भएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपतलाई प्राथमिकतामा राखेर विपत न्यूनीकरण सम्बन्धि विभिन्न क्रियाकलाप संचालन गरिरहेको बताउँदै विपतसंग जुध्न सरकारी-निजी क्षेत्रको साझेदारी अपरिहार्य रहेको बताए । उनले विपतका बेला बैंकिङ क्षेत्र अझ बढी सुरक्षित र सुचारु हुनुपर्ने बताउँदै जोखिम न्यूनीकरणमा बैंकहरुको उत्तरदायित्व आवश्यक रहेको बताए । उपप्रमुख कमरुद्दिन राईले नेपालगन्ज विपतको जोखिममा रहेको भन्दै विपत जोखिम न्यूनीकरणका लागि सबै क्षेत्रको हातेमालोमा जोड दिएका थिए । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्द्धन सिंह सम्झनाले आपसी हातेमालोबाट मात्र विपतको सामना गर्न सकिने बताए । 

विपद जोखिम न्यूनीकरणमा बैंकहरुको संलग्नताका विषयमा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले प्रस्तुतिकरण गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम विपतको क्षेत्रमा केन्द्रित गर्न बैंकहरुलाई आग्रह गरेका थिए । उनले नेपालगन्ज उपमहानगरपालिका र बैंकहरुका बीचमा साझेदारी जरुरी रहेको बताए । वैठकमा नेपालगन्ज उपमहानगरपालिकामा विपद न्यूनीकरणका लागि भइरहेका प्रयास, उपलब्धि र चुनौतीबारे वातावरण तथा विपद शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले जानकारी गराएका थिए । सुपरका नरेश निदालले परियोजनाका बारेमा जानकारी गराएका थिए ।

शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) नेपालगन्ज उपमहानगरपालिकामा संचालित छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सुपर प्रोजेक्ट सञ्चालनमा छ । नेपालगञ्जको वडा नम्बर ३ र ७ मा सुपर प्रोजेक्ट सञ्चालन भइरहेको छ ।


प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP