नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज विमानस्थलमा सुबिधायुक्त नयाँ टर्मिनल भवन निर्माण तीब्र
नेपालगन्ज विमानस्थलमा सुबिधायुक्त नयाँ टर्मिनल भवन निर्माण तीब्र
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत १९, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज विमानस्थलमा सुबिधायुक्त नयाँ टर्मिनल भवन निर्माण तीब्र

नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित राँझा विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण कार्य तीब्र गतिमा भइरहेको छ । ३ अर्ब रुपैयाँको लागतमा सुबिधायुक्त नयाँ टर्मिनल भवन निर्माणको काम जारी छ । 

टर्मिनल भवन निर्माणको ठेक्का पाएको शर्मा एण्ड कम्पनी काठमाडौंले  नयाँ टर्मिनल भवनको काम सन्  २०२२ डिसेम्बर १६ बाट सुरु गरेको हो । कम्पनीले सम्झौता अनुसार काम सन्  २०२५ डिसेम्बर १५ मा सकिसक्नुपर्नेछ ।

नयाँ टर्मिनल भवनको  काम सुरु भएको करिब तीन महिनाको अबधिमा बेसमेन्टको १८ प्रतिशत काम पूरा भइसकेको निर्माण स्थलमा खटिएका इञ्जिनियर कमल पौडेलले जानकारी दिए । नयाँ टर्मिनल भवन तीन तले र पूर्ण अपाङ्गमैत्री निर्माण गर्न थालिएको छ । ४ हजार ४ सय ३८ वर्गमिटर क्षेत्रफलमा नयाँ तीन तले टर्मिनल भवन निर्माण गर्न थालिएको छ ।

जबकी बिमानस्थलको पुरानो एक तले टर्मिनल भवन जम्मा दुई हजार स्क्वायर मिटर क्षेत्रफलको मात्रै छ । नयाँ टर्मिनल भवन निर्माण भई प्रयोगमा आएमा पुरानो संरचनाहरु भत्काइनेछ ।

नयाँ टर्मिनल भवनको क्षेत्रफल ४४६० दशमलब ६६ स्क्वायर मिटरको रहेको छ । यात्रुको क्षमता अन्तरगत डोमेष्टिक डिपार्चर हलको ४४८ सिट र अराइभल वइटिङ लाउन्चको सिट क्षमता २२० रहेको इञ्जिनियर पौडेलले बताए ।


नयाँ भवनको २२ प्रतिसत संरचना ब्यापारिक प्रयोजनका लागि छुट्याइएको छ । त्यसमा ७२ वटा पसल राख्न मिल्नेछ भने तीन वटा क्याफेटेरिया हलहरु निर्माण गरिनेछ । तीन वटा भिआइपी रुम, दुई वटा चिल्ड्रेन प्ले एरिया र थप दुई वटा अलग ‘स्मोकिङ जोन’ लागि कोठाहरु निर्माण गरिँदैछन् ।

पछिल्लो समय राँझा बिमानस्थलमा हवाइ उडानको संख्या र यात्रुको चाप बढ्दै गएको तथ्याङ्कले देखाउँछ । सन्  २०२२ को तथ्याङ्क अनुसार दैनिक औसत १५०० सय ५२ यात्रु यो बिमानस्थलबाट आवातजावात गर्ने गरेका छन् । त्यही भएर पूरानो संरचनाले धान्न सक्ने अबस्था नरहेको हुँदा नयाँ टर्मिनल बनाउन लागिएको हो ।

राँझा बिमानस्थल करिब ५८ बर्ष पहिले १९६१ मार्च १५ देखि पहिलो उडान भएको इतिहास छ। आइसिएको बर्गिकरण अनुसार यो एयरपोर्ट थ्री सी अन्तरगत पर्ने गर्छ । १६६ विघा क्षेत्रफलमा फैलिएको विमानस्थलको अहिलेको धावन मार्गको लम्बाई १७०० मिटर र चौडाइ ३० मिटरको रहेको छ ।

सुबिधा युक्त नयाँ टर्मिनल भवन निर्माण भए राँझा बिमानस्थल नेपालकै एक प्रमुख डोमेष्टिक बिमानस्थलका रुपमा बिकास हुनेछ ।


प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP