prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जाम भएको नालाबाट 'कलकल' पानी बग्न थालेपछि....
जाम भएको नालाबाट 'कलकल' पानी बग्न थालेपछि....
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत २१, २०७९ बागेश्वरी पोस्ट
जाम भएको नालाबाट 'कलकल' पानी बग्न थालेपछि....

नेपालगञ्ज । भेरी प्राविधिक शिक्षालय भएर बग्ने नेपालगञ्जको ठूलो नाला विभिन्न खाले फोहरको डंगुरले अस्तब्यस्त थियो । फोहर जाम भएर पानी नै बग्ने अवस्था थिएन । नालाको आधा भन्दा बढी भाग माटोले पुरिएर झाडी नै झाडीले भरिएको देखिन्थ्यो । माटोले पाटिएको र झाडीले झाँगिएको थियो । पानीको सहज निकासमा अवरोध थियो । तर, अहिले यो नालाको अन्तिम विन्दु (आउटलेट) बाट सरसफाई थालिएपछि आजभोलि ‘कलकल’ पानी बग्न थालेको छ । फागुन २६ गतेदेखि ठूलो नालाको आउटलेटबाट सरसफाई थालिएको हो । बर्षेनी बर्खाको बेला डुबान हुने समस्याबाट मुक्ति पाउन नेपालगञ्ज उपमहानगरपालिकाले नाला सफाईको कामलाई अहिले अभियानकै रुपमा अघि बढाएको छ । संघीय सरकारबाट आएको विज्ञ टोलीले गरेको स्थलगत अध्ययनपछि प्राप्त सुझाबको आधारमा जेठ मसान्तसम्म नाला सफाई सक्ने गरी काम भइरहेको छ । यसअघि सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नाली सफाई गर्ने गरिए पनि बर्षौंदेखि नालाहरु सफाई गरिएको थिएन । 

nepalgunj 081-082

No description available.

तीन वटा प्याकेजमा नाला सफाई गर्ने गरी काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूलो नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाईको काम अगाडि बढेको छ । त्यसपछि नगरका भित्री नालाको सफाई गरिनेछ । “अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ जहाँ अबरोध छ, त्यसमा राम्रोसंग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरेका छौं,” नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भने, “बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट फागुन २६ गतेदेखि काम सुरु गरेका छौं ।” जेसिबीले सफाई गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिरहेको विष्टको भनाई छ । नाला सफाई कार्यको अवलोकनमा पुग्नुभएका नगर प्रमुख विष्टले नाला सफाईको काम सकिएपछि अब नेपालगञ्ज नडुब्ने विश्वास व्यक्त गरे । 

No description available.

“नालाको आधा भन्दा बढी भाग माटोले पुरिएको अवस्था छ, कतिपय ठाउँमा जेसिवी प्रयोग गर्न सकिने अवस्था छैन, त्यसैले मान्छे नै लगाएर सफाई गरिरहेका छौं,” नगर प्रमुख विष्टले भने, “सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नालाको सफाई मुख्य प्राथमिकतामा राखेका छौं, यहाँबाट (अन्तिम विन्दु) भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसंग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ ।” विष्टले नेपालगञ्ज उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भएपनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताए । विज्ञ टोलीले नेपालगञ्ज जति पर्याप्त डे«नेज नेटवर्क अन्य सहरमा आफूहरुले नदेखेको बताएको विष्टले सुनाए । पर्याप्त डे«नेज नेटवर्कको सदुपयोगका लागि आफूहरु सचेत रहेको उहाँको भनाई छ । 

“विगतमा बजारको वरिपरि मात्रै सफाई गर्ने काम भयो, अब हामीले अन्तिम विन्दुबाट आमरुपमा सफाई थालेका छौं, दुई चरणमा काम गर्छौं, पहिलो चरणमा दुई ठूला नाला र दोस्रो चरणमा साना नाला सफाई गर्छौं, अहिले दुई ठूला नाला सफाई भइरहेको छ, यसपछि नगरका साना नाला सफा गर्छौं, यसले अब नेपालगञ्जलाई डुबान हुनबाट जोगाउनेछ,” उनले भने । १०÷१० लाखको तीन वटा प्याकेजमा नाला सफाईको काम भइरहेको छ । नगर प्रमुख विष्टले नालामा जथाभावी फोहर नफाल्न पनि नगरबासीलाई आग्रह गरेका छन् । “सरसफाईमा नागरिक सहभागिता जरुरी छ, नेपालगञ्ज उपमहानगरपालिकाले एक्लै गरेर मात्र हुँदैन,” उनले भने, “नागरिक सहभागिता जरुरी छ, नागरिकमा चेतना र जागरण आवश्यक छ, हामीले जनचेतना फैलाउने काम पनि गर्छौैं, पटक–पटक अटेर गरिए कारवाही पनि गर्छौं ।” नाला छेउँमा घर भएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० की सरुना कुँवरले आफूले यो नालालाई यस्तो अवस्थामा यसअघि नदेखेको बताइन् । “यति सफा पहिले देखेका थिएनौं, अहिले नाला सफाई भएपछि यसको मुहारै फेरिएको छ, कुँवरले भनिन्, अब यता डुबान हुँदैन भन्ने लागेको छ ।” वडा नम्बर १० की अर्की स्थानीय कल्पनाले पनि नाला सफा भएको देखेर खुसी लागेको बताइन् ।  

No description available.No description available.


 


प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP