Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रहरीका १३ डीआईजी बढुवाका लागि १८ एसएसपी प्रतिस्पर्धामा
प्रहरीका १३ डीआईजी बढुवाका लागि १८ एसएसपी प्रतिस्पर्धामा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २३, २०७९ बागेश्वरी पोस्ट
प्रहरीका १३ डीआईजी बढुवाका लागि १८ एसएसपी प्रतिस्पर्धामा

नेपालगन्ज । अहिले नेपाल प्रहरीमा १३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा भएपछि रिक्त रहेको १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा प्रकृया अघि बढ्ने भएको छ । प्रहरी प्रधान कार्यालयले १३ डीआईजीको बढुवाका लागि प्रकृया शुरु गर्ने गरी फाइल तयार पारेको छ । 

अहिले १३ डीआईजी बढुवाका लागि १८ एसएसपी प्रतिस्पर्धी रहेका छन् । अघिल्लो पटक बढुवामा छुटेका र पछिल्लो ब्याजीहरुलाईसमेत समेटेर बढुवा गर्ने तयारी भएको हो  । प्रतिस्पर्धीहरुको मूल्यांकन गरेर  केही समयपछि डीआईजीको सिफारिस गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

नयाँ गृहमन्त्री आएसँगै उनीहरुको बढुवा सिफारिस तयारी गरिएको हो । बढुवाका लागि एसएसपीहरु जनकराज भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुमार खापुङ, अर्जुनचन्द ठकुरी, सुरेन्द्र मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोख्रेल, विकासराज खनाल छन् । 

बढुवाका लागि उनीहरुले शक्ति केन्द्रमा आफ्नो कुरा पुर्याइसकेका छन् । प्रतिस्पर्धीहरुमध्ये सुरेन्द्र मैनाली, चक्रबहादुर सिंह र विकाराज खनाल बढुवा नभए एसएसपीमै बिदा हुनेछन् । यी मध्येका खनाल सबैभन्दा सिनियर हुन् । उनी लागुऔषध व्यूरोको प्रमुख छन् । 

त्यसैगरी भट्टराई, बास्तोला र बोहोराले प्रदेश प्रमुखको जिम्मेवारी पाइसकेकाले उनीहरुको बढुवा निश्चितजस्तै भएको छ । ‘निमित्तको जिम्मेवारी पाएका छन् उनीहरुको बढुवा निश्चित छ’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने । उनका अनुसार कर्मचारी प्रशासन फाँटका एसपी बेलबहादुर पाण्डेले बढुवाको फाइल उठाएर राखेका छन् । 

बढुवा अघि नै प्रहरी प्रधान कार्यालयले प्रदेश प्रमुखहरुको टुंगो  लगाएको थियो । जसमा शुरुमा डीआईजी किरण राणालाई मधेश प्रदेशमा प्रमुखमा खटाएको थियो । तर प्रधानमन्त्री कार्यालयबाटै उनको सरुवा रोकिएपछि एसएसपी भट्टराईलाई त्यहाँ पठाइएको हो । 

राणाको भने बागमती प्रदेशमा सरुवा भएको थियो । बढुवा नभइकन कोशी प्रदेशमा बास्तोला, मधेशमा भट्टराई, सुदूरपश्चिममा बोहोरालाई पठाइएको हो । ‘केही दिनमा डीआईजीहरुको बढुवा सिफारिस हुनेछ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । 

अघिल्लो पटक छुटेका केसी, खनाल र मैनालीलाई पनि बढुवा गर्ने दबाब रहेको छ । आईजीपी नियुक्ति भएको केही दिनमा एआईजी बढुवा सिफारिस भएको थियो । 

त्यसपछि डीआईजी बढुवा सिफारिस भने रोकिएको छ । दुई दिनअघि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पुगेका बेला सरुवा र बढुवा नरोक्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका थिए । आईजीपी कुँवरले पनि बढुवालाई प्राथमिकतामा राखेको स्रोतको दाबी छ ।


प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP