नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कलिला बालबालिका पनि दुब्र्यसनको लतमा !
कलिला बालबालिका पनि दुब्र्यसनको लतमा !
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २६, २०७९ बागेश्वरी पोस्ट
कलिला बालबालिका पनि दुब्र्यसनको लतमा !

नेपालगञ्ज । लागूपदार्थ दुब्र्यसनी नियन्त्रणका लागि जनचेतनामूलक र उपचारात्मक दुवै विधिलाई एकैसाथ लैजानुपर्ने आवश्यकता रहेको आज नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

लागूऔषध रोकथाम, उपचार तथा जनचेतनामूलक कार्यक्रम परियोजना अन्तर्गत् आयोजित सरोकारवालाहरुबीच जिल्ला स्तरीय परिचयात्मक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले लागूपदार्थ दुब्र्यसनको अवस्था भयावह भएकाले यसको नियन्त्रणका लागि जनचेतनामूलक र उपचारात्मक दुवै विधिलाई एकैसाथ लैजानुपर्ने बताएका हुन् । 

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बाँके लागूऔषध कारोवार र सेवनका हिसावले उच्च जोखिम क्षेत्र रहेकाले यसको नियन्त्रणका लागि प्रशासन लागिपरेको बताए । उनले लागूऔषध कारोवारविरुद्ध गृहप्रशासन निर्मम हुने भन्दै यो समस्या कानुनले मात्रै नियन्त्रण नहुने भएकाले जनचेतनामूलक कार्यक्रम पनि जरुरी रहेको बताए । यस्तै बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठोरले भारतसँगको खुला सीमानाका कारण नेपालगञ्ज लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै गएकाले यसको नियन्त्रणका लागि प्रहरी लागि परेको बताए । उनले प्रहरीले समुदायसँग मिलेर सचेतीकरणका कार्यक्रम पनि चलाइरहेको जानकारी दिए । 

नेपालगञ्जमा चार हजार बढी लागूऔषध प्रयोगकर्ता रहेको तथ्याङ्क छ । दुई वर्ष अघि लागूपदार्थ दुब्र्यसनीविरुद्ध क्रियाशील संघसंस्थाहरुले गरेको अध्ययनले ३ हजार ९ सय ९६ जना पुरुष र ७४ जना महिला सेवनकर्ता रहेको तथ्याङ्कले देखाएको थियो । तर, यो संख्या अहिले दोब्बरले वृद्धि भएको उनीहरु बताउँछन् । लागूपदार्थ दुव्र्यसनी विरुद्धका अभियन्ता सन्तोष सापकोटाद्वारा प्रस्तुत कार्यपत्रमा पछिल्लो समय १२ देखि १५ वर्ष उमेर समूहका बालबालिका पनि दुव्र्यसनमा फस्न थालेका छन् । कलिला बालबालिका दुब्र्यसनको लतमा फस्नुलाई स्थिति भयावहका रुपमा लिनुपर्ने अवस्था रहेको उनको भनाई छ । सुधार गृहमा १८ वर्ष मुनिका बालबालिकालाई राख्न पाइँदैन । 

लागूऔषधको आपूर्ति नियन्त्रण गर्ने र माग घटाउने, उपचार तथा पुनःस्थापनातर्फ राज्यले पनि प्रभावकारी ध्यान दिन जरुरी रहेको अर्का अभियन्ता रविन्द्रसिंह राठोरले बताए । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा लागूपदार्थ दुब्र्यसनी विरुद्ध क्रियाशील सामना पुनःस्थापना केन्द्र बाँकेले नगर क्षेत्रभित्र क्रियाशील लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्रहरुसँगको समन्वयमा कार्यक्रम गरेको हो । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी कार्यपालिका सदस्य बिना थापा, कर्णाली प्रदेश तालिम केन्द्र नेपालगञ्जका प्रहरी निरीक्षक हस्तबहादुर सुनार, विभिन्न सुधार गृहका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP