नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कांग्रेस बाँकेद्वारा सुशिल कोइराला क्यान्सर अस्पतालका विरामीलाई फलफूल वितरण
कांग्रेस बाँकेद्वारा सुशिल कोइराला क्यान्सर अस्पतालका विरामीलाई फलफूल वितरण
बागेश्वरी पोस्ट
आइतबार, चैत २६, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेद्वारा सुशिल कोइराला क्यान्सर अस्पतालका विरामीलाई फलफूल वितरण

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका विरामीहरुलाई फलफूल वितरण गरेको छ । जनआन्दोलन दिवस २०७९ को अवसरमा कांग्रेस बाँकेले अस्पताल पुगेर २०० जना विरामीहरुलाई फलफूल वितरण गरेको पार्टी सचिव सुधांशु कोइरालाले जानकारी दिए ।

नेपाली कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्व एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न फलफूल वितरण कार्यक्रममा निवर्तमान पार्टी सभापति किरण कोइराला, पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, नेता कार्यकर्ता, अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ल, कार्यकारी निर्देशक डा.निरज भट्टराई लगायत उपस्थित थिए ।

त्यसक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ मा कांग्रेसले गरेको अगुवाईका कारण व्यवस्था परिवर्तनको आधार बनेको बताउँदै जनआन्दोलनका सहिद, घाइते र सहभागीहरुलाई स्मरण गर्दै कांग्रेसले अब जनताको अवस्था परिवर्तनका लागि काम गर्ने बताए ।

उनले कांग्रेस बाँकेले जनआन्दोलन दिवसलाई सम्झँदै पार्टीका मूर्धन्य नेता स्वर्गीय सुशिल कोइरालाको नाममा स्थापित अस्पतालका विरामीलाई फलफूल वितरण गरेर पूण्य काम गरेको बताए । निवर्तमान सभापति कोइरालाले अस्पतालमा डाक्टर कर्मचारीको दरबन्दी र सेवासुविधाको अवस्था, स्रोत साधनको उपलब्धता, भोगिरहेका अप्ठेरा, विरामीहरुले पाइरहेको सेवा सुविधाका बारेमा जिज्ञासा राख्दा अस्पतालका कार्यकारी निर्देशक डा.भट्टराईले अस्पतालका बारेमा जानकारी गराउँदै विद्यमान समस्याहरुबारे पनि अबगत गराएका थिए ।

जिल्ला उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव कोइरालाले गरेका थिए । नेपाली कांग्रेस बाँकेले जनआन्दोलन दिवसका अवसरमा तीन वटै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमार्फत सम्पूर्ण प्रदेशसभा क्षेत्रीय कार्यसमिति, पालिका र वडाहरुमा सामाजिक र सिर्जनात्मक कार्यहरु गरेर जनआन्दोलन दिवस मनाउन गरेको आह्वान बमोजिम सबैतिर कार्यक्रमहरु गरिएको सचिव कोइरालाले बताए ।


प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP