prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा इ–रिक्सा दर्ताका लागि अब अन्तिमपटक १५ दिनको समय
नेपालगञ्जमा इ–रिक्सा दर्ताका लागि अब अन्तिमपटक १५ दिनको समय
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २६, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा इ–रिक्सा दर्ताका लागि अब अन्तिमपटक १५ दिनको समय

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले इ–रिक्सा दर्ताका लागि १५ दिनको समय दिने भएको छ । उपमहानगरपालिकाले नगरभित्र सञ्चालन भइरहेका इ–रिक्साहरुको अभिलेखीकरण र व्यवस्थापनका लागि अब अन्तिमपटक १५ दिनको समयसीमा तोकेर दर्ता गर्नका लागि आह्वान गर्ने भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज सरोकारवालाहरुबीच जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट इ–रिक्साहरुलाई दर्ता प्रक्रियामा ल्याई प्रभावकारी नियमन गर्ने निर्णय भएको हो । 

nepalgunj 081-082

इ–रिक्साहरुको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट छुट्ट्याउने लगायतका विषयमा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए । नगरपालिकाबाट उपमहानगरपालिकामा स्तरोन्नति हुँदा जोडिएका साविकका गाविसमा यसअघि दर्ता भएका इ–रिक्सालाई पनि पुनः दर्ता गर्ने तर अन्य पालिकामा दर्ता भएकालाई भने सूचीकृत नगरिने भएको छ । “नेपालगञ्जमा आवश्यकता भन्दा बढी इ–रिक्सा भइसके, यति धेरै रिक्सा नगरले थेग्न सक्ने अवस्था छैन, अहिले सञ्चालनमा रहेका रिक्साहरुलाई नियमन र व्यवस्थापन गर्न दर्ता अनिवार्य छ, नगर प्रमुख प्रशान्त विष्टले भने–“दर्ता प्रक्रियापछि पार्किङ, रुट अनुमति लगायतका विषयमा हामी योजनाबद्ध तरिकाले अघि बढ्छौं । इ–रिक्सा दर्ता स्थानीय तहमै हुने भएकाले नियमन र व्यवस्थापनमा अब निर्मल ढंगले अघि बढ्ने नगर प्रमुख विष्टको भनाई छ । 

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख विरबहादुर थापाले हालसम्म १९ सय इ–रिक्सा मात्र दर्ता भएको बताए । दर्ताका लागि पटक पटक सार्वजनिक आह्वान गरेपनि ठूलो संख्याका रिक्साहरु दर्ता बिनै चलिरहेका छन् । नगरमा १२–१३ हजार रिक्सा सञ्चालनमा रहेको अनुमान छ । निजी प्रयोजनका लागि भनेर किनिएका रिक्सा पनि सार्वजनिक साधनका रुपमा प्रयोग गर्दा बेथिति अझ बढेको भन्दै सरोकारवालाहरुले प्रभावकारी नियमन र व्यवस्थापनमा जोड दिएका छन् । 

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले केही दिन यता इ–रिक्सा प्रालिहरुले टिकटमा जथाभावी गरिरहेको, बढी भाडा लिइरहेको, जमुनाहा क्षेत्रको पार्किङ क्षेत्रलाई व्यवस्थित बनाउन नसकेको गुनासो आइरहेको भन्दै  कुनै एक जना व्यक्तिले पनि गुनासो गर्ने ठाउँ नराख्ने गरी काम गर्न इ–रिक्सा प्रालिका प्रतिनिधिहरुलाई निर्देशन दिए । इ–रिक्सा प्रालिका प्रतिनिधिहरुले आफूहरुले व्यवस्थित गर्ने हिसाबले नै काम गरिरहेको जिकिर गर्दै नियम विपरीत काम गरेमा कारवाही भोग्न तयार रहेको बताएका छन् । 

छलफलमा यातायात व्यवस्था कार्यालयका प्रमुख लोकबहादुर सुनार, बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठौर, ट्राफिक प्रहरी प्रमुख तिलक सुनार, वडा प्रहरी प्रमुख इन्द्रजित सुनार, नेपालगञ्ज नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी, नगरमा क्रियाशील चार वटा इ–रिक्सा प्रालिका प्रतिनिधि लगायत उपस्थित थिए । 


 


प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP