Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्ती सोनारीको शैक्षिक अवस्थामा सुधार हुँदै
राप्ती सोनारीको शैक्षिक अवस्थामा सुधार हुँदै
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत २७, २०७९ बागेश्वरी पोस्ट
राप्ती सोनारीको शैक्षिक अवस्थामा सुधार हुँदै

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा शिक्षाको गुणस्तर बलियो हुँदै गएको छ । विद्यालय भन्दा पनि बाहिर देखिने विद्यार्थीहरु अहिले नियमित विद्यालय जान थालेका छन् ।

विद्यालयमा नियमित गएर कक्षा लिन थालेपछि पालिकाको शैक्षिक अवस्थामा सुधार आएको हो । राप्ती सोनारीमा सामुदायिक ५४ र सस्थागत १७ गरी ७१ विद्यालय रहेका छन् । जसमा विद्यार्थी संख्या १५ हजार ३ सय ३३ रहेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जीवन न्यौपानेले जानकारी दिए ।

राप्ती सोनारीमा स्वीकृत दरबन्दी २३० रहेकोमा राहत ११७ रहेका छन् । शिक्षक अनुदान भने २२ रहेको छ । शिक्षक दरबन्दी स्थानीय तहबाट अनुदान प्राप्त २०६ रहेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख न्यौपानेले जनाए । राप्ती सोनारीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, शिक्षा विकास तथा समन्वय इकाई, संघ तथा प्रदेश सरकार र अन्य गैरसरकारी संस्था लगायतले शिक्षा विकासमा सहकार्य गरेका छन् ।

गाउँपालिकाका पदाधिकारी, वि.व्य.स. अध्यक्ष, प्र.अ. सहितका सरोकारवालाहरुसँग आवश्यक समन्वय, छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु समय समयमा गरिदै आइएकाले पनि विद्यालयहरुमा भइहेको गतिविधि र समस्या समाधान गर्न सहज बनेको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।

विद्यालयहरुमा समय समयमा संयुक्त अनुगमन जनप्रतिनिधि र कर्मचारीहरुले गरिरहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जनाए । विद्यालय भौतिक सुधारका कार्यक्रम, शैक्षिक गुणस्तर सुधारका कार्यक्रय समयमै प्रस्तावना माग गरी विवरण गरिएकोले समयमा नै सम्पन्न हुन सकेकोले पनि शिक्षा विकासको गति तिव्र देखिएको हो ।

गाउँपालिकाले न्युन दरबन्दी रहेका विद्यालयहरुमा गाउँपालिका शिक्षण अनुदानबाट शिक्षक व्यवस्थापन गरी न्युन शिक्षक समस्यालाई केही हदसम्म समाधान गर्न खोजिएको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जनाए । शैक्षिक गतिविधि र गुणस्तरलाई विशेष ध्यान दिइएको पालिका अध्यक्ष पौडेलले बताए । अध्यक्ष पौडेलले पर्याप्त शिक्षक दरबन्दी नहुनु, विषयगत शिक्षकको अभाव हुनु, विद्यार्थी संख्या अधिक भएका विद्यालयहरुमा पर्याप्त भौतिक पूर्वाधार नहुनु, शौचालय निर्माण, मर्मत, घेरवार कार्यक्रम अपर्याप्त रहनु लगायतका समस्या केही मात्रामा कायमै रहेको बताए ।

शिक्षा तथा खेलकुदको समस्यालाई सरोकारवालाहरुसँग समय-समयमा छलफल तथा अन्तरक्रिया गरी समाधान निकाल्ने पर्यत्न भएको राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले बताइन् । उपाध्यक्ष थारुले न्युन शिक्षक दरबन्दी रहेका विद्यालयहरुमा गाउँपालिका शिक्षण सहयोग उपलब्ध गराउने बताइन् । विद्यार्थी संख्याको आधारमा आवश्यक भवन तथा शौचालय निर्माण गर्ने योजना अनुरुप आगामी कार्ययोजना निर्माण गरिएको पालिकाले जनाएको छ ।

राप्ती सोनारीका सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाका रुपमा बजेट चौमासिकमा दिने गरिएको छ । हाससम्म ३ पटक सम्म एक पटकको ७० हजारका दरले वितरण गरिसकिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा चार कोठे चार वटा भवन, २ कोठे दुई वटा भवन निर्माण गरेको छ । यस आर्थिक वर्षका लागि गाउँपालिकाले ७ करोड ५० लाख शिक्षा क्षेत्रका लागि छुट्याएको छ । गाउँपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

राष्ट्रिय भारत्तोलन खेलाडी सन्जु चौधरीको नाममा २ लाख बराबचको अक्षयकोष पनि स्थापना गरिएको शिक्षा शाखा प्रमुख न्यौपानेले जानकारी दिए । पालिकाका जनप्रतिनिधि र कर्मचारीबीच व्याट्मिन्टन खेल भइरहेको छ भने अर्को राप्ती सोनारी गाउँपालिका स्तरीय भलिवल ३० वर्ष भन्दा मुनि र ३० वर्ष भन्दा माथि उमेर समुहबीचको प्रतियोगिता यही चैत्र २४ गतेबाट संचालनमा छ ।


प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP