prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जको आगीपुरमा जब आगो लाग्यो.....(फोटो फिचरसहित)
नेपालगञ्जको आगीपुरमा जब आगो लाग्यो.....(फोटो फिचरसहित)
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २९, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जको आगीपुरमा जब आगो लाग्यो.....(फोटो फिचरसहित)

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका भित्रको एउटा सानो बस्ती, आगीपुर । जहाँ दिनको सुरुवात सुखद विहानीबाट भएको थियो । सबै गाउँलेहरु आ-आफ्नो नित्य कर्ममा व्यस्त थिए । सुखद तवरले सुरु भएको विहानीले शुभ दिनको संकेत गर्दछ भनेझै बस्ती स्वभाविक गतिमा मस्त थियो ।

तर, अचानक विहान ८.५० बजेतिर आगो लागेपछि बस्तीमा भागदौड मच्चियो । मान्छेहरुको विचल्ली भयो । धमाधम घर जल्न थाले । आगलागी हुने वित्तिकै दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई खबर गरियो । स्थानीयबासीसहित सबै आगो नियन्त्रणमा जुटे । आगलागी भएको २० मिनेटमै आगो नियन्त्रणमा आयो । घाइतहरुको उद्दार गरियो । एम्बुलेन्समा राखेर घाइतेहरुलाई उपचारका लागि अस्पताल लगियो । भौतिक क्षती भएपनि समयमै आगो नियन्त्रण लिइँदा मानवीय क्षती भने हुन पाएन ।

तर, यो दृश्य यथार्थ भने थिएन । आगो लागेपछि आगोलाई कसरी नियन्त्रणमा लिने भन्नेबारे गरिएको एक कृत्रिम घटना अभ्यास थियो । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा पूर्व तयारी स्वरुप गरिएको कृत्रिम घटना अभ्यासको दृश्य थियो त्यो । नेपालगञ्ज उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) र अन्य सरोकारवालाहरुको सहकार्य र सहभागितामा आगलागी सम्बन्धि कृत्रिम घटना अध्यास गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । नेपालगञ्जको रामलिला मैदानमा गरिएको कृत्रिम घटना अभ्यासमा सुपरले तालिम दिएका व्यक्तिहरु पनि खटिएका थिए ।

सुपरले हालसम्म प्राथमिक उपचार सम्बन्धि तालिम २४ जना, आगलागी नियन्त्रण सम्बन्धि २७ जना र खोज तथा उद्दार कार्यका लागि ३१ जनालाई तालिम दिएको सुपरका शिव सुवेदीले बताए । उनका अनुसार ४०० जनालाई तालिम दिने लक्ष्य छ । गर्मीको समयमा आगलागीका घटनामा बृद्धि हुने भएकाले आगलागी नियन्त्रण र व्यवस्थापनका लागि कृत्रिम अभ्यास उपयोगी हुने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । उनले पूर्व तयारीले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बाँके उच्च तापक्रमका कारण गर्मीयामा आगलागीको उच्च जोखिममा रहेकाले सावधानी अपनाउनुपर्ने बताए । कृत्रिम घटना अभ्यासले आगलागीको नियन्त्रण, उद्दार तथा व्यवस्थापनमा राम्रो सिकाई हुने बताए । कार्यक्रममा विभिन्न पालिकाका प्रमुख र अन्य सरोकारवाला निकाय उपस्थित थिए ।  

फोटो फिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

 


प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP