prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विपद् व्यवस्थापनमा जिल्ला र स्थानीय विपद् कार्यसञ्चालान केन्द्रबीच प्रभावकारी समन्वयमा जोड
विपद् व्यवस्थापनमा जिल्ला र स्थानीय विपद् कार्यसञ्चालान केन्द्रबीच प्रभावकारी समन्वयमा जोड
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत ३०, २०७९ बागेश्वरी पोस्ट
विपद् व्यवस्थापनमा जिल्ला र स्थानीय विपद् कार्यसञ्चालान केन्द्रबीच प्रभावकारी समन्वयमा जोड

नेपालगञ्ज । बाँकेमा विपद् व्यवस्थापनका लागि जिल्ला र स्थानीय विपद् कार्यसञ्चालान केन्द्रहरुबीच प्रभावकारी समन्वय र सहकार्यमा जोड दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा भएको समन्वय बैठकमा विपद् व्यवस्थापन कार्यमा स्थानीय तहहरुको प्रभावकारी भूमिकाले विपद् जोखिम न्यूनीकरणमा टेवा पुग्ने बताइएको छ  ।

बैठकमा सबै स्थानीय तह तथा जिल्लामा रहेको आपतकालीन कार्यसञ्चालन केन्द्रमा भइरहेका काम, गतिविधिहरुका बारेमा छलफल भएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । यस्तै नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, राप्तीसोनारी गाउँपालिकामा रहेका स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा ल्याउन पहल गर्नुका साथै कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिकामा असार मसान्तभित्रै आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने विषयमा पनि गहन छलफल भएको छ । 

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नियमितरुपमा जिल्ला र स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रबीच सूचना व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन नियमितरुपमा प्रतिवेदन पठाउने, विपद्का घटना तथा प्रतिकार्यका सूचना तत्कालै उपलव्ध गराउने गरी जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले विपद् बुलेटिनको खाका तयार पारेर सबै स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रलाई उपलव्ध गराउने, घटना इन्ट्री तथा तयारीको लागि फर्मेट समेत बनाई पालिकामा उपलव्ध गराउने निर्णय पनि गरिएको छ ।

बैठकमा मनसुनजन्य र आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधिबारे जानकारी गराइनुका साथै पालिकास्तरमा समेत अभिमुखीकरण गरी पूर्ण क्षति भएकाहरुको क्षति विवरण संकलन गरेर कार्यविधि अनुसार सिफारिसको प्रवन्ध गर्ने निर्णय भएको छ । यस्तै अन्तरपालिका आपतकालीन स्रोत साधनहरु प्रयोग तथा त्यसले विपद् व्यवस्थापनमा पारेको प्रभावबारे पनि छलफल भएको ज्ञवालीले बताए । पालिकास्तरवाट दमकल, एम्वुलेन्स, हेब्बी इक्यूपमेन्ट जस्ता सामग्री अन्तरपालिकास्तरमा परिचालनका लागि समन्वय गर्ने, सबै पालिकाको सहभागितामा विपद पोर्टल प्रयोग सम्वन्धि तालिमको व्यवस्थापनका लागि सपुर लगायत सहयोगी संघसंस्थालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले विपद् पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनका लागि स्थानीय तहहरु जिल्लासंगको समन्वयमा अघि बढ्नुपर्नेमा जोड दिए । विपद् व्यवस्थापनमा स्थानीय सरकारहरुको भूमिका नै महत्वपूर्ण हुने उनको भनाई छ । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जिल्ला र स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रहरुबीचको सहकार्य र समन्वयका विषयमा प्र्रस्तुतिकरण गरेका थिए । 


प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP