नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • घरेलु हिंसापीडित महिलालाई कोहलपुर नगरपालिकाको आर्थिक सहयोग
घरेलु हिंसापीडित महिलालाई कोहलपुर नगरपालिकाको आर्थिक सहयोग
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख ३, २०८० बागेश्वरी पोस्ट
घरेलु हिंसापीडित महिलालाई कोहलपुर नगरपालिकाको आर्थिक सहयोग

कोहलपुर । कोहलपुर नगपालिका–२ शक्तिनगरकी घरेलु हिंसापीडित एक जना महिलालाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । गएको माघ १५ गते स्थानीय भानुभक्त विकले आफ्नै श्रीमती गंगा विक र छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । गंगाको ज्यान जोगिए पनि छोरा प्रिन्सको भने उपचारका क्रममा मृत्यु भएको थियो ।

कोहलपुर नगरपालिकाले हिंसा पीडित राहत कोषबाट गंगालाई ५० हजार रुपैयाँ आर्थिक सहायता गरेको हो । आज एक कार्यक्रमका बीच नगरपालिकाका कार्यबहाक नगर प्रमुख संगिता सुवेदी, वडा नं २ का वडा अध्यक्ष हरिसिंह कठायत र कार्यपालिका सदस्य तथा नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरीप्रसाद विश्वकर्माले गंगालाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै कार्यवहाक नगर प्रमुख सुवेदीले आर्थिक अवस्था कमजोर भएकी गंगालाई सहयोग पुगोस् भन्ने उद्देश्यले राहत कोषबाट आर्थिक सहायता गरिएको बताइन् । उनले गंगाको समस्या प्रत्येक महिलाको समस्या भएकाले घरेलु हिंसाविरुद्ध एक हुन सबैलाई आह्वान गरिन् । उनले घरेलु हिंसा विरुद्ध नगरपालिकाले जनचेतनामूलक कार्यक्रमलाई तीब्रताका साथ अगाडि बढाउने बताइन् ।

सुवेदीले कुनै पनि महिला हिंसाको सिकार हुन नपरोस् भन्ने सवालमा नगरपालिका गम्भीर रहेकाले यसबारेमा चेतना फैलाउन जरुरी रहेको समेत उल्लेख गरिन् । उनले घरेलु हिंसा अन्त्यका लागि महिलाहरुलाई आर्थिक आयआर्जनसँग जोड्ने गरी नगरपालिका लागिरहेको पनि बताइन् । सीपमूलक तालिम प्रदान गरेर महिलाहरुलाई आयआर्जनमा केन्द्रित गराउने गरी आफूहरुले योजना बनाइरहेको पनि उनले बताइन् ।

यस्तै वडा नम्बर २ का वडा अध्यक्ष कठायतले घरेलु हिंसाविरुद्ध बोल्न आग्रह गरे । गंगाको जीवन रक्षाका लागि स्थानीयबासीले ठूलो सहयोग गरेको भन्दै उनले यस्ता हिंसा अन्त्यका लागि सबैको सहयोग हुन आवश्यक रहेको बताए । यस्तै कार्यपालिका सदस्य विकले यस्ता जधन्य अपराध हुन नदिन जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइनु पर्ने बताए । घटना हुनै नदिने गरी समाजमा अग्रिम बहस चलाउन आवश्यकता रहेको समेत उनको भनाई छ ।

पालिकाले आर्थिक सहयोग गरेकोप्रति गंगाले खुसी व्यक्त गरेकी थिइन् । उनले छिमेकी तथा वडाका जनप्रतिनिधि र पालिकाले आफ्नो उपचारमा ठूलो सहयोग गरेको भन्दै धन्यवाद समेत दिएकी थिइन् । भानुभक्त अहिले पूर्पक्षका लागि कारागारमा छन् । कार्यक्रममा स्थानीयबासीहरुले आफ्नो टोलको अन्य समस्याबारे पनि जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए ।


प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP