prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरी निरीक्षकले मोटरसाइकल चोरी गरेर सरकारी नम्बर प्लेट लगाएपछि....
सशस्त्र प्रहरी निरीक्षकले मोटरसाइकल चोरी गरेर सरकारी नम्बर प्लेट लगाएपछि....
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ६, २०८० बागेश्वरी पोस्ट
सशस्त्र प्रहरी निरीक्षकले मोटरसाइकल चोरी गरेर सरकारी नम्बर प्लेट लगाएपछि....

नेपालगन्ज ।  एक जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोटरसाइकल चोरीको आरोपमा नेपाल प्रहरीको नियन्त्रणमा परेका छन् । सर्लाहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अंगद खड्कालाई प्रहरीले मोटरसाइकल चोरीको आरोपमा आइतबार नै पक्राउ गरेको भए पनि त्यसलाई बाहिर सार्वजनिक गरिएको छैन । 

मलंगवा  वडा नम्बर ६ स्थित खुटौना बेसमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खड्कालाई चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिएर स्थानीयले सर्लाही प्रहरीको जिम्मा लगाएको भए पनि सर्लाही प्रहरीले त्यसलाई ढाकछोप गरिरहेको छ ।

गत फागुन १२ गते सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ४ शिवसागर चौकमा रहेको नुतन आयल स्टोरबाट प्रदेश–२–०२–००३ प ७७२९ नम्बरको अपाचे मोटरसाइकल चोरी भएको थियो । 

रोबिन नामको एक जना सशस्त्र प्रहरी जवानसहित सशस्त्र प्रनि खड्का नुतन आयल स्टोरमा नै पेट्रोल राख्न पुगेपछि  सवारी धनीले आफ्नो मोटरसाइकल चिनेर सशस्त्र प्रहरी निरीक्षक खड्कालाई मोटरसाइकलको विषयमा सोधखोज गरेर प्रहरीलाई जिम्मा लगाएका थिए । सवारी धनी मलंगवा नगरपालिका ९ का राकेश राउत पटेल हुन् । पटेल नुतन आयल स्टोरमा कार्यरत कर्मचारी हुन् । मोटरसाइकल चोरी भएको भोलिपल्ट नै खोजी कार्यको लागि जिल्ला प्रहरी सर्लाहीमा निवेदनसमेत दर्ता गराइएको थियो ।  

सशस्त्र प्रहरीले सर्लाहीको व्यस्त बजारबाट चोरी भएको मोटरसाइकल सवारी धनीलाई दिनु अथवा सोधीखोजीको सट्टा बा–२ ब ९७२६ सरकारी नम्बर प्लेट नै राखेर निर्वाध रुपमा चढ्दै आएका थिए ।  

आफ्नो मोटरसाइकल देखेपछि पटेल सवारी साधनको कागजपत्रसित मिलाउँदा इन्जिन र चेचिस नम्बरसमेत मिलेपछि आफ्नो चोरी भएको गाडीमा सरकारी नम्बर प्लेट किन लगाएको भनी सशस्त्र प्रहरी निरीक्षकसँग प्रश्न सोधेको स्रोतको दाबी छ । 

पटेलले आफ्नो गाडी भएको र त्यसमा सरकारी नम्बर प्लेट चढाएकोमा प्रश्न गरेपछि सप्रनी खड्का गाडी छाडेर भाग्ने प्रयास गरेपछि स्थानीयले खड्कालाई नुतन आयल स्टोरबाटै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरी जिम्मा लगाएको स्रोतको दाबी छ ।गत आइतबार नै पक्राउ परेका खड्कालाई चोख्याउने खेल भित्रभित्रै भइरहेको र घटनालाई गुपचुपमै मिलाउने प्रयास भइरहेको स्रोतको दाबी छ ।  

मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका सप्रनी खड्कालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ । हाम्राकुराडटकमबाट साभार

 


प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकारमाझ बाँकेका सिडिओ तामाङ: तपाईंहरुको साथ-सहयोगसंगै आलोचनाको पनि अपेक्षा छ
पत्रकारमाझ बाँकेका सिडिओ तामाङ: तपाईंहरुको साथ-सहयोगसंगै आलोचनाको पनि अपेक्षा छ
'प्रो-एक्टिभ' भएर काम गर्छु-प्रहरी निरीक्षक खड्का
'प्रो-एक्टिभ' भएर काम गर्छु-प्रहरी निरीक्षक खड्का
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP