नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • फुसको छानोरहित खजुरा बनाउने अभियानमा गाउँपालिका
फुसको छानोरहित खजुरा बनाउने अभियानमा गाउँपालिका
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख ८, २०८० बागेश्वरी पोस्ट
फुसको छानोरहित खजुरा बनाउने अभियानमा गाउँपालिका

नेपालगन्ज । बाँकेस्थित खजुरा गाउँपालिकाले पालिकाभित्र पर्ने  सबै फुसका घरहरु बिस्थापित गर्ने भएको छ । गाउँपालिकाले फुसका घरमा जस्तापाता लगाएर पालिकालाई फुसको छानारहित बनाउने अभियान सुरु गरेको छ ।

सो अभियान अन्तर्गत चालु आर्थिक वर्षमा १५७ घरधुरीमा फुसको छाना हटाएर टिनको छाना लगाउन सहयोग गर्ने खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिएका छन्  ।

उनले केही समय अघि सूचना प्रकाशित गरेर टिनको छाना लगाउन चाहनेलाई आवेदन दिन आग्रह गरिएकोमा १५७ परिवारले फुसको छाना हटाउन आवेदन दिएको बताए । आवेदन दिएका परिवारलाई टिनको छाना लगाउनका लागि गाउँपालिकामा आएर सम्झौता गर्न जानकारी गराइएको पनि प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

चालु आर्थिक वर्षमा खजुराले फुसको छाना हटाई टिनको छाना लगाउन ८० लाख रुपियाँको बजेट छुट्टाएको गाउँपालिकाले जनाएको छ । अभियान अन्तर्गत पहिलो चरणमा १५७ वटा घरमा टिनको छाना लगाउने गरी सहयोग गर्न लागिएको गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए ।

उनले वडा नम्बर १ बाट ५० परिवारको निवेदन आएकोमा सबैभन्दा पहिले सोही वडाका १६ परिवारलाई सम्झौताका लागि बोलाइएको बताए ।

सोही प्रकारले वडा नम्बर २ बाट ११० वटा आवेदन परेकोमा २४ जनालाई, वडा नम्बर ३ बाट ६१ वटा आवेदन परेकोमा १८ जनालाई, वडा नम्बर ४ बाट ७२ जनाको आवेदन परेकोमा १८ जनालाई, वडा नम्बर ५ बाट ८३ जनाको आवेदन परेकोमा २० जनालाई, वडा नम्बर ६ बाट १५८ जनाको आवेदन परेकोमा २९ जनालाई, वडा नम्बर ७ बाट ६५ जनाको आवेदन परेकोमा १८ जनालाई, १८ गते र वडा नम्बर ८ बाट २४ जनाको आवेदन परेकोमा १३ जनालाई सम्झौताको लागि पालिकामा बोलाइएको गाउँपालिकाले जनाएको छ ।

पालिकाभित्र रहेका सबै घरलाई फुसको छानामुक्त बनाउने लक्ष्यसहित कार्य सुरु गरेको जानकारी दिँदै खजुरा गाउँपालिकाका अध्यक्ष विकले यसपटक पालो नपाएकालाई अर्को वर्ष प्राथमिकतामा राखिने बताए । उनले केही समयभित्रै पालिका भित्रका सबै घर फुसको छानोमुक्त हुने बताए ।


प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP