prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जहाज उडेर मलेसिया पुगिसक्यो, यात्रुका ४६ ब्यागेज त्रिभुवन विमानस्थलमा अलपत्र
जहाज उडेर मलेसिया पुगिसक्यो, यात्रुका ४६ ब्यागेज त्रिभुवन विमानस्थलमा अलपत्र
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ११, २०८० बागेश्वरी पोस्ट
जहाज उडेर मलेसिया पुगिसक्यो, यात्रुका ४६ ब्यागेज त्रिभुवन विमानस्थलमा अलपत्र
फाइल फोटो

काठमाडौं ।  जहाजबाट  यात्रु मलेसिया पुगिसके तर ब्यागेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र भन्ने सुन्दा अचम्म मान्नु त परै जाओस,  रिस उठ्नु  स्वभाविक कुरा हो।

हो त्यस्तै भएको छ। काठमाडौंबाट मलेसिया उडेका यात्रुको ब्यागेज काठमाडौंमा नै छुटेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार राति साढे ११ बजे उडेको मलेसियन एयरलाइन्सको जहाज क्वालम्पुर पुग्यो। तर केही यात्रुको ब्यागेज भने काठमाडौंमा नै छुटेको हो। 

क्वालम्पुर विमानस्थलमा ब्यागेज लिने क्रममा नभेटिएपछि मात्र जानकारी भएको थियो। उक्त जहाजमा क्वालम्पुरसम्मका मात्र नभइ अन्य देश जाने ट्रान्जिट यात्रुहरू पनि भएको विमानस्थलले जानकारी दिएको छ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार ८ सय केजी बरारबको ४६ व्यागेज काठमाडौंमा नै छुटेको हो। काठमाडौंबाट मलेसियाको क्वालाम्पुरका लागि उडेका जहाजमा करिब १७५ यात्रु थिए। 

विमानस्थल परिसरमा रहेको यात्रु सेवा विभागबाट चेकजाँच पछि ग्राउन्ड ह्यान्डिलिङबाट ४६ व्यागेज सम्बन्धित एयरलाइन्समा लोड नभएको देखिएको हो। विमानस्थलमा जहाजको ग्राउन्ड ह्यान्डलिङ (जहाजहरूको भूमिस्थ प्रबन्ध)को जिम्मा नेपाल वायुसेवा निगमले गर्दै आएको छ। यात्रुको व्यागेज छुट्नुमा सो समयका ग्राउन्ड सपोर्टका ड्युटी अफिसर जवाफदेही हुने देखिन्छ। 

यात्रु सेवा विभागका निर्देशक रिना राईका अनुसार ग्राउन्ड ह्यान्डलिङको कारण नै व्यागेज छुटेको बताउँदै सम्बन्धित अफिसरलाई स्पष्टीकरण साधेको जानकारी दिइ । ‘के कारणले व्यागेज छुटेको हो। किन लापरबाही भयो भनि ड्युटी अफिसरलाई सोधपुछ गरिएको छ,’ उनले भनिन्।

यात्रुको ब्यागेज छुटेपछि मलेसियन एयरलाइन्सले निगमलाई स्पष्टीकरण सोधेको निगमका एक कर्मचारीले बताए। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विमानस्थलाई एयरलाइन्स र निगमलाई सोधपुछ गरी के भएको जानकारी गराउन निर्देशन दिएको प्राधिकरण सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए। 

यात्रुको ब्यागेज ग्राउन्ड ह्यान्डलिङको लापरबाहीको कारण छुटेको निगमका एक कर्मचारीले बताए। ‘काउन्टरबाट छुटेको व्यागेज लोड काउन्टर विभागमा जान्छ, जसले व्यागेज लिने, बोर्डिङ पास दिने काम गर्छ। त्यहाँबाट व्यागेजलाई जहाजसम्म पुर्‍याउने काम ग्राउन्ड ह्यान्डलिङको हो,’ ती कर्मचारीले भने। यसबीचमा नै व्यागेजमा जहाजसम्म नपुगेको देखिन्छ। 

छुटेका व्यागेजलाई सोमबार दिउँसो १ बजेको मलेसियन एयरलाइन्सको उडानबाट नै सम्बन्धित यात्रुहरुलाई बुझाइएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। निगमले ३५ व्यागेज मात्र छुटेको बताएको छ। 

ग्राउन्ड ह्यान्डलिङमा समस्या दोहोरिन थालेपछि ग्राउन्ड सर्पोट विज्ञ नै नियुक्त गरिएको छ। निगम बोर्ड बैठकले ग्राउन्ड सपोर्ट विभागका निर्देशक डोलेश्वर कोइरालालाई विज्ञ नियुक्तिका जिम्मा दिएको थियो। कोइरालाले निगमबाट उमेरहदका कारण अवकाश प्राप्त राजकुमार श्रेष्ठलाई विज्ञको रूपमा नियुक्ति दिएका थिए। ग्राउन्ड ह्यान्डलिङलाई जवाफदेही बनाउन विज्ञ नै नियुक्त गरिए पनि जिम्मेवारी बहन नगरिएको ती कर्मचारीले बताए।

स्थायी कर्मचारीकै सेवा सुविधा दिएर श्रेष्ठलाई नियुक्ति दिएकोमा कर्मचारीले नै विरोध गर्दै आएका छन्। अन्नपूर्णपोस्टबाट।

 


प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP