prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • घरभाडा छुटको माग गर्दै कोहलपुरका नगर प्रमुखलाई ध्यानाकर्षणपत्र
घरभाडा छुटको माग गर्दै कोहलपुरका नगर प्रमुखलाई ध्यानाकर्षणपत्र
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २०, २०८० बागेश्वरी पोस्ट
घरभाडा छुटको माग गर्दै कोहलपुरका नगर प्रमुखलाई ध्यानाकर्षणपत्र

कोहलपुर । व्यवसायिक हकहित संरक्षण समिति कोहलपुरले घरभाडा छुट लगायतको माग राखेर आज कोहलपुर नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ । समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठ र सचिव तिलकसिंह कार्कीको हस्ताक्षर सहितको ध्यानाकर्षणपत्र नगर प्रमुख पूर्णप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाललाई बुझाएको हो ।

दुई वर्ष अघिको कोरोना महामारीका कारण व्यापार व्यवसाय धरासायी भएको भन्दै नगर विकास समितिको स्वामित्वमा रही बहालमा लगाइएका घर सटरहरुको सम्झौतामा कवुल गरिएको भाडामा कम्तिमा १५ देखि २० प्रतिशतसम्म छुट गर्न आग्रह गरिएको संयोजक श्रेष्ठले बताए । ‘नगर विकास समिति तथा स्थानीय सरकार जनताको अभिभावक भएकाले यही कुरालाई मनन गरेर नगर विकास समितिको स्वामित्वमा रहेका सम्झौता कवुल गरिएका घर सटरमा कम्तिमा पनि १५ देखि २० प्रतिशत छुट हुनुपर्छ भन्ने हाम्रो माग हो, उनले भने–‘अवस्था सुधार भएपछि सम्झौता अनुसार घर सटर भाडा दिन हामीलाई कुनै गाह्रो छैन ।’ उनले अहिले व्यवसायीहरु धमाधम सटर वन्द गरेर पलायन हुने अवस्था आएको समेत दुःखेसो पोखे ।

यस्तै उनले मापदण्ड बनाएर निजी घरको अगाडि जस्तापाता (पाली) राख्न दिन पनि नगरपालिकासँग आग्रह गरे । ‘नगर विकास समिति  क्षेत्रभित्र रहेका निजी घरहरुको अगाडि भागमा लगाइएका जस्तापाता (पाली) भत्काइएको छ । जसका कारण गर्मी तथा बर्षायाममा बस्न नसकिने र बाटो हिँड्ने बटुवाहरुलाई पनि सहजताको लागि र सामान, लत्ताकपडा, घामले खुइलिएर नोक्सान हुने भएकाले कम्तिमा नगर विकास समितिले मापदण्ड बनाएर जस्तापाता प्रयोग गर्न दिनु पर्छ’ उनको भनाई थियो । त्यसक्रममा नगर प्रमुख आचार्यले आफूले नगरको समग्र विकासका निमित्त काम गरिरहेको भन्दै मागप्रति सकारात्मक रहेको बताए । उनले सबै पक्षबीच छलफल र परामर्श गरेर अघि बढ्ने विश्वास दिलाए ।

ध्यानाकर्षणपत्र बुझाउन नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य चक्र अधिकारी, समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठ, सह–संयोजक विष्णुप्रसाद खनाल, सचिव तिलकसिंह कार्की, समितिका सदस्य शेषकान्त शर्मा लगायत नगरपालिका पुगेका थिए । व्यवसायिक हकहित संरक्षण समितिले पछिल्लो समय बैंकको ब्याजदर घटाउनुपर्ने माग समेत राखेर दवावमूलक कार्यक्रम गर्दै आएको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP