नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै १ दर्जन पक्राउ पर्न सक्छन्: एसएसपी कार्की
नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै १ दर्जन पक्राउ पर्न सक्छन्: एसएसपी कार्की
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २१, २०८० बागेश्वरी पोस्ट
नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै १ दर्जन पक्राउ पर्न सक्छन्: एसएसपी कार्की

नेपालगन्ज । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा धमाधम उच्च पदस्थ व्यक्तिहरु पक्राउ पर्ने क्रम जारी छ । 

यस काण्डमा मुछिएकाहरुको नाम मुख्य योजनाकारले धमाधम खोलेपछि पूर्वउपप्रधान मन्त्रीसहित बहालवाला सचिव समेत संलग्न रहेको कुरा खुलेको हो। 

नक्कली शरणार्थी काण्डमा पूर्वउपप्रधानमन्त्री, बहालवाला सांसद एवम नेकप एमालेका पार्टी सचिव टोपबहादुर रायमाझी, गृह मन्त्रालयका पूर्व सचिव हाल उपराष्ट्रपति कार्यालय सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी पुत्र सन्दीप रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापा 'बादल'  पुत्र प्रतीक थापादेखि डा. इन्द्रजित राई, उनका पुत्र सगर राई लगायतका अन्य व्यक्ति रहेको तथ्य बाहिर आएको हो ।

यस काण्डमा मुछिएर अहिलेसम्म केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, इन्द्रजित राई, टेकनारायण पाण्डे, सन्देश शर्मा, सागर राई र सन्दीप रायमाझी पक्राउ परिसकेका छन् ।

यस काण्डमा मुछिएका पूर्व उपप्रधानमन्त्री रायमाझीलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । उनी हाल प्रहरीको सम्पर्क बाहिर छन् ।

यस घटनामा पक्राउ परिसकेकाहरु बयान अनुसार अझै एक दर्जन बढी पक्राउ पर्न सक्ने काठमाडौं प्रहरी परिसरका प्रमुख  एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

यस नक्कली शरणार्थी प्रक्ररणमा अझै पनि एक दर्जन  व्यक्तिहरू पक्राउ पर्नुपर्ने प्रारम्भिक अवस्थाको कुरामा देखिएको  छ र  अरू धेरै व्यक्तिहरू पनि थप अनुसन्धानको क्रममा कति पर्छन्, अहिले अनुसन्धान बिचबिचमै भएकाले अहिले नै भन्न नसकिने एसएसपी कार्कीले बताए ।  

एसएसपी कार्कीका अनुसार यो प्रकरणमा अहिलेसम्म आठ जनालाई पक्राउ परिसकेका छन् । उनीहरूमाथि अनुसन्धान गरेको आज ४० औं दिन पुगेको छ । 

संगठित अपराधमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न अझै २० दिन छ । 

नक्कली शरणार्थी काण्डमा प्रहरीमा २० वटा जाहेरी परेको थियो । जसमा एक सय भन्दा बढी पीडितको हस्ताक्षर रहेको एसएसपी कार्कीले बताए । पीडितको उजुरीमा २३ करोड २५ लाख रुपैयाँ ठगी भएको उल्लेख छ ।

 

 


प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
चाडपर्वमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ : एसपी जिसी
चाडपर्वमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ : एसपी जिसी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP