नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री ज्यू,टोपबहादुर रायमाझीलाई जोगाउन ओलीसँग कुनै मोलमोलाइ नगर्नुहोला: अजयबाबु शिवाकोटी
प्रधानमन्त्री ज्यू,टोपबहादुर रायमाझीलाई जोगाउन ओलीसँग कुनै मोलमोलाइ नगर्नुहोला: अजयबाबु शिवाकोटी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख २२, २०८० बागेश्वरी पोस्ट
प्रधानमन्त्री ज्यू,टोपबहादुर रायमाझीलाई जोगाउन ओलीसँग कुनै मोलमोलाइ नगर्नुहोला: अजयबाबु शिवाकोटी

नेपालगन्ज ।  एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी बेपत्ता भएको सम्बन्धमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले प्रश्न उठाएका छन्। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सघाएको आरोपमा पक्राउ गर्ने पुर्जी जारी भएपछि रायमाझी एकाएक बेपत्ता भएका हुन्। 

उनी अर्घाखाँचीमा भएका बेलामा पक्राउ पुर्जी जारी भएको थियो । अनि काठमाडौं आउन भनी उनी बुटवल आएका थिए । सभामुख देवराज घिमिरेसँग अर्घाखाँचीको कार्यक्रम सकेर बुटवल आइ बुधबार राति ९ बजेको फ्लाइटमा भैरहवाबाट काठमाडौं आउने भनेका रायमाझी काठमाडौं फर्केनन् । 

बुधबार रातिको यो घटनापछि रायमाझी एकाएक बेपत्ता भएका छन् । बिहीबार बिहान उनी पक्राउ परेको भनिए पनि पछि उनी पक्राउ नपरेको भनी रुपन्देही प्रहरी प्रमुखले जानकारी दिएका थिए । 

उनका छोरा सन्दीप भने बुधबार साँझ बुटवलमा पक्राउ परेका थिए । उनलाई बिहीबार काठमाडौं ल्याएर अदालतमा हाजिरी गराएपछि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ । 

सोही क्रममा प्रतिक्रिया दिँदै कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले रायमाझीलाई आकाशले निल्यो कि धर्तीले निल्यो रु भनी प्रश्न गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शिवाकोटीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई रायमाझी जोगाउन लागेको कुनै आरोप नलागोस् भन्ने कामनासमेत गरेका छन् । 

रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । 

यसबाट धेरै प्रश्न उब्जिएकोतर्फ ध्यानाकर्षण गर्दै शिवाकोटीले रायमाझीलाई जोगाउन कुनै मोलमोलाइ नहोस् भनी खवरदारीसमेत गराएका छन् । 

प्रहरी महानिरीक्षक बसन्त कुँवर पनि बिहीबार बुटवलकै कार्यक्रममा हुनु र उनकै अर्घाखाँचीका जिल्लावासी एवं सांसद रायमाझी एकाएक बेपत्ता हुनुले धेरै प्रश्न खडा भएको छ । 

यस्तो छ केन्द्रीय सदस्य  शिवाकोटीको स्टाटस–

नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका संरक्षक टोपबहादुर रायमाझी फरार भए कि फरार गराइयो रु नत्र अर्घाखाँचीबाट मिडियालाई प्रतिक्रिया दिएर भैरहवा पुगेका रायमाझीलाई आकाशले निल्यो की धर्तीले निल्यो रु गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू तपाईलाई माओवादीका पूर्व सहकर्मीलाई अनि प्रहरीको केन्द्रीय नेतृत्व बसन्तबहादुर कुँवरलाई जिल्लावासी जोगाउन खोजेको आरोप नलागोस् । प्रधानमन्त्री पुष्पकमल दाहालज्यू गिरोहका संरक्षक रायमाझीलाई जोगाउन एमाले अध्यक्ष केपी ओलीसँग कुनै मोलमोलाई नहोस्, नत्र खासमा गिरोहका संरक्षक तपाईहरु नै रहेको पुष्टि हुनेछ। त्यसैले पनि भ्रष्टाचारीको दलीय संलग्नता नहेरियोस्, जय नेपाल।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने गिरोह ठूलो रहेको बताइन्छ । अहिलेसम्म प्रहरीले आठ जनालाई मात्र नियन्त्रणमा लिएको छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP