prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको 'सचेतीकरण अभियान'
इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको 'सचेतीकरण अभियान'
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २४, २०८० बागेश्वरी पोस्ट
इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको 'सचेतीकरण अभियान'

नेपालगञ्ज । इ–रिक्साहरुको चुस्त व्यवस्थापनमा जुटेको नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि ‘सचेतीकरण अभियान’ थालेको छ । जेठ १० गतेसम्म चल्ने सचेतीकरण अभियानको सुरुवात गणेशमान चोकबाट गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, ट्राफिक प्रहरी, नगर प्रहरी, इ–रिक्सा प्रालिका प्रतिनिधि लगायत सरोकारवालाहरुले सडकमा गुडिरहेका इ–रिक्साहरुको आधिकारिकता परीक्षणसंगै अवैधानिक तरिकाले नचलाउन सचेत समेत गराएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए । नगरमा जथाभावी इ–रिक्सा चलाउँदा नियमन र अनुगमनसंगै अभिलेखीकरणमा पनि समस्या भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले दर्ता प्रक्रियामा ल्याउन यसअघि नै पटक–पटक ताकेता गरिसकेको छ । 

नेपालगञ्ज उपमहानगरपालिका दर्ता भएका इ–रिक्सा मात्रै नगरभित्र सञ्चालन गर्न दिने स्पष्ट नीतिका साथ अघि बढेको छ । अन्य पालिकामा दर्ता भएका इ–रिक्सा पनि नेपालगञ्जमै जथाभावीरुपले चल्दा व्यवस्थापनमा चुनौती थपिनुका साथै दुर्घटना समेत बढेको नगर प्रमुख प्रशान्त विष्टले बताए । ‘चालकले अनिवार्यरुपमा चालक अनुमतिपत्र लिएको हुनुपर्दछ, फोटोसहितको अभिलेख हामीले राख्छौं, नियमपूर्वक चलेका छन् कि छैनन् हेर्छौं, केही दिन सम्झाउँछौं, बुझाउँछौं,’ नगर प्रमुख विष्टले भने, ‘त्यसपछि भने हामी निर्मम ढंगले प्रस्तुत हुन्छौं, चुस्त दुरुस्त व्यवस्थापन गर्ने कुरामा दृढताका साथ अघि बढ्छौं ।’ उनले यो अभियानको समयावधिभित्र पनि दर्ता प्रक्रियामा नआउने इ–रिक्साहरुलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने स्पष्ट पारे । इ–रिक्सा व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख विष्टको भनाई छ । 

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाले रिक्साहरुलाई राजश्व शाखामा अनिवार्य दर्ता गराउन पटक पटक सूचना समेत जारी गरिसकेको छ । राजश्व शाखामा दर्ता भएपछि चालक अनुमतिपत्र प्रदान गर्दै इ–रिक्सा चलाउँदा ध्यान दिनुपर्ने विषयमा आवश्यक तालिम समेत दिने गरिएको छ । नगरमा १२–१३ हजार रिक्सा सञ्चालनमा रहेको अनुमान छ । यी मध्ये हालसम्म २ हजार रिक्सा मात्रै राजश्व शाखामा दर्ता भएको शाखा प्रमुख विरबहादुर थापाले जानकारी दिए । निजी प्रयोजनका लागि भनेर किनिएका रिक्सा सार्वजनिक साधनका रुपमा प्रयोग गर्नेको संख्या अत्याधिक रहेको छ । रातो नम्बर प्लेटलाई आफूखुसी कालो बनाएर चलाउनेहरुको संख्या पनि ठूलो देखिएको छ । 

उपप्रमुख राईले नेपालगञ्जले थेग्न नसक्ने गरी अनियन्त्रितरुपमा बढेका इ–रिक्साहरुको उचित व्यवस्थापन गर्न लागिपरेको बताए । केही दिन सचेतनामूलक अभियान चलाउँछौं, हाम्रो नीति र मापदण्ड अनुसार चल्न सचेत बनाउँछौं, दर्ता प्रक्रियापछि पार्किङ, रुट अनुमति लगायतका विषयमा योजनाबद्ध हिसाबले अघि बढ्छौं, उपप्रमुख राईले भने । 

इ–रिक्सामा साइड सिसा राखे/नराखेको, एक साइडमा डण्डी हाले/नहालेको, रातो नम्बर प्लेटका रिक्साले यात्रु ओसारे/नओसारेको, रातोलाई आफूखुसी कालो बनाएर अवैध ढंगले चलाए/नचलाएको, हेडलाइटको अवस्था लगायत कुरालाई मसिनो गरी हेरेर नियमन र अनुगमनको पाटोलाई प्रभावकारी बनाइने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । 

No description available.


प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP