नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • शरणार्थी प्रकरण: पक्राउ परेकाहरु कुन-कुन हिरासतमा?
शरणार्थी प्रकरण: पक्राउ परेकाहरु कुन-कुन हिरासतमा?
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख २९, २०८० बागेश्वरी पोस्ट
शरणार्थी प्रकरण: पक्राउ परेकाहरु कुन-कुन हिरासतमा?

नेपालगन्ज । नक्कली भुटानी शरणार्थी प्रक्ररणमा मुछिएका मध्ये अहिलेसम्म  १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

यस नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भिआईपीदेखि मुख्य योजनाकारसमेत रहेका अहिले काठमाडौंका विभिन्न प्रहरी कार्यालय राखिएको छ। यस प्रकरणमा पक्राउ गरिएकाहरुलाई सँगै राखिएमा अनुसन्धान तुइन सक्ने भन्दै प्रहरीले उनीहरुलाई छुट्टाछुट्टै हिरासतमा राखेको हो।

यस प्रकरणमा नेपाली नागरिकलाई भुटानी सरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रुपैयाँ ठगी भएको छ। नक्कली सरणार्थी बन्नका लागि लाखौं रकम बुझाएकाहरुले ठगीको निवेदन दिएपछि धमाधम पक्राउ पर्दै गएका छन्।

पक्राउ परेका हाई प्रोफाइलमा नेपाली कांग्रेसका नेता एबम पूर्वगृहमन्त्री बालकृष्ण खाणदेखि नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतका व्यक्तिहरु छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले यस प्रकरणमा अझै १०-१२ जना अनुसन्धानमा आउने बताएका छन् ।

शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कसलाई कहाँ राखिएको छ? 

१: पूर्व गृहमन्त्री बालकृष्ण खाण (काठमाडौं जिल्ला परिसर टेकुको हिरासत)

२: खाणका निजी सचिव नरेन्द्र केसी ( लैनचौर वृत्तको हिरासत)

३: सचिव टेक नारायण पाण्डे (सिंहदरबार वृत्तको हिरासत)

४: एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी (टेकु परिसरको हिरासत)

५: तत्कालीन गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई (टेकु परिसरको हिरासत)

६: दाङका सन्देश शर्मा (दरबारमार्ग वृत्तको हिरासत)

७: मोरङका केशव दुलाल (कालिमाटी वृत्तको हिरासत)

८: मोरङका सागर राई (टेकु परिसरको हिरासत)

९: ललितपुरका सानु भण्डारी (जनसेवा वृत्तको हिरासत)

१०: पाँचथरका कुमार गुरुङ (जनसेवा वृत्तको हिरासत)

११: टोखाका रामशरण केसी (टेकु परिसरको हिरासत)

१२:  सुनसरीका गोविन्द चौधरी (टेकु परिसरको हिरासत)

यो प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका निलम्बित सचिव एबम पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार रहेका छन् ।

त्यस्तै फरार सूचीमा पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल' पुत्र प्रतिक थापा , निरज राई , केशव तुलाधर,हरिभक्त महर्जन र लक्ष्मी महर्जन रहेका छन् । 

 


प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP